महाबली बाबुराम र अस्तिस्व संकटमा अल्झिएको नेपाल

Read Time:17 Minute, 17 Second

अमरदिप मोक्तान ,महाबली भिम, हनुमानको नाम प्रचलीत रुपमा सुनीने नाम हो, तर आजभोली सोझो अनुहार, सरल भाकामा कुरा गर्ने डा. बाबुराम भट्टराई क्रमशः महाबलीमा परिणत हुँदै गई रहेका छन् । कुनै समय प्रतापी प्रचण्ड नेपालका शक्तिशाली नेतामा गनिन्थे तर आजभोली आफ्नो नाम अनुरुप पुष्पंकमल अर्थात कमलको फुल जस्तै बाबुरामको समक्ष कोमल र निरिह बन्न पुगेको छन् । कुनै समय यस्तो पनि थियो जब प्रचण्डले मञ्चमा गर्जन गर्दा विरोधीहरुको हृदय कम्पन गराउने क्षमता राख्दथे ।

बाबुराम क्रमशःपार्टि र कदमा प्रचण्डलाई उछिन्दै गइरहेका छन् । मधेसवादि अश्वमेघ घोडाको नेतृत्व गर्दै सत्ताशक्तिले घमण्डले चुर बाबुराम क्रमशःपुर्व राजा ज्ञानेन्द्र जस्तै नेपाली जनतालाई निरकुंशता लाद्न प्रयत्नशील देखिन्छन् । डेकेन्द्र थापाको हत्या प्रकरणको समस्या समाधान गर्नुको सट्टा बाबुराम डेकेन्द्र प्रकरण चर्काएर मुठभेड निम्त्याउन केन्द्रित भएका छन् । डेकेन्द्र प्रकरण डलरभोगी मानव अधिकारकर्मी हरु द्धारा माओवादिलाई घेर्ने प्रयास गरिरहेका, डेकेन्द्रका कुरा उठाइए जनयुद्ध कालमा माओवादी विरुद्ध भएका मानवअधिकारका उठाउने जस्ता धम्कीपुर्ण शब्द, माओवादिलाई विलकुलै भन्न सुहाउदैन ।

 जनयुद्ध कालमा युद्ध बन्दीहरुलाई बेपत्ता पार्ने सैन्य अधिकृत तथा कृष्ण सेन हत्यामा संलग्न प्रहरीलाई पुरष्कृत गरी पदोन्नती माओवादी सरकारद्धारा गरीएको सर्वविद्धत छ । मानव अधिकार हनन घटनाका दोषी तात्कालीन राजा पक्ष, माओवादी पक्ष वा मधेस आन्दोलनको नाममा भएका गौर, कपिलबस्तु जस्ता नरसंहारका घटनाका अपराधीले कुनै पनि हालतमा उन्मुक्ती पाउनु हुदैन भन्ने आम नेपाली जनताको चाहना हो । माओवादी द्धारा उठाइएका सत्य निरुपण आयोगको गठनको कुरा राम्रो हो र सत्य निरुपण आयोगको निर्माण हुनुपर्दछ तर याद राख्नु पर्ने कुरा के हो भने सत्य निरुपण आयोग मानवअधिकार हननकर्ताका दोषीहरुलाई उन्मुक्ति दिने संस्था बन्नु हुदैन । सत्य निरुपण आयोग अनुपस्थीतीमा सम्माननीय अदालतबाट मानवअधिकारका दोषीलाई अनुसन्धानको दायरामा ल्याई दण्डित गर्ने प्रयासको थालनीलाई माओवादीद्धारा अवरोध एवं प्रतिष्ठाको विषय बनाउनु बुझ्न सकिएन ।

डेकेन्द्र हत्याकाण्ड प्रकरणमा अदालत आदेशको अवमानना गर्दै वर्तमान न्यायधिवक्ता मुक्ति प्रधानद्धारा अनुसन्धान रोक्न गरीएको पत्राचारले आगोमा घिँउ थप्ने काम गरेको छ । डेकेन्द्र हत्याकाण्ड अनुसन्धान गरीरहेका प्रहरी अधिकृत र दैलेख सि.डि.ओ को रातारात सरुवा गरेर डेकेन्द्र प्रकरण चर्काएर मुठभेडको अवस्था सृजना गरी एमाओवादि सत्ता लम्बाउने दाउमा छन् भने विपक्षी कांग्रेस र एमाले बाबुराम सत्ताच्युत गर्न सक्ने अस्त्रको रुपमा प्रयोग गरीरहेका छन् । डेकेन्द्र प्रकरणलाई लिएर सरकार र विपक्षी दल भ्यानबाट तरवार झिकी भिडन्त गर्न तत्पर देखिएका छन् । मुठभेडले भयानक रुप लिए धेरैको रगत बग्ने निश्चित छ, मुठभेडले कती आमाको कोख शुन्य हुनेछन्, कती श्रीमती विधवा हुनेछन् र कति बालबालिका अभिभावक विहिन हुने हन् त्यो हेर्न बाँकि छ । 

संविधान निर्माणका कुरा, संविधान सभाको निर्मम हत्या इतिहासमा ओझेल भएको कुरा बन्न पुगेको छ । प्रधानमन्त्री बाबुरामलाई पाच वर्षको समयावधी दिए नेपाललाई विहार बनाइदिने जस्ता दिगभ्रमितमात्रै गर्ने कुराको चर्चा गरेर जनतालाई दिशा मोड्ने प्रयत्न भई रहेको छ । बाबुरामले नेपाललाई विहार बनाउने कुरा त अघि सारे नितीस नेतृत्वको प्रगती पथमा अग्रसर समृद्ध विहार हो की, अपहरण, फिरौतीको कारखाना र अराजकतामा प्रसिद्धी पाएका लालु नेतृत्वको बिहार बनाउने कुरा गरेका हुन् ? बुझ्न सकिएन । प्रधानमन्त्री बाबुरामद्धारा कुटनैतिक मर्यादाको उलंघन गर्दै नितिश कुमारलाई भेट्न जादा समृद्धीतर्फ उन्मुख विहार बनाउने दिक्षाप्राप्त गर्ने उद्देश्यले गएका हुन् भनी नेपाली जनताले सोचेको थिए । नितीश कुमार प्रथम मुख्य मन्त्रीत्व कालजस्तै सडक फराकिलो अभियान, कर प्रणालीमा सुदृढीकरण, अनुगमनजस्ता कार्यको थालनी गरेर बाबुरामले प्रशंसा बटुलेका थिए ।

तर बाबुरामको अभियान भित्र लुकेको अर्थ चलखेल समृदि नेपालको निर्माण नभई समृद्ध परीवार र पार्टि बनाउने रहस्य उजागर हुदै गइरहेको छ । नितिश र बाबुराममा भिन्नता के छ भने नितिश कुमारको अभियानमा सत्यताका साथ समृद्ध विहार बनाउने लक्ष थियो, नितिश कुमार द्धारा समृद्ध विहार बनाउने महत्वकांक्षी अभियानमा कसैसंग कुनै प्रकारको अबान्छित सम्झौता गरेनन् फलस्वरुप निसकलंक, परिवारवादबाट टाढा नितिश कुमारलाई विहारी जनताले समृद्ध विहार निर्माण हेतु पुनः विशाल बहुमत दिएर पाँच वर्ष कार्यकाल थपको मोहर लगाएका छन् ।

प्रधानमन्त्री बाबुराम पत्नी हिसीला यमीद्धारा छाया प्रधानमन्त्रीद्धारा विभिन्न नियुक्ति तथा टेन्डरबाट अर्थ संकलन गर्ने चलखेलका समाचार सार्वजनिक हुन थालेका छन्, त्यस्तै माओवादि सहयोगी मधेसवादि दलका मन्त्रीहरु निर्धक्कका साथ दुई हातले ब्रह्म लुट गर्न ब्यस्त छन् । नेपालमा मचिएको ब्रह्म लुटलाई रोक्न सक्ने क्षमता कसैमा छैन । बाबुराम सरकारद्धारा पदमुक्त गरी अदालतको अन्तरिम आदेशद्धारा थमौती भएका उपत्यका विकास आयुक्त केशव स्थापीतद्धारा प्रधानमन्त्री पत्नी हिसीला यमी र उनका सचिवको द्रब्य मोह एवं अर्थ संकलनका कुरा सार्वजनिक रुपमा ताल ठोकेर बयान गरीरहेका छन् । केशव स्थापीतद्धारा प्रधानमन्त्रीको गरीमा माथि आँच आउने वयानको सत्य तथ्यका साथ खण्डन गर्दै प्रस्तुत हुनुको सट्टा बाबुरामद्धारा मौनता धारणले सत्यता स्वीकार गरेको पुष्टि हुन्छ । समग्रमा भन्नु पर्दा प्रधानमन्त्री बाबुरामको छद्मवेषी अभियान को नेपाली जनतासामु पोल खुल्दै गइरहेको छ । नेपाली जनताले बुझीसकेका छन् । बाबुरामद्धारा नितिश नेतृत्वको प्रगती पथमा विहार नभई लालु यादव पत्नी राबणी देवी , साला साधु, सुवास यादवको हाली मुहाली, यादववादको हैकम, फिरौती, अपहरण र बाहुबली को बोलबाला मा प्रसिद्धि पाएका लालु राजका विहार बनाउन खोजका हुन् ।

वर्तमान नेपालको परिदृश्य र बाबुराम सरकारको हैकमवादि शैली, लालु पथका अनुयायी मधेसवादि मन्त्रीहरुको ब्रह्मलुट देख्दा नेपाल लालु नेतृत्व परिणत भएको प्रतित बाबुराम र मधेसवादि दलको भागवण्डामा नेपाल “काले काले मिलेर खाँउ भाले”उखान चरीतार्थ भएको छ । नेपालको वर्तमान संकटमय जटिल परीस्थितीबाट निकास दिन स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाउने हल्लामा देबेन्द्र राज पाण्डे, पद्म रत्न तुलाधर, दमननाथ ढुगांनाको नाम चर्चामा आए र सेलाएर गए । आजभोली पुनःअन्तराष्ट्रिय मान्यता अनुरुप भुतपुर्व न्यायधिश मिन बहादुर रायमाझी, अनुपराज शर्मा, राम प्रसाद श्रेष्ठ मध्येको नेतृत्वमा चुनावी सरकार बनाइने चर्चाले स्थान बनाएको छ ।

स्वतन्त्र व्यक्तिको नेतृत्वले येनतेन चुनाव त गराउन सकिएला तर चुनावबाट आएका प्रतिनिधिद्धारा सविंधान निर्माण गर्नेछन् भन्ने के ग्यारेण्टी छ । संघियता शासकिय स्वरुप स्वघोषित रुपमा चौथो शक्ति हुँ भनी दम्भ गर्ने मधेसवादि दलद्धारा सविंधान निर्माणमा अवरोध पुर्याउन तेर्साएका एक मधेस प्रदेश, मधेसीलाई सेनामा सामुहिक प्रवेश, कहिले पनि समाधान नहुने ब्रह्मास्थरुपी नागरीकता जस्ता मुद्दा हुदा हुदै यसको छिनोफानो र टुगोंमा नपुगी संविधान कसरी बन्ने ?

 प्रजातन्त्ररुपी भ्रामक शब्दले लगभग ६० वर्ष नेपाललाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा राजतन्त्रको गुलामी गर्न बाध्य बनायो हाल आएर लोकतन्त्र, गणतन्त्र जस्ता बहुरुपीया शब्दले नेपाल राष्ट्रलाई नै गुलामीमा परिणत गराउने हुन् भनी जनतामा त्रास उत्पन्न भएको छ । माओवादिद्धारा गणतन्त्रलाई संस्थागत गर्न संविधान सभाको औचित्य र पुष्टि बारे  अडान लिदा धेरै आरोप प्रत्यारोप चर्चा परिचर्चा पश्चात सविंधान सभाद्धारा सविंधानको निर्माण मा सहमति बनेको थियो । संविधान सभाको चुनाव पश्चात संविधान सभाबाट जादुको चिरागजस्तै संविधान निर्माण भएर नेपाली जनताको चाहना अनुरुपको समृद्ध नेपालको निर्माण हुने तथा समतामूलक साझा नेपाली समाजको अवधारणा प्रस्तुत गरेर नेपालले विश्वलाई आश्चर्यचकित बनाइदिने अपेक्षा गरिएको थियो । तर ठिक विपरीत संविधान सभा त नेपाल राष्ट्रलाई नै समाप्त पार्न ग्राण्ड डिजाइन बनाउने केन्द्र स्थल बन्न पुग्यो ?

नेपालको संविधान बनाउने सभासदलाई संविधान सभासम्म पुर्याउन विदेशी दाताद्धारा लिइएको गाडिको प्रयोगले नै संविधान नबने पुर्वसंकेत थियो तर सोझा नेपालीले बुझ्न सकेनन् । नेपालीको संविधान सम्पुर्ण नेपाली बस्तुको उपयोग गरेर गनुपर्दथ्यो, विदेशी दाताको सहयोग परामर्शमा नेपाली संविधानको अपेक्षा गर्नु नै मुर्खता थियो ? विदेशी गाडिमा चढेर स्वदेशी नेपाली संविधान कसरी बन्न सक्छ ? त्यसकारण नेपालको विशुद्ध स्वदेशी संविधान निर्माण हुन सकेन र आउने दिनमा संविधान बन्ने कुरामा प्रश्न चिन्ह उत्पन्न भएको छ । संविधान सभाबाट निर्मीत संविधान रुपी वाहुनलाई राजनैतिक दलका कुशल चालकको हातमा सुम्पेर नेपाली जनताले सुनौलो सपना देखेका थिए तर त्यो सपनालाई अन्तिम समयमा बाबुरामद्धारा एकै झट्कामा संविधानसभालाई बलिको बोको झै एकै झट्काको निर्मम प्रहारले हत्या गर्दा नेपाली जनता हतप्रभ भएका थिए । अन्तिम समयमा विकल्प हुदाहुदै लगभग तयार भई अन्तिम रुप दिन बाँकि रहेको संविधानलाई प्रधानमन्त्री बाबुरामले किन र कसको हितका लागि निर्दयता पुर्वक हत्या गरे ?

व्यवस्थित रुपमा बनेको संविधानसभाले संविधानको निर्माण गर्न सकेन भने अब पुनःसंविधान सभाको चुनाव गराइने र संविधान बन्ने कुरा झुठ र भ्रमको पोको बाहेक केही होइन । संविधान निमार्ण हुन्छ भन्ने आधार के र विगतमा भएको संविधान सभा र्दुघटनाका प्रत्यक्ष दर्शी नेपाली जनता पुन संविधान बन्ने छ भन्ने कुरामा विश्वस्त हुने आधार के? नेपाली जनताले नेपाली नेताहरुसँग सत्यताका साथ सिधा र सरल जवाफ खोजेका छन् , संविधान रुपी हृदय बिना कहिल्यै सम्म नेपाल बाची रहन्छ र नेपाल भन्ने राष्ट्रको आयु कति? रक्तविज जस्तै बाबुरामले हजारैं बाबु राम बनाउँदै क्रमश महा बलिमा परिणत हुँदै गइरहेका छन् । बाबुरामको भयानक र क्रुर स्वरुपलाई अंकुश लगाउन सक्ने एक मात्र क्षमतावान व्यक्ति राष्ट्रपति आज भोलि नदेख्न सक्ने, नसुन्न सक्ने, नबोल्न सक्ने गान्धिको तीन बादरजस्तै निरिह एवं गली सकेका छन् भने विपक्षी कांगे्रस, एमाले दिशा हिन तथा दिग भ्रमित अवस्थामा पुगेका छन् ।

नेपालमा सहमति र निकाशका सबै ढोका बन्द भइसकेको छ भने अब नेपालको बिनाश हुने सबै ढोका पुनः रुपमा खुलेका छन् । वर्तमन संकट ग्रस्त नेपाल अति संवेदनशील स्थीतिमा पुगेको छ तैपनि केही नेताहरुको यर्थाथविहिन आशावादी प्रवचन सुन्दा आश्र्चय हुने गर्दछ । महाभारतको चक्रव्युह इतिहास पढेका नेपाली जनतालाई बाबुरामद्धारा छलपुर्वक नेपालको अस्तित्व विहिन बनाउने चक्रव्युह भित्र प्रवेश गराएका छन् । नेपालका कुनै शक्तिशाली व्यक्तित्वमा वर्तमान चक्रव्युह भेदन गर्ने क्षमता विध्यमान छैन । बाबुरामको चक्रव्युहमा नेपाल अन्तिम चरणको व्युहमा प्रवेश गरिसकेको हुनाले यसबाट निस्कन र भेदन गर्न राष्ट्रभक्त जनतारुपी ब्रह्मास्त्रको प्रयोगद्धारा सम्भव हुने विकल्प मात्र बाँकी छ ।

डाँडाखर्क,दोलखा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %