निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याव्सन पाल्पाले २२ औ प्याव्सन दिवसको अवसरमा तानसेनमा खेलकुद प्रतियोगीताको आयोजना गरेको छ । दिवसका अवसरमा आयोजना गरेको प्रतियोगीतामा फुटवल र क्रिकेट खेल रहेका छन् । बिहीबारबाट तानसेन स्थित टुडीखेल मैदानमा सुरु भएको प्रतियोगीतामा फुटवल तर्फ १४ र क्रिकेट तर्फ १०वटा टिमले भाग लिएका छन् । प्रतियोगिताको जिल्ला शिक्षा अधिकारी प्रेमनाथ पौडेलले वल फालेर उद्घाटन गर्नु भएको छ । बिहीवार क्रिकेट तर्फ २ र फुटवल तर्फ ४ वटा खेल भएका छन् । उद्घाटन खेलमा प्रीपोटरी बोर्डिङ् स्कुलले प्रशान्ती बोर्डिङ् स्कुललाई ८१ रनले पराजीत गरेको छ । पहिले व्याटिङ गर्दै प्रीपोटरीले १ सय १६ रन बनायो । १ सय १७ रनको लक्ष लिएर मैदानमा उत्रीएको प्रशान्ती १२ ओभरमा ३६ रनमा अलआउट भएपछि प्रीपोटरी विजय भएको हो । यसैगरि दोस्रो खेलमा रिभर भ्याली स्कुल विजयी भएको छ । रिभर भ्यालीले वृन्दा बन एकाडमीलाई ७ विकेटले पराजीत गरेको हो । प्रतियोगीता अन्र्तगत भएको फुटवल खेलमा वृन्दावन एकाडमी स्कुल, रिभर भ्याली स्कुल, माउन्ट भ्याली स्कुल र सेन्टक्यापीतानीयो स्कुल विजयी भएका छन् । प्रतियोगीतामा वृन्दावन एकाडमीले सगरमाथा सामुदायीक शैक्षिक प्रतिष्ठानलाई ३–०, रिभर भ्याली स्कुलले पाल्पा प्यारागन स्कुललाई ३–१, माउन्ट भ्याली स्कुलले पाल्पा आवासीयलाई २–१ र सेन्टक्यापीतानीयो स्कुलले प्रीपोटरी स्कुललाई २–१ गोल अन्तरले पराजीत गरेका हुन् । खेलकुदले विद्यार्थीहरुको बौद्धिक साथै शारिरीक विकासमा मद्दत पुग्ने भएकाले बर्षेनी खुलकुद प्रतियोगीताको आयोजना गर्दै आएको प्याव्सन पाल्पाका अध्यक्ष खेम सारुले जानकारी दिनु भयो । उहाँका अनुसार प्रतियोगीताको फाईनल खेल आईतबार हुने छ ।
प्याव्सन पाल्पाले खेलकुद प्रतियोगीताको आयोजना गर्दै
Read Time:2 Minute, 46 Second