केन्टमा माघेसक्रान्ति र मास्टर मित्रसेन जन्मदिन

Read Time:2 Minute, 58 Second

बिजय हितान

जनवरी १२, २०१३ का दिन डोभर कम्युनिटी हलमा यु के मगर संघ केन्ट साखाले माघेसक्रान्ति भब्यताका साथ मनायो । मगरहरुको महान पर्ब मनाउनुको साथै सन १८९५ डिसेम्बर २९ मा जन्मेका बहुप्रतिभाका धनी मास्टर मित्रसेन थापामगरको  ११७ औं जन्मदिन पनि मनाइएको थियो । यो भेटघाट साखाको सातौं जन्मदिन मात्रै नभै अङ्रेजी नयाँ बर्ष २०१३को पनि स्वागत थियो जँहा केन्ट बासी मगरहरुले  एक आपसमा सुस्वास्थय, समृदी र दिर्घायुको सुभकामना पनि आदान प्रदान गरेका थिए ।  दिउँसको १२ बजेतिर सुरु भएको उक्त कार्यक्रमको पहिलो चरणमा कार्यक्रम सन्चालक तथा महासचिव कासिराम थापा ज्युले माघेसक्रान्ति किन र कसरी मनाइन्छ भन्ने बिषयमा प्रकास पारेपछि अध्यक्ष पदम आले ज्युले केक काटेर उक्त साँझको उदघाटन गरिएको थियो । निउ मुन रेस्टुरेन्टले पकाएको तरुल र खिचडी टिपनटापनमा खाएर माघेसक्रान्तिमा गरिने चलनको अनुसरण गरिएको थियो । त्यसको लगत्तै पानसमा बत्ति बालेर र मास्टर मित्रसेनको फोटोमा खादा ओडाउँदै उनको जन्मदिन मनाइएको थियो । कुइन्स गोर्खा इन्जिनिएर्समा कार्यरत कबी स्रस्टा लाल राना र पूर्व उपाअध्यक्ष घन थापाले मास्टर मित्रसेनलाई सम्झिन्दै मिठो कबिताबाचन गर्नु भएको थियो । स्मरण रहोस प्लमस्टिड लगाएत अन्य साखाहरुमा पनि यस दिन मास्टर मित्रसेन र प्रथम सहिद लखन थापाको फोटोमा माल्यापर्ण र दीप प्रजलन गर्दै खिचडी तथा तरुल चडाएर सम्झिने कार्यक्रम गरिएको थियो । दोस्रो चरणमा स्वादिलो खाना खाएपछी कल्चरल डाइरेक्टर श्री मनदिप जुग्जाली र रुद्र थापाद्वारा निर्देसित नाच गानाहरु नानीहरुले देखाएर दर्सकहरुलाई मनोरन्जन दिलाएका थिए । साथसाथै हाइस्कुलरकलेजमा राम्रो अङ्क ल्याइ उत्तिर्ण हुने र बिस्वबिध्यालयको अध्ययन सिध्याउने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र दिएर सम्मान पनि गरिएको थियो । अन्त्यमा सदा झैँ खुशीको नाँच नाचेर रातीको १० बजे कार्यक्रमको अन्त्य भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %