रविन लिङदेन “आम्भु जेठा”
हङकङ, २२ जनवरी अहिले सम्मको प्रारम्भिक अध्यायन अनुसार नेपालकै दोश्रो ठुलो जलविद्युत आयोजना “स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनि लिमिटेड” मार्फत नेपालको पुर्वी लिम्बुवान हाल ताप्लेजुङ जिल्लाको फुङलिङ गाविस र खोक्लिङ गाविसमा तमोर–मेवा जलविद्युत आयोजना वन्दैछ । १०१ मेगावट क्षमताको तमोर–मेवा जलविद्युत आयोजना संवन्धि एक अन्तरक्रिया कार्यक्रममा स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनि लिमिटेड अध्यक्ष तथा मेनेजिङ डाइरेक्टर भानेन्द्र सम्वाहाम्फेले उक्त कुराको जानकारी गराए । किरात याक्थुङ चुम्लुङ हङकङले आयोजना गरेको कार्यक्रममा सम्वाहाम्फेले १७ वर्ष अघिदेखी यस योजनामा आफु लागेको वताउदै “स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनि लिमिटेड” मा निम्न स्तरका जनता–जो कोहिले आफ्नो क्षमताले भ्याए सम्मको लगानी गरेर शेयर खरिद गरि मालिक वन्न सक्ने वताए । यो कम्पनीमा कुनै ठुला व्यापारी तथा नाम चलेका उद्योगपतिको सहभागिता नरहने भएकोले निम्न स्तरको नेपाली जनता मालिक वन्ने र वन्नुपर्ने सम्वाहाम्फेले वताए । ठुला व्यापारी तथा नाम चलेका उद्योगपतिले वाहेक निम्न स्तरका जनताले नेपालमा कुनै ठुलो आयोजना समपन्न गर्न सक्दैन भन्ने केहि मानिसको मस्तिसका गलत छाप वसेको वताए । औधोगीक क्रान्तिको युगमा कृषिमा आधारित विकास गरेर मात्र नपुग्ने वताउदै परम्परागत पुख्र्यौली सोचलाइ विस्थापति गरेर हामिले आफुलाई नयाँ ब्यापारी वनाउनु पर्ने वताए । आफुलाई नयाँ युगको नयाँ ब्यापारी तथा उद्योगपति बनाई ठुला तथा महत्वकाँक्षी आयोजनाहरु सफलपारी देशलाई सम्पन्न वनाउन हामिले साहस गर्नुपर्ने सम्वाहाम्फेले उक्त कार्यक्रममा वताए ।
देशकै दोश्रो ठुलो जलविद्युत आयोजना निम्न स्तरका नेपालीहरुको सहभागिता बाट सम्पन्न हुने वताउदै आयोजना सम्पन्न गर्नलाई पैसा भन्दा पनि नेपालीहरुको भावना चाहिएको वताए । ठुलो आयोजनामा लगानी गर्न इच्छुक नेपालीहरु कोहि पनि नछुटोस भन्ने उदेश्य लिएर आफु हङकङ आएको र अन्य ठाउँमा समेत पुग्ने अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सम्वाहाम्फेले वताए । जोर्डन स्थित याक एण्ड येती रेष्टुरेण्टको हलमा सोमवार साँझ भएको उक्त कार्यक्रममा स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनि लिमिटेड सम्र्पक समिति हङकङका संयोजक इन्द्रवनेमले ब्यापारीक रुपले आफुलाई मात्र नभएर सिंगो देशको अर्थतन्त्रलाइनै सुधार्ने आयोजनाहरुमा हामी सवै नेपालीहरुको सहभागि हुनु पर्ने वताउदै यस योजनामा सहभागीता जनाउन आग्रह गरेका छन् । तमोर नदिवाट ८३ मेगावट र मेवाखोला बाट १८ मेगावट गरि १०१ मेगावटको तमोर–मेवा जलविद्युत आयोजनाको लागि स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनि लिमिटेडले वि. सं. २०६२ सालमा नेपाल सरकाबाट लाइसेन्स प्राप्त गरेको छ । प्रारम्भिक अध्ययन अनुसार तमोर नदिको विद्युट उत्पादन क्षमता ७२ मेगावट रहेका छ भने मेवा खोलाको क्षमता १८ मेगावट रहेको छ । ताप्लेजुङ जिल्लाको खोक्लिङ गाविसको भञ्ज्याङ पुच्छारमा १८ मेगावट क्षमताको पावर हाउस रहने छ भने त्यहाँबाट निस्केको पानी ४.८ किलोमिटरको टनलबाट तमोर नदिमा मिसाइने छ । पानी मिसिए पछि तमोर नदिमा ११ मेगावट क्षमताले विद्युत उत्पादनमा वृदि भई ८३ मेगावट क्षमताको पावर हावस फुङलिङ वाविसको गुहेली पुच्छरमा वन्ने छ । प्रारम्भिक अध्ययन अनुसार १८ मेगावट मेवाखोला र ८३ मेगावटको तमोरको पावर हावस सम्म १९ किलोमिटर वाटो खन्नु पर्ने छ । यो सवै योजना सम्पन्न गर्नकोलागि अनुमानित रकम १८ अर्ब रुपैया लगानी गर्नु पर्ने छ । कुल लगानीको २० प्रतिशत रकम कंपनीले जनता बाट उठाउने योजना वनाएको छ । तमोर–मेवा जलविद्युत आयोजना सम्पन्न गर्नको लागी हङकङमा नौ सदसिय स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनि लिमिटेड सम्र्पक समिति एक हप्ता अगाडी गठन भएको छ । इन्द्र वनेमको संयोजकमा वनेको समितिमा ओमराज सम्वाहाम्फे, टंक सम्वाहाम्फे, त्रिभुवन लुङफङवा, स्याम इङनाम, हेमराज अन्छङवो, टंक नाल्वो, मौसम इम्वुङ, प्रदिप कन्दङवा रहेका छन् । किरात याक्थुङ चुम्लुङको अध्यक्ष त्रिभुवन लुङफङवाको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रम चुम्लुङको सहसचिव लाजेशा लिम्बुले कार्यक्रम संचालन गरेका थिए । स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनि लिमिटेडका अध्यक्ष तथा डाइरेक्टर प्रमुख अतिथि भएको उक्त कार्यक्रममा स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनि लिमिटेड सम्र्पक समिति हङकङका संयोजक इन्द्रवनेम रहेका थिए भने अन्य संघ सस्थाको प्रतिनिहहरुले भाग लिएका थिए ।