साबिक बिजेता नेपाल पुलिस राजधानीमा जारी सहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगीताको अन्तिम आडमा पर्न सफल भएको छ । दशरथ रंगशालमा भएको खेलमा जावालाखेललाई एक शुन्यको गोल अन्तरले पराजित गर्दे पुलिस अन्तिम आठमा पर्न सफल भएको हो । जितसंगै पुलिस २३ अंकका साथ लिग तालिकाको ८ औँ स्थानमा उक्लिएको छ । सरस्वतीसंग समान २३ अंक भएपनि पुलिस हड टु हेडका आधारमा शीर्ष आठमा पर्न सफल भएको हो ।। जाउलाखेल भने १४ अंक जोड्दै लिग तालिकाको १३ औँ स्थानमा आफ्नो ए डिभिजन लिग टुंगाएको छ । त्यस्तै कास्कीको पोखरामा जारी आहा गोल्ड कप फुटबल प्रतियोगीता अन्तर्गत आज भएको खेलमा रानी पोखरी कर्नर टिम आरसिटि बिजयी भएको छ । जितसंगै आरसिटि प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको छ । प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको भारत कोलकत्ताको साउथन समितिलाई १–० ले पराजित गर्दै आरसिटी क्वाटर फाइनलमा पुगेको हो । आरसिटीले अब १५ गते हुने क्वाटरफाईनलमा थ्रीस्टार क्लवसँग प्रतिष्पर्धा गर्नेछ ।
भिजन फुटबल प्रतियोगीताको अन्तिम आडमा पर्न सफल भएको छ । दशरथ रंगशालमा भएको खेलमा जावालाखेललाई एक शुन्यको गोल अन्तरले पराजित गर्दे पुलिस अन्तिम आठमा पर्न सफल भएको हो । जितसंगै पुलिस २३ अंकका साथ लिग तालिकाको ८ औँ स्थानमा उक्लिएको छ । सरस्वतीसंग समान २३ अंक भएपनि पुलिस हड टु हेडका आधारमा शीर्ष आठमा पर्न सफल भएको हो ।। जाउलाखेल भने १४ अंक जोड्दै लिग तालिकाको १३ औँ स्थानमा आफ्नो ए डिभिजन लिग टुंगाएको छ । त्यस्तै कास्कीको पोखरामा जारी आहा गोल्ड कप फुटबल प्रतियोगीता अन्तर्गत आज भएको खेलमा रानी पोखरी कर्नर टिम आरसिटि बिजयी भएको छ । जितसंगै आरसिटि प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको छ । प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको भारत कोलकत्ताको साउथन समितिलाई १–० ले पराजित गर्दै आरसिटी क्वाटर फाइनलमा पुगेको हो । आरसिटीले अब १५ गते हुने क्वाटरफाईनलमा थ्रीस्टार क्लवसँग प्रतिष्पर्धा गर्नेछ ।