मगरहरुको महान पर्व माघेसक्रान्ती मंकिहिलमा १३ जनवरी २०१३ मा सम्पन्न भयो । मगर संघ हंगकंगको आयोजनामा माघेसक्रान्ती मेला २०१३ू नामाकरण दिएर सम्पन्न उक्त मेलामा लगभग ७०० जनाको हाराहारीमा मगर,गैर मगर उपस्थिति भएको हामीले अनुमान गरेका छौ । मगरहरुको पारम्परिक खानाहरु जस्तै सेल रोटी, बारा (बटुक), बिरम्ला, खिचड़ी , तरुल , आलुदम, बंगुरको भुटुवा , कुखुराको मासु (बंगुर नखानेहरुको लागी), बिबिक्यू मासु , सांधेको अचार र गोलभेडाको आचार आदिका परिकारहरुका स्वाद लिनपाए मेला भर्न आएका पाहुनाहरुले । औपचारिक कार्यक्रम यसै संघको अध्यक्ष चन्द्रज्योति आले मगरको अध्यक्षतामा सम्पन्न भयो । यस कार्यक्रमको प्रमुख अतिथि मगर संघ हंगकंगका भु. पु. अध्यक्ष ले. एक बहादुर राना मगर थिए भने विशेष अतिथिहरुमा क्रमश: नेपाली महासंघ हंगकंगका अध्यक्ष प्रदिप थापा मगर र नेपाली आदिबासि जनजाति महासंघ हंगकंगका अध्यक्ष एम. बि. थापा दलार्मी मगर थिए ।
पहिलो कार्यक्रमको संचालन महासचिब बोधबिक्रम थापा मगरले संचालन गरेका थिए भने स्वागत र शुभकामना मन्तब्य भूपु अध्यक्ष नेत्र पहराइ मगरले दिएका थिए । अर्को रोचक पक्ष भनेको दोस्रा पुस्तालाइ हस्तान्तरण गर्ने गरि माघेसक्रान्तीका दिन आफना दिबंगत हुनुभएका बाबा,आमा वा पित्रीको सम्झनामा यसै दिन पित्री पुजा गरि यो पर्ब मनाउने चलन भएकोले यस सस्थाका भूपु उपाअध्यक्ष तथा “मगर फादर” प्रेम बहादुर गलामी मगरले पुजारीको जिम्मेवारी निभाउनु भएको थियो । हंगकंगमा भएका बिभिन्न जातिय तथा केहि क्षेत्रीय संघ संस्थाहरुलाई पनि अतिथिको रुपमा निमन्त्रणा दिइएको थियो ।
औपचारिक कार्यक्रम लगतै उपस्थित पाहुनाहरूलाई रोष गुमुष्टाका सचिव सन्जु थापा मगरले सांस्कृतिक कार्यक्रम संचालन गरेर मनोरन्जन दिलाएका थिए भने यसै मेलामा हामीले पुरुषहरुको लागी ठेलो फाल्ने, तिर हान्ने र डेरी तान्ने प्रतियोगिता गरायौ । जसमा ठेलो फाल्नेमा रविन्द्र थापा मगर ,तिर हान्नेमा ध्रुब थापा मगर र डोरी तान्नेमा वान चाई टोलीले आफ्नो प्रभुत्वो जमाए । खेलकुदको संयोजक गोपी राना मगरले गरेका थिए ।
अनुमानित भन्दा बढिको चाप भएकोले हामी आयोजकले खाने कुराको माग पुर्ति गर्न हम्मे हम्मे परेको थियो । जस्मा राज्यसत्ता डट्कमका ड्राइरेक्टर हरूले पसिना पुछदै सहयोग गरेको देखिन्थ्यो । गत वर्ष बर्षाको बाबजुद पनि कार्यक्रम सफल भएको थियो भने यस पटकको पाहुनाहरुको उपस्थित हंगकंगको लागी एतिहासीक मान्नु पर्दछ । बिशेष गरि महिला दिदी बहिनीहरु मगर पहिरनमा देखिन्थे भने पुरुषहरुमा कमैले मात्र आफ्नो भेषभुषामा देखिन्थे । माइक पाए फुटुन जेल मगरको बारेमा भाषण छाट्ने मगर हरूलाइ आउने बर्षमा गुन्यु चोलो दिनु पर्छ भन्ने कुरो गाइगुइ सुनिन्थ्यो ।कार्यक्रमको अन्त्यमा दोहोरी र डि.जेले अबेर सम्म स्टेज अiफ्नो पक्षमा पकड जमाउन सफल देखिन्थ्यो । युन लोँड्ग बाट बसको ब्यवस्था थियो र उक्त बसले ३ पटक मंकिहिलको लागी यात्रु ओसार्नु परेको थियो ।
महासचिव बिक्रम थापा मगर
मगर संघ हंगकंग