हत्यारालाई कारबारी गर्न माग गर्दे स्थानियको आन्दोलन चर्केपछि रामपुरमा कर्फ्यु

Read Time:2 Minute, 48 Second

देब पचभैया पाल्पा

 ७ माघ,हत्यारालाई कारबाहारी गर्न माग गर्दे स्थानिय बासी आन्दोलनमा उत्रिएपछि पाल्पाको रामपुरबजारमा कर्फु लागेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले आज दिउसो ३ बजे  देखि स्थित सामान्य नबन्दा सम्म कर्फु आदेश जारी गरेको हो । प्रहरी र स्थानिय बिच पटक पटक दोहोरो झडप भएपछि स्थितिलाई नियन्त्रणा लिन  प्रहरीले ६० राउण्ड हवाईं फायर र २० राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

घटनाले उग्र लिएपछि प्रहरीले चलाएको गोली लागेर रामपुर १ की तारा श्रेष्ठ घाईते भएकी छिन् । उनको दाया खुटको घोडामा गोली लागेको छ ।

मृत अवस्थमा फेला परेकी पाल्पा रामपुर ५ की सोनु खनाल श्रेष्ठका हत्यारालाई कारवाहीको माग गर्दै उनका आफन्तले गरेको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरेपछि रामपुर बजार तनाव ग्रस्त बनेको छ । पुस ४ गते देखि बेपत्ता श्रेष्ठ हिजो मृत अवस्थमा फेला परेपछि उनका आफन्त आक्रोसित बनेका हुन् । सोनुको हत्या उनकै श्रीमान ओम प्रसाद श्रेष्ठले गरेको आरोप लगाउदै आफन्तले कारवाहीको माग गर्दै प्रर्दशनमा उत्रीएका हुन् । प्रर्दशनलाई नियन्त्रणमा लिन प्रहरीले  १६ राउण्ड हवाइ फायर र १५ सेल भन्दा बढी राउण्ड अश्रु ग्यास  प्रहार गरेको थियो । आक्रोसित आफन्तले इलाका प्रहरी कार्यालय रामपुरमा तोडफोड गर्नुका साथै ढुङ्गामुढा समेत गरेका छन् । सोनु कि दिदि निर्मला कुवँरले प्रहरीमा तीन पटक जाहेरी दिदा पनि प्रहरीले अनुसन्धान फितलो गरेको आरोप लगाउनु भएको छ ।

पुस ४ गते बेपत्ता भएकी श्रेष्ठको शब हिजो करिव ११ बजे रामपुर १ ज्याग्दीमा पर्ने कालीगण्डकी नदिको किनारमा बोरा भित्र फेला परेको थियो । बोरामा पोको पारेर ढुङगा समेत राखी फालिएको अबस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । सदरमुकाम तानसेन देखि ७५ किलोमिटर पूर्वको दुरीमा रामपुर बजार पर्दछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %