आदिवासी जनजातिहरुको भुमिका विषयक “दिगो वन व्यावस्थापन” तालिम,मंगलवार देखी धनकुटामा

Read Time:5 Minute, 9 Second

सन्तवीर लामा

धनकुटा (ब्लाष्ट):वन विनास र वन क्षयिकरणवाट हुने कार्वनडाई अक्साईड उत्सर्जनलाई कसरी न्युनिकरण गर्ने र दिगो वन व्यावस्थापनमा आदिवासी जनजातिहरुको भुमिका विषयक पुर्वाञ्चल स्तरिय समुदायमा आधारित रेडप्लस क्षेत्रिय तालिम मंगलवार देखी धनकुटामा शुरु भएको छ । नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन र रेड–साझेदारी कार्यक्रम काठमाण्डौंको सहयोगमा संचालित तिन दिने दिगो वन व्यावस्थापनसंगै वन कार्वन मापन,अनुगमन, कार्वन संचितिकरणको आवस्था, वनको उपयोग र आदिवासी जनजातिहरुमा जैविक विविधता किन आवश्याक्ता छ त ? भन्ने विषयमा छलफल हुने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष ईन्द्रसारु मगरले वताएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाको आयोजनामा शुरु भएको तिन दिने समुदायमा आधारित रेडप्लस क्षेत्रिय तालिममा पुर्वाञ्चलको ईलाम, पाँस्थर, झापा, मोरङ्ग, सुनसरी,उदयपुर, सिराह, सप्तरी, ओखलढुङ्गा, खोटाङ्ग, भोजपुर, तेह्रथुम, धनकुटागरी तेह्र जिल्ला समन्वय परिषदको अध्यक्ष तथा पदधिकारीहरुले भाग लिईरहेका छन् ।

तिन दिनसम्म संचालन हुने समुदायमा आधारित रेडप्लस क्षेत्रिय तालिममा आदिवासी जनजाति महासंघ जलवायू परिवर्तन र रेड साझेदारी कार्यक्रमका ‘सिसिमिन’ अधिकृत कमला थापा मगर, धनकुटा नगरपालिकाका शाखा अधिकृत तथा जलवायु परिवर्तन रेड साझेदारी कार्यक्रमका राष्ट्रिय प्रशिक्षक डम्वर रोगु,जिल्ला समन्वय परिषद ईलामका अध्यक्ष तथा रेड साझेदारी कार्यक्रमका राष्ट्रिय प्रशिक्षक किरण सुनवारले सहजिकरण गरिहेका छन् ।

तालिममा जलवायु परिवर्तन, रेड, रेडप्लस र आदिवासी जनजाति सरोकार, आदिवासी जनजातिहरुलाई जैविक विविधता किन आवश्याक छ ?, वन तथा जिविकोपार्जन, रेडप्लसका मापदण्ड र रेडप्लस परियोजनाको चरणहरु, जलवायु परिवर्तन सम्वन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भैरहेको पहलहरु, समुदायमा आधारित कार्वन अनुगमनले के अर्थ राख्छ, वनको विभिन्न खण्डहरुको पहिचान र नक्सान, कार्वन मापन फिल्ड अभ्यास लगायतको विषयमा छलफल तथा अभिमुखीकरण गरिने जलवायु परिवर्तन र रेड–साझेदारी कार्यक्रमका ‘सिसिमिन’ अधिकृत कमला थापा मगरले बताएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदका केन्द्रिय उपाध्यक्ष नगेन्द्र प्रसाद राजवंसीको प्रमुख आतिथ्यमा सम्पन्न तालिमको उद्धघाटन समारोहमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका निवर्तमान अध्यक्ष पार्वती राई, सल्लाहकार एवं प्रशिक्षक डम्वर रोगु, किराँत राई यायोखाका केन्द्रिय सदस्य एवं वरिष्ठ पत्रकार संजय सन्तोषी राई, तामाङ घेदुङ्गका जिल्ला सदस्य वुद्ध तितुङ तामाङ, सुनसरी जिल्ला समन्वय परिषद धनकुटाका उपाध्यक्ष संगीता सुव्वा लगायतले तालिमको सफलताको लागी शुभकामना मन्तव्य व्याक्त गरेका थिए ।

सो अवसरम कार्यक्रमको औचित्यवारे जिल्ला समन्वय परिषद ईलामका अध्यक्ष एवं सहजकर्ता किरण सुनवारले तालिमको उदेश्य माथि प्रकास पारेका थिए । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष ईन्द्रसारु मगरको अध्यक्षतामा सम्पन्न उद्धघाटन समारोहमा तालिममा सहभागीहरुलाई आयोजक संस्थाको तर्फवाट जिल्ला समन्वय परिषद धनकुटाका प्रचार प्रसार विभाग प्रमुख सविला मोक्तान तामाङले गरेका थिए । तालिममा पुर्वाञ्चलका तिन दर्जन आदिवासी जनजातिका अगुवाहरुले भाग लिईरहेका छन् । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %