पत्रकार महासंघ बाँकेको निरन्तर दवावको प्रभावले कोहलपुर टेलिभिजन पुनः प्रशारणका लागि कस्सीयो

Read Time:4 Minute, 2 Second

दिपा आले

नेपालगञ्ज, ६ माघ । कोहलपुरस्थित नेपाल टेलिभिजनको क्षेत्रीय प्रशारण केन्द्र पुनःसञ्चालनका लागि सम्वन्धित पक्ष नै कस्सीएको छ । विकासका लागि सञ्चार भन्ने मुल नारासहित वि.स २०५२ सालमा स्थापीत क्षेत्रिय प्रशारण केन्द्र पुनः सञ्चालन तथा दिगो स्थायीत्वका लागि टेलिभिजन व्यवस्थापन पक्ष अहिले सम्भाव्यता खोजी तथा स्थायीत्वको प्रक्रिया बारे स्थलगत अनुगमन तथा पहलका लागि जुर्मुराएको छ ।  पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बाँके शाखाले प्रशारण केन्द्रको संरक्षण, सम्वद्र्धन तथा पुनसञ्चालनका लागि निरन्तर दवाव दिएपछि माघ ७ गते नेपाल टेलिभिजनका अध्यक्ष सिताराम अग्रवाल सहितको टिम नेपालगञ्ज आउन लागेको पत्रकार महासंघ बाकेका सचिव राकेश मिश्रले जानकारी दिनुभयो । टेलिभिजनका योजना अनुसन्धान तथा अन्तराष्ट्रिय सम्वन्ध महाशाखाका निर्देशक प्रकाश जंग कार्की, इन्जिीनीयर रविन्द्र पराजुली लगायतको टोली आउन लागेको हो । टोलीले सरोकारवाला व्यक्ति, सञ्चारकर्मी, वुद्धिजीवीसँग सल्लाह सुझाव लिने र सञ्चालन सहभागिताको विषयमा छलफल गर्नेछ ।  पत्रकार महासंघ बाँके अध्यक्ष शुक्रऋषि चौलागाई नेतृत्वको टोलीले यस अघि केन्द्र पुनः सञ्चालनका लागि पहल गर्न सञ्चारमन्त्री राजकिशोर यादवसमक्ष ज्ञापन पत्र पेश गरेको थियो । साथै शाखाको मंसीर ७ गते सम्पन्न साधारण सभाले समेत केन्द्र प्रशारणका लागि तत्काल प्रक्रिया थाल्न जोडदार माग गरेको थियो । करोडौंको संरचना भएको नेपाल टेलिभिजनको एक मात्र क्षेत्रीय प्रशारण केन्द्र ०६० साल फाल्गुण १३ गते  एकिकृत माओवादीद्धारा क्षतिग्रस्त पुर्याइपछि सेवा प्रशारण अवरुद्ध हुँदै आएको थियो । डेढ विघाः क्षेत्रफलमा करिव दुइ करोडमा बनेका ३ आवास गृह र एक स्टुडीयो भवन अहिले पनि वेवारिसे झै छन् । केन्द्रले सञ्चारकर्मी र सञ्चारको विकाससँगै बहुभाषिक विविधताहरुको संरक्षण एवं सम्वद्र्धन, समग्र विकासको गतिमा अग्रसर एवं भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, स्वास्थ्यका क्षेत्रमा अतुलनिय योगदान पुर्याउँदै आएको थियो । केन्द्रलाई पुनःसञ्चालन गर्न तत्कालिन सरकारहरुले प्रयास गरे पनि अहिलेसम्म त्यसले सार्थकता पाउन नसकरहेका बेला अहिले पुन सञ्चालनको पहल हुन थालेपछि यस क्षेत्रका बासिन्दा हर्षित भएका छन् । ०६३ मा केन्द्र, सञ्चालनमा ल्याएर केहि दिनसम्म स्थानीय जनताका आवाज र मुद्वाहरुलाई केन्द्रीय प्रशारणबाट प्रशारित गर्दै आएपनि त्यसले निरन्तरता पाएन । केन्द्र सञ्चालनमा ल्याइए सञ्चारमा सबैको पहुँच बढने एवं जनता विकासको मूल धारमा आउने विश्वास गरिएको छ ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %