राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पासँग पराजित हुँदै मध्यपुर युथ एशोसियसन बी डिभिजनमा घटुवा भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पासँग १–शुन्यले पराजित हुँदै मध्यपुर बी डिभिजनमा झरेको हो । हिमालयन शेर्पाका गणेश खड्काले गरेको एकमात्र गोल खेलको निर्णायक गोल बन्यो । जितसंगै हिमालयन शेपा २२ अंकका साथ तालिकाको नवौ स्थानमा छ । त्यस्तै प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मच्छिन्द्र र न्युरोड टिम एनआरटीले गोल रहित बराबरी खेलेका छन् । बराबरीसंगै मच्छिन्द्र २७ अंकका साथ तालिकाको तेश्रो स्थानमा छ भने न्युरोड टिम एनआरटी २६ अंकका साथ प्रतियोगीता अन्तर्गत भोली हुने एक मात्र खेल बिभागीय टोली पुलिस र जावलाखेलबिच हुने छ ।
राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटबल
Read Time:1 Minute, 16 Second