बेलायत सम्बादाता
जनवरी २२ ,लन्डन,२१ जनवरी २०१३ मा प्रकाशित १८ बर्ष माथिका बेलायती सैनिकका सन्तानलाई आवसिय भिशा सम्बन्धी समाचारले बिश्वभर छरिएर रहेका गोर्खाली र तिनका सन्तानलाइ एकछिन भए पनि सनसनि फैलाउदै निक्कै व्यापकता पायो । नेपाली गोर्खाली समाजमा ,उक्त समाचार बेलायती गोर्खा सैनिक्का पक्षमा वकालत गरेका होवी एन्ड को सोलिसिटरको अफिसियल वेव साइडमा(http:/howe.co.uk/) प्रकाशित गरिएको थियो त्य्सैलाई माध्यम बनाएर बिभिन्न नेपाली समाचार माध्यमले प्रकाशित गरे र सम्पूर्ण गोर्खालीका १८ बर्ष नाघेकाले पनि बेलायती आवसिय भिशा पाउने भनी । उक्त वेव साइट अनुसार पनि दुई जना गोर्खालिका केस हेरी रहेका र बेलायती अदालतले सरकारलाई गोर्खालिका परिवारलाई आवसिय उपलप्ध गराउने आदेश दिएको जनाएको छ। तर बेलायतको सरकारी र प्रमुख संचार माध्यम हरुले यस्बारे केही जनाएका छैनन । यो समाचारले नेपाली संचार जगत र लाहुरे परिवारमा व्यापकता पाएको २४ घण्टा पनि नबिदै गोर्खालिकै मुद्धा हेर्ने अर्का एन सि ब्रोदर एनड सोलिसिटरले एक बक्तव्य निकाली यो खबर गलत रहेको जनाएको छ, जस्मा भनिएको छ यो नेपाली समाचार माध्यमा गरिएको हल्ला हो र अनौठो कुरा गेसोले यस्को जस लिदै सम्पूर्ण आफुले गर्दानै यो मुद्दा सम्भव भएको समेत दावी गरेको सुन्दा चकित परेको जनाएको छ । उक्त सोलिसिटर कम्पनी का सोलिसिटर टिम हिवरद्वारा हस्ताछरित उक्त बक्तव्यमा सम्पूर्ण गोर्खाली दाजु भाई कसैको ठगी कान्डमा नफस्न आग्रह गर्दै उक्त फैसलाले सँगइ बस्न पाउने मानवाधिकारको ढोका खुले पनि सम्पूर्ण भु पु गोर्खाका सन्तानलाई आवसिय भिसा दिने निर्णय अहिलेनै नभै सकेको जनाएको छ ।
यो हामिलाइ प्राप्त भएको तलको इमेल पनि पढ्न अनुरोध गरिन्छ ।