नेपाल एसीसी महिला च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानमा परेको छ । थाइल्याण्डमा भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको हो । हङकङले दिएको ३३ रनको झिनो लक्ष्य नेपालले ७ दशमलव ३ ओभरमा २ विकेट मात्र गुमाएर पुरा गर्यो । यसअघि टस हारेर पहिला व्याटिङ गरेको हङकङकले निर्धारित १९ ओभरमा ९ विकेट गुमाएर ३२ रन मात्र जोडेको थियो । समूह चरणमा उत्कृृष्ट प्रदर्शन गरेको नेपाली टोली सेमिफाइनलमा आयोजक थाइल्याण्डसँग पराजित भएको थियो । यसैविच एसीसी महिला च्याम्पियनसीप क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली थाइल्याण्डले जितेको छ । चिनलाई १७ रनले पराजित गर्दै आयोजक थाइल्याण्डले उपाधि हात पारेको हो । खेल सकिन २ बल बाँकि छँदा चिनको सबै विकेछ झरेपछि थाइल्याण्ड विजयी भएको हो । यसअघि टस जितेर पहिले व्याटिङ गरेको घरेलु टोलीले निर्धारित २५ ओभरमा ९५ रन बनाएको थियो ।
नेपाल एसीसी महिला च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको तेस्रो स्थानमा
Read Time:1 Minute, 24 Second