एसीसी महिला च्याम्पियनसिप क्रिकेटमा नेपालले युएई माथि जित

एसीसी महिला च्याम्पियनसिप क्रिकेटमा नेपालले युएई माथि जित हात पारेको छ । प्रतियोगीतामा नेपालको यो लगातार दोस्रो जित हो। थाइल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत आजको खेलमा नेपालले युएईलाई ८६ रनले पराजित गरेको हो । यस अघि नेपालले भुटानलाई ८ बिकेटले हराएको थियो । युएई बिरुद्ध आज भएको खेलमा पहिले व्याटिङ गरेको नेपालले निर्धारित ओभर खेल्नै ५ बिकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । १ सय ४६ रनको चुनौती पछ्याउदै अगाडि बढेको युएईले २२ दशमलव ४ ओभरमा सबै बिकेट गुमाएर ५९ रन बनाएपछि नेपालले आजको खेलमा सानदान जित हात पारेको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %