राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको आजको खेलमा थ्रि स्टार क्लबले जित हात पारेको छ । विन्टर सिजनको आज भएको अन्तिम खेलमा मनाङ मस्र्याङदीलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै थ्रि स्टार क्लबले जित हात पारेको हो । आजको जित संगै थ्रि स्टारले अङ्क तालिकाको शिर्षता कायमै राखेको छ । नेपाल आर्मीसंग सात अङ्कको अन्तर कायम राख्दै ३५ अङ्कका साथ थ्रि स्टार पहिलो स्थानमा छ भने आर्मी २८ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ । यस्तै मछिन्द्र २७ अङ्कका साथ तेस्रो स्थानमा छ भने न्युरो टिम एन आर टि चौथो स्थानमा रहेको छ । आजको खेलमा पराजय बेहोरेको मनाङ भने पाचौ स्थानमा पुगेको छ । आजको खेल सकिएसंगै अखिल नेपाल फुटबल संघ एन्फाले फागुनको १९ गते देखि हुने एफसी च्यालेन्ज कपको छनौटकालागि तयारी सुरु गर्दै छ । एफसीको छनौट पछि चैतमा अहिले अन्तिम आठमा परेका टिमविच सुपर लिग संचालन गर्ने यसअघिनै एन्फाले जनाइएसकेको छ ।
सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्रि स्टार अग्रस्थानमा
Read Time:1 Minute, 31 Second