थाइल्याण्डमा जारी एसीसी महिला च्याम्पियनसिप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । साबिकको उपबिजेता नेपालले आज भएको आफ्नो पहिलो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको हो । ६६ रनको झिनो लक्ष्य लिएर मैदान उत्रिएको नेपालले १३ दशमलव ४ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । यसअघि प्रेम ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ सुरु गरेको भुटानले निर्धारित २५ ओभरमा ८ विकेटको क्षतिमा ६५ रन बनायो । नेपालले अब आफ्नो दोस्रो खेलमा भोलि यूएईको सामना गर्ने छ ।
एसीसी महिला क्रिकेटमा नेपालको विजयी सुरुवात
Read Time:51 Second