आयोजक साहारा क्लव पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । स्थानीय रंगशालामा भएको खेलमा विभागिय टोली नेपाल आर्मीलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै साहारा उपाधि नजिक पुगेको हो । निर्धारित ९० मिनेटमा कुनैपनि टोलीबाट गोल नभएपछि अतिरिक्त ३० मिनेट थपिएको थियो । तर अतिरिक्त समयमा पनि दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णय टाइब्रेरबाट लिइएको हो । साहारा क्लवले अब उपाधिका लागि आगामी शनिबार ए डिभिजन लिगको शिर्ष स्थानमा रहेको थ्रीस्टारसँग प्रतिस्पर्धा गर्ने छ ।
आहा गोल्डकप
Read Time:55 Second