सहमति पछि दाहसंस्कार गरियो, साढे ६ बजेदेखि कफ्र्यु हट्यो

Read Time:2 Minute, 18 Second

 देव पचभैया

रामपुर पाल्पा माघ ८, पाल्पा रामपुरकी सोनु श्रेष्ठको शव तीनदिनपछि उनकी ७९ बर्षीया शाशु ढक कुमारी श्रेष्ठले बुझेकी छिन् । उनको शव आज वेलुका काली गण्डकी किनारमा गाडिएको प्रहरीले जनाएको छ । दाहसंस्कार गरिसकेपछि मात्रै प्रशासनले कफ्र्यु हटाउने सहमति भएबमोजिम बेलुका साढे ६ बजेदेखी कफ्र्यु हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज वरालले जानकारी दिनुभएको छ ।  वार्त पछि भएको सहमतिका अन्य बुँदाहरुमा घटनाको अनुसन्धानबारे अहिलेसम्मको प्रगति जानकारी गराउने, घाईतेहरु ताराबहादुर श्रेष्ठ र शिव आचार्यको उपचारका लागि जिल्ला सुरक्षा संयन्त्रको बैठक बसी मन्त्रालयमा सिफारिस गर्ने, प्रहरीले अनुसन्धान गरि पाँचदिन भित्र पीडित पक्षलाई सूचना दिने, हत्या प्रकरण र प्रहरी कार्यालय तोडोफोडबारे छानविन गर्न क्षेत्रीय प्रहरी कार्यालय पोखराका एसपि मनोज न्यौपानेको नेतृत्वमा समिति गठन गर्ने सहमति भएको पाल्पाका डिएसपी स्थानेश्वर रेग्मीले बताउनु भयो ।  पुस ४ गतेदेखि बेपत्ता रामपुर ५ की सोनु श्रेष्ठको शव शनिबार बिहान ११ बजे कालीगण्डकी किनारमा भेटिएको थियो । हत्या प्रकरणलाई लिएर केहिदिन यता रामपुरमा दैनिक विरोधका कार्यक्रम भएका थिए । आईतबार स्थानीयले प्रहरी कार्यालय नियन्त्रणमा लिएर तोडफोड र आगजनी गरेका थिए । प्रहरीले मृतकका पति ओम श्रेष्ठ र उनकी जेठी पत्नीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । सोमबार पनि दिनभर स्थानीय र पीडित पक्षले रामपुर बजारमा प्रदर्शन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %