पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगीता अन्तर्गत आज भएको खेलमा बिभागीय टोली नेपाल आर्मी बिजयी भएको छ । पोखरा रंगशालामा भएको खेलमा आर्मीले फ्रेन्डस क्लबलाई तीन शुन्यको गोल अन्तरले पराजित गरेको हो । आर्मीलाई जित दिलाउने क्रममा राम कुमार बिश्वास , टेक बुढाथोकी र दीप लामाले समान एक एक गोल गरेका थिए । प्रतियोगीता अन्तर्गत भोली रानिपोखरी कर्नर टिम आरसिटीले बिदेशी टोली साउथन समिटीको सामना गर्ने छ ।यसैविच प्रतियोगिता खेल्न पोखरा पुगेका फ्रेण्ड्स र आर्मीका १० खेलाडीसहित ४२ खेलाडीलाई एन्फाले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि बोलाएको छ । फ्रेण्ड्सका सागर थापा, दिपक भुसाल, निराजन खड्का, जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी र सन्तोष तामाङ तथा आर्मीका जितेन्द्र कार्की, राजु तामाङ, भरत खवास र नवयुग श्रेष्ठ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि काठमाडौं फर्किसकेका छन् ।
आहा रारा गोल्डकप फुटबलमा आर्मी बिजयी
Read Time:1 Minute, 30 Second