काठमाडौं, १७ माघ
एकीकृत नेकपा माओबादीका कार्यकताले काभ्रेको बनेपामा पत्रकारमार्थी आक्रमण गरेपछि पत्रकारहरले प्रधानमन्त्रीको कार्यक्रम बहिस्कार गरेका छन । प्रधानमन्त्री बाबुराम भट्टराई तथा एकीकृत माओवादीमा शिर्ष नेता सहभागी काभ्रे जिल्लाको अधिबेशन उद्घाटन कार्यक्रमको समाचार संकलन गर्न गएका पत्रकारमाथि एकीकृत माओबादीका कार्यकताले आक्रमण गरेपछि उनिहरुले बहिस्कार गरेका हुन् । आक्रमणका कारण नेपाल टेलिभिजनका भोला थापा,सौर्य दैनिकका मोतिराम तिमल्सिना र नेपाल समाचारपत्र दैनिकका काभ्रे सम्वाददाता रामकृष्ण चापागाईं लगायत ६ जना घाईते भएको हाम्रा काभ्रे सहकर्मिले जनाएका छन् । यसैबीच काभ्रेमा पत्रकार माथि भएको आक्रमणको बिपक्षीदल र बिभिन्न संञ्चार संगठनहरुले बिरोध जनाएका छन । बिपक्षदलका तर्फबाट बिज्ञप्ती निकाल्दै काग्रेसले काभ्रेका पत्रकार माथि भएको आक्रमण प्रजातन्त्र र स्वतन्त्र प्रेस बिरोधी भएको बताएको छ । यस्तै नेपाल प्रेस युनियन र प्रेस चोतारि नेपालले पनि पत्रकार आत्रमण प्रति घोर आपत्ती प्रकट गर्दै बिज्ञप्ती मार्फत माओबादीलाई स्वतन्त्र प्रेसको मर्म र बाध्यता बाहिर नजान आग्रह समेत गरेको छ ।