थ्रिस्टार क्लबले ११ औं आहा रारा गोल्डकपको उपाधि जितेको छ । आज भएको फाईनल प्रतिस्पर्धामा आयोजक सहारा क्लबलाई १–० ले हराउदै थिंस्टारले उपाधि हात पारेको हो । थ्रिस्टारको जितमा बिदेशी खेलाड फेमी जोसिले खेलको ८३ औं मिनेटमा एक मात्र निर्णायक गोल गरे । थ्रिस्टारले यसअघि पाचौ र नबौ आहा गोल्डकपको उपाधि जितेको थियो । बिजेता थ्रिस्टारले नगद ३ लाख ५१ हजार हात परेको छ भने उपबिजेता सहाराले २ लाख एक हजारमा चित्त बुझाउनुपरेको छ । थ्रिस्टार जावलाखेललाई पन्छाउदै उपाधि होडमा आईपुगेको थियो । सहारा क्लबका गोलकिपर अजित प्रजापति उत्कृष्ठ गोलकिपरको साथै प्रतियोगिताको सर्बोकृष्ट खेलाडि घोषित हुदै टिभिएस मोटरसाईलको साथमा नगद १० हजार प्राप्त गर्न सफल भए । उत्कृष्ट प्रशिक्षकमा थ्रिस्टारका प्रदिप हुमागाई , डिफेण्डर थ्रिस्टारका बिष्णु सुनार, मिडफिल्डर थ्रिस्टारकै भिक्टर यमओई र सहाराका योना यलियाना उत्कृष्ठ स्ट्राईकर घोषित हुदै नगद १० हजार प्राप्त गरेका छन् ।
आहा रारा गोल्डकपको उपाधी थ्रिस्टारलाई
Read Time:1 Minute, 35 Second