अमेरिकामा रेखा नखरा

Read Time:15 Minute, 10 Second

नेपाली संचार सन्जाल (एन्मा) अमेरिका

अमेरिका पुगेर चर्चित नेपाली नायिका रेखा थापाले भनिन्-रेखा थापा भन्ने जुन नाम छ, त्यो शिर्फ नेपालकैलागि मात्रै होस् भन्ने मेरो चाहना छ । पहिले समाजसेवा गर्ने इच्छा छ, भबिश्यमा म शायद राजनीतिमा आउँछु, नारी पुरुष बराबर हुन् भने बराबर गरौं म स्पस्ट बक्ता हो, त्यस कारण घमन्डी देखिन्छु होला तर म घमन्डी चाँही होइनू, कसैले मलाई अशिक्षित भन्छ भने त्यो मान्छे मूर्ख हो  म अलि कति लडाकू र क्रान्तिकारी स्वभावकि छु, त्यसकारण मेरो स्वभाव माओवादीसंग मेल खानु स्वाभाबिक हो तर यो संयोग मात्र हो । न्यू योर्क, अमेरिका ( झन्डै १०० वटा नेपाली चलचित्रमा सफल अभिनय गरेर चर्चाको शिखर चुम्न पुगेकी नायिका रेखा थापाले यि माथिका भनाईहरु ब्यक्त गरेकी हुन्। नेपाल चलचित्र बिकास बोर्डको अध्यक्ष बन्ने घोषणापछि केही बरिस्ठ चलचित्रकर्मीहरुले उनलाई उमेर नपुगेको, अशिक्षित र अनबिज्ञ भनेर बिरोध गरेपछि आगो बन्न पुगेकी उनले न्यू योर्कमा नेपाली संचार सन्जाल (एन्मा) ले जनवरी २७ तारिख न्यू योर्कको ज्याक्सन हाइट्सस्थित हिमालयन याक रेस्टुरेन्टमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा आफूलाई धज्जी उडाउनेहरुको झाँको झार्ने काम गरेकिछिन्।

उक्त अन्तर्कृया कार्यक्रममा नायिका थापाले आफूले कलाकारको नाताले पाउन सकिने अमेरिकाको एक्स्ट्रा अर्डिनरी क्याटेगोरी अन्तरगतको ग्रिनकार्ड लिनु हु न्छकि भन्ने जिज्ञासाको जवाफ दिदै रेखा थापा भन्ने जुन नाम छ, त्यो शिर्फ नेपालकैलागि मात्रै होस् भन्ने मेरो चाहना छ भन्दै त्यो ग्रिनकार्ड लिदा आवतजावत गर्न र अन्य मुलुकको भिसा लिन सजिलो पर्ने भएपनि आफू अमेरिका आवतजावत गरिरहन फुर्सद पनि नमिल्ने बताएर आफूलाई अमेरिकामा बरालिन नचाहने बिरैले नेपाली सुपरस्टारको पङ्क्तिमा उभ्याउन सफल भइन्।

सन्जाल (एन्मा) कि उपाध्यक्ष निमा डोमा लामाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सन्जालका अध्यक्ष प्रदीप थापा मगरले स्वागत मन्तब्य राख्दै सन्जालको उद्देश्यबारे प्रकाश पारेका थिए भने कार्यक्रममा बरिस्ठ नायिका गौरी मल्ल र चलचित्र निर्देशक हिमग्याप टाशीले सम्बोधन गरेका थिए। सहभागीहरुले नायिका रेखा थापालाई उनले सम्बोधन गरेपछि खसखस लागेका कला र राजनीति सम्बन्धी बिबिध प्रश्नहरु तेर्श्याएका थिए भने नायिका थापाले चलाखिपूर्ण जवाफ दिएकी थिइन्। सन्चालन सन्जाल महासचिब प्रशान एलुङ राईले गरेका थिए।

नेपाली राजनीतिमा हाम्फाल्ने स्पस्ट सोच उजागर गर्दै नायिका रेखा थापाले आफू क्रान्तिकारी र लडाकू स्वभावको भएको प्रस्ट पारिन् । आफू त्यही कारण माओवादीसंग नजिक देखिएको बताउँदै तर त्यो संयोग मात्र भएको स्पस्ट यसरी पारिन् । अहिलेसम्म म चलचित्र पार्टी मै हो। मेरो सम्बन्ध र निकटता सबैसंग छ। तपाईंहरुलाई लाग्यो होला माओवादी, या काँग्रेस, या एमाले, या फोरम तर सबै जनासंग मेरो एकदमै राम्रो सम्बन्ध छ। भबिश्यमा कुन पार्टी तय गर्छु भन्ने कुरा भबिश्यले नै बताउँछ तर पनि हुन्छ नि, सिद्धन्तमा चाँही ममा अलिकती क्रान्तिकारी स्वभाव पनि छ, अलिकती लडाकू पनि छु। त्यसकारणले गर्दा यदाकदा मेरो स्वभाव माओवादीसंग मेल खान जानु स्वाभाबिक हो तर त्यो संयोग मात्र हो।

एकिक्रित नेकपा माओवादी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचन्डु लाई मन पराउँने खुलाशा गरेकी उनले बर्तमान काम चलाऊ सरकारको नेत्रित्व गरिरहेका नेपालका प्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई ूदाईू भनेर सम्बोधन गर्दै नायिका थापाले भनिन् । मलाई मन पर्छ प्रचन्ड, मलाई मन पर्छ बाबुराम दाई । अलिकती नजिक जस्तो देखिन्छु होला म उहाँहरुसंग। यसको मतलब यो होइन कि म माओवादी। म माओवादी पनि होइन, काँग्रेस पनि होइन, एमाले पनि होइन, केही पनि होइन। अहिले नितान्त कलाकार हुँ। भबिश्यले तय गर्छ म कुन पार्टी हो भन्ने ।

तर उनले नेपाल फर्केपछि चाँही सबैभन्दा पहिलो काम महिला र बालिकाहरुको उत्थान गर्ने उद्देश्यले एउटा एनजिओ संस्था खोलेर आफ्नो सामाजिक कामलाई अघि बढाउने जानकारी गराइन्। उनले आफ्नो मक्सद खुलाशा गर्दै थपिन् । म फाइपस्टार होटेलमा जान्न, जहाँ सभा सम्मेलन गरेर महिलाहरुको बिबिध बिषयमा वकालत गरिन्छ। त्यो भन्दा म बिकट ठाउँमा जान रुचाउने केटी हुँ ।

नायिका रेखा थापाले आफूले देशको निम्ती ज्यान दिन पनि तयार रहेको उद्घोश गर्दै भनिन्-म भबिश्यमा राष्ट्रको पनि सेवा गर्न चाहन्छु, त्यसकोलागि मसंग भिजन छ, त्यसकोलागि मेरो ठुलो मन छ। म राष्ट्र भक्त मान्छे हुँ र म राष्ट्रकालागि हरेक प्रकारका कुराहरुका निम्ती लड्न सक्छु। राम्रो योद्धा बन्न सक्छु, त्यसकोलागि म मर्नु नै किन नपरोस्, उनले घोषणा गरिन् । निकट भबिश्यमै राष्ट्रको सेवा गरेको पनि देख्नु हुनेछ, त्यो मेरो इच्छा शक्ती हो।

आफूलाई घमन्डी छ भन्नेहरुको मुखमा बुजो लगाउँदै नायिका थापाले आफू स्पस्ट बक्ता भएको कारण घमन्डी ठानिएको बताउँदै भनिन्-मलाई घमन्डी यसकारणले भनिन्छकि म स्पस्ट बक्ता हो। त्यसकारण म घमन्डी देखिन्छु होला तर यदी म घमन्डी थिएँ भने म यो ठाउँमा (अन्तर्कृया कार्यक्रममा) आउँदिन थिएं होला। म एक दमै सरल, सहज महिला हो है, म घमन्डी चाँही होइन ।

अहिले देश र चलचित्रको स्थिती ट्रान्जिसन (संक्रमणकाल) को अवस्थाबाट गुज्रीरहेको उल्लेख गरेकी नायिका थापाले काठमाडौं मात्र नेपाल नभएको स्मरण गराउँदै नेपाली चलचित्रको दर्शकहरु यस्तो ठाउँमा बस्छन् कि जुन कल्पनासम्म गर्न पनि सक्नु हुन्न भन्दै न्यू योर्कका नेपालीहरुलाई झस्काइन्। उनले हिजोको गीत, संगित र बिषय बस्तु राम्रो थियो भन्दै अहिले टेक्नोलोजी राम्रो रहेको तर कथाबस्तु चाँही अत्यन्त अग्रगामी भएको कारण ति कथाबस्तु सेन्सर बोर्ड र जनताबिच पाच्य हुन गाह्रो भएको बताइन्। उनले आफू आशाबादी ब्यक्ती भएको बताउँदै नेपाली चलचित्र क्षेत्र पनि राम्रो हुने आशा ब्यक्त गरिन्।

आफूले नेपाल चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा दाबेदारी गर्नुकोकारण चलचित्रमा महिलाहरुलाई हेर्ने नकारात्मक दृष्‍टिकोणमा बदलाब ल्याउन र चलचित्रको बिकासकोलागि रहेको स्पस्ट पार्दै आफू कुनै मन्त्री प्रधानमन्त्री बन्न नखोजेको र बिकास बोर्डलाई आफ्नो सम्पत्ती, पेवा र दाईजो बनाउन नखोजेको बताइन्। आफू कर्ममा विश्वाश गर्ने मान्छे बताउँदै उनले आफूभन्दा सिनियर चलचित्रकर्मीहरुबाट हौसेलाभन्दा खुट्टा तान्ने र बिरोध गर्ने गरेकोमा आक्रोशित बनिन् अनि आफ्नो अभिनय अनुभवको वकालत र बरिस्ठ भनाउँदाहरुको धज्जी यसरी उडाइन् :

म असक्ष्यम छु रे, म अशिक्षित छु रे ,धेरै शिक्षित नेपालीहरुले पनि के नापेका छन् त नेपालमारु ,म एउटा शिक्षित विद्वान ब्यक्ती हुनुभन्दा बुद्धीमान हुन रुचाउने मान्छे हुँ। म १६ बर्षको उमेरदेखि चलचित्र क्षेत्रमा लागें। मैले पढाईलाई निरन्तरता दिन पाइन होला तर मेरो पढाई भनेको चलचित्र नै हो, त्यो क्यामेरा नै हो, त्यो एक्सन नै हो, त्यो कट नै थियो वास्तवमा । म एक सफल अभिनेत्री बन्न चाहन्थें भने मैले ग्रेयाजुएसन या पिएच्डीको सर्टिफिकेट लिएर के फाईदा हुन्थ्योर मैले पढें अभिनय नै पढें, नृत्य नै पढें। त्यो क्यामेराको अगाडि स्पट बोइले गर्ने मिहिनेत नै पढें । हरेक कुरा एक सफल अभिनेत्री बन्नकोलागि अध्ययन चलचित्र क्षेत्र मै गरें।

अभिनेत्री बन्नकोलागि स्क्वायर सर्टिफिकेटको जरुरी नहुने जिकिर गर्दै नायिका थापाले अगाडि थपिन् ।

यदी कसैले मलाई अशिक्षित भन्छ भने त्यो मूर्ख हो। यदी म मेरो पेशामा सफल छु भने म शत प्रतिसत शिक्षित मान्छे हो । गौतम बुद्धले कति पढ्नु भाथ्यो ? उहाँले ज्ञान प्राप्त गर्नकालागि उहाँको कोही गुरु थियो जस्तो त लाग्दैन मलाई। शिक्षा केकालागि लिइन्छ भन्ने कुरा महत्वपूर्ण कुरा हो। शिक्षा भनेको मेरो बुझाईमा मानिसलाई जीवन अगाडि बढाउने र अनुसासित बनाउनकोलागि पो पढिन्छ त। त्यो कुरा मलाई चलचित्र क्षेत्रले सिकायो। म कालेजसम्म गाको छु। यो थोरै पढाई भयो होला, आइ एम एक्स्ट्रिम्ली सरी । म पिएच्डी गर्न चाहन्नथें। म आज चलचित्र क्षेत्रमा १२ बर्ष भयो। तपाईं आँफै भन्नुस् मैले १२ बर्ष पढाईमा दिएको भए अहिले पिएच्डी गरी सक्थें होला। म पिएच्डी गरे सो सरह हो। बुझ्नेलाई श्रीखन्ड नबुझ्नेलाई खुर्पाको बिड भने जस्तो हो।

आफ्नो चलचित्र निर्माण कम्पनी रेखा फिल्म्सले निर्माण गरेको अन्दाजु चलचित्रको लोकप्रिय गीत सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला, मन पर्यो मन पर्यो मन पर्यो मलाई मन पर्यो मा मोहक न्रित्य गरेकि नायिका थापाले आफूले नारी प्रधान चलचित्र निर्माण गर्ने योजना बताइन् । जहिले पनि महिलालाई बेश्याकोरुपमा चित्रण गरियो तर पुरुष बेश्याकोरुपमा चित्रण गरिएको छैन। अहिले हाम्रो समाजमा पुरुष पनि बेश्या छन्। म यसको प्रोड्युसर छु। आइ एम सरी है, मैले पुरुषलाई एक दमै सम्मान गर्छु, मलाई पुरुष असाध्यै मन पर्छ (गलल हाँसो)। हामी बनाउँदै बनाउदैनौं ,नारी पुरुष बराबर हुन् भने बराबर गरौं । कोही पुरुषले बनाउँछ केटीको बिषयमा, म बनाउँछु नि त केटाको बिषयमा। किन महिलालाई, आइमाईलाई मात्रै डोमिनेट (होच्याउने) गर्ने ,त्यति अधिकार त छैन ।

सन् १९७५ को जुलाई ५ तारिख मोरङ, कोशीमा जन्मिएकी नायिका रेखा थापा चलचित्र अभिनयमा बिसं २०५७ सालदेखिलागेकी हुन् । नायिका थापाले हालसम्म झन्डै १०० वटा नेपाली चलचित्रमा अभिनय गरिसकेकिछिन् । उनी एक सफल फिल्म निर्मात्री पनि पनि हुन्। उनको रेखा फिल्म्स इन्टर्टेन्मेन्टले हिम्मत, किस्मत, हिफाजत, कस्ले चोर्यो मेरो मन, अजम्बरी नाता, अन्दाज र हमेशा चलचित्र निर्माण गरेको छ।

नायिका थापा चलचित्र निर्देशक हिमग्याप टाशीको नोबेल पिस फिल्म्सू द्वारा अमेरिकाको बिभिन्न शहरहरुमा मन्चन गर्न लागिएको नमस्ते अमेरिका-साँस्कृतिक कार्यक्रममा भाग लिने क्रममा अमेरिका भ्रमणमा रहेकी नायिका थापा जनवरी २४ तारिख न्यू योर्क शहर आइ पुगेकि हुन्। उनी मार्च महिनासम्म अमेरिकाको बिभिन्न शहरहरुमा हुने उक्त साँस्कृतिक कार्यक्रममा सहभागि हुनेछिन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %