बेलायत संग गेसोको आन्दोलन शुरु भएको छ : गुरुङ

Read Time:1 Minute, 59 Second

देब पचभैया

बुटवल १९ माघ

गोर्खा भुतपुर्व सैनिक संघ गेसोका केन्द्रीय सभापति पदमबहादुर गुरुङले बेलायतसंग गेसोको सांिच्चकै आन्दोलन शुरु भएको बताउंनुभएको छ । विश्व युद्धमा ६० हजार गोर्खालीलाई कहां लगेर मारियो भन्ने रहस्यमै रहेकाले त्यसकोको हिसाब किताबका लागि गेसोको आन्दोलन शुरु भएको उहाले बताउनुभयो ।

नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै सभापति गुरुङले बेलायतसंग गुलामी गर्नका लागि अब गोर्खालीहरु नझुक्ने दावी गर्नुभयो ।  बेलायतमा पक्राउ परेका नेपाली सेनाका सेनानी कुमार लामाको प्रसंगतर्फ इंगित गर्दै सभापति गुरुङले द्वन्द्वकालका घटनालाई लिएर कुमार लामालाई शंकाको घेरामा राखिन्छ भने एमाओवादीका शीर्ष नेताहरु प्रचण्ड  र बाबुरामलाई पनि शंकाको घेरामा राख्नुपर्ने तर्क गर्नुभयो । राजनीतिक प्रसंगमा उहाले नेपालको प्रधानमन्त्री पद निरीह भएको र विदेशी हस्तक्षनेप बढेको बताउनुभयो । गोर्खालीहरुको २२ वर्षे आन्दोलनले नेपाल स्वतन्त्र र स्वाधीन नरहेको पुष्टी गरेको उहाले उल्लेख गर्नुभयो । कार्यक्रम अनिज रुपन्देहीका उपाध्यक्ष हिक्मत चौधरीको अध्यक्षता र सचिव टेक बहादुर मास्कीरानाको संचालनमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %