साहित्य श्रृङ्खला हङकङले कृतिको समिक्षा र वाचन दुवै गरे

Read Time:1 Minute, 57 Second

चन्द्र मादेन

हङ्कङ २७,जनवरीस नेपाली साहित्य प्रेमीहरूको साझा श्रृङ्खला नवौं स्थानीय जोर्डनको नेपाली महासंघको कार्यालयमा सौहाद्वपूर्ण रूपमा सम्पन्न भएको छ ।धारावाहिक रूपले भैरहेको यस कार्यक्रममा विगतझैं महिनाको अन्तिम आईतवार विहान चन्द्र मादेन आन्छन्को संयोजकत्वमा सचांलन र सम्पन्न भएको छ । विसुद्व नेपाली वाङ्मयको संम्वर्द्वन र संम्रक्षण गर्ने हेतुले भैरहेको यस कार्यक्रममा हङकङवाट जन्मिएका सृजनाहरू माथि वहस गरिने गत महिनाको प्रस्ताविक निर्णय अनुरूप कवि चन्द्र मादेन आन्छन्को कृति कुण्ठित मनका चित्कारहरू को विषयमा उपस्थित श्रष्टाहरूवाट गहिरो समिक्षात्मक टिप्पोणी गरिएको थियो ।उक्त श्रृङ्खलामा विभिन्न कविता,गजल र मुक्तक सुनाउने कवि र कवयित्रीहरू -प्रकाश छाङ्छा राई, डी वी पालुङ्वा, पूर्णिमा शाह, विष्णु ईङ्नाम, आशिष साम्पाङ् महेश र चन्द्र मादेन आन्छन् थिए भने अन्य साहित्य अनुरागीहरू विमल राई,  त्रिभुवन लुङ्फुङ्वा, टोप व राई याक्खा, गीता राई आदिहरूको सृजनामाथि सुझाव र समालोचन  भएको थियो ।अर्को महिनाको लागि कवयित्री पूर्णिमा शाहको सृजना त्यो प्याजी रूमालू माथि समिक्षात्मक वहस हुने प्रस्ताविक निर्णय भएको थियो । 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %