नेपालगन्जमा सम्पन्न मध्यपश्चिम स्पोर्टस अवार्ड २०६८

Read Time:6 Minute, 52 Second

दीपा आले

 नेपालगन्ज ५ माघ नेपालगन्जमा सम्पन्न मध्यपश्चिम स्पोर्टस अवार्ड २०६८ मा ८ विधा मध्ये ४ विधामा सम्मानित हुँदै सुटिड खेलले बर्चस्व कायम गरेको छ । वर्षका उत्कृष्ट पुरुष र उत्कृष्ट महिलामा सुटिडका खेलाडी बदु्रदिन अन्सारी र कृष्णा थापाले उपाधि उचालेको हो भने सुटिडकै पार्वती थापाले उत्कृष्ट प्रशिक्षक र ओलम्पियन अनिता श्रेष्ठ विशेष सम्मानबाट सम्मानित भएका हुन् ।   बदु्रदिनले विजेता टफि उचाल्दा राजु श्रेष्ठ(जुडो), भरत बिक(आईटिएफ), यामसज्जन सुनार(एथलेटिक्स) र बिरुभाई बज्राचार्य(तेक्वान्दो)लाई पछि पारेका हुन । त्यसैगरी कृष्ण थापाले हिमा खड्का आईटिएफ), बिस्वरुपा बुढा(एथलेटिक्स), रामकुमारी थारु(भारोत्तोलन) र सुशीला गुरुङ आईटिएफ)लाई पछि पारेकि हुन । बदु्रदिन अन्सारीले ०६८ मा ४ वटा स्वर्ण प्राप्त गरेका हुन भने कृष्णा थापाले २ स्वर्ण र २ रजत प्राप्त गरेका हुन । त्यसैगरी उत्कृष्ट प्रशिक्षक भएकि पार्वती थापा नेपालको तर्फबाट ओलम्पिक खेल्ने प्रथम महिला हुन उनले यस पटक सुटिड खेलमा ६ वटा स्वर्ण दिलाउन सफल भइन् । उनले दल बहादुर गुरुङ(जुडो), नन्दकिशोर बर्मा(आईटिएफ तेक्वान्दो), चन्द्र बहादुर गुरुङ(एथलेटिक्स) र चन्द्रप्रकाश श्रेष्ठ(तेक्वान्दो) लाई उछिन्दै उपाधि हात पारिन । त्यस्तै विशेष सम्मानबाट सम्मानित हुनु भएकि अनिता श्रेष्ठ साफ गेममा स्वर्ण पदक ल्याउने नेपालकी प्रथम महिला हुन । उनले १९९२ मा सम्पन्न साफमा सुटिड खेलबाट स्वर्ण प्राप्त गरेकी थिइन । त्यसैगरी वर्षको उत्कृष्ट युवा खेलाडीमा छैठौ राष्टिय खेलकुदमा २ वटा स्वण पदक जित्ने जुम्लाकि एथलेटिक्स खेलाडी विश्वरुपा बुढा घोषित भइन भने हौसला अवार्डबाट उसु खेलका स्वयंसेवी प्रशिक्षक विजय सोनी सम्मानित भए । लाईफटाइम एचिभमेन्ट अवार्डबाट यस क्षेत्रमा हकि, क्रिकेटको जग बसाल्न सफल डा. फजल अब्बास रिज्वी सम्मानित भए । शिक्षण पेशाबाट २०६४ मा अवकास प्राप्त उनले बाँके जिल्लाबाट भलिबल र फुटबलको कप्तानीसमेत सम्माहलि सकेका छन । सुदुरपश्चिम विशेष अवार्डबाट महेन्द्रनगर निवासी ब्याडमिन्टनका प्रतिभावान खेलाडी दिपेश धामी घोषित भए । सबै विधाका विजेतालाई नगद रु ५ हजार सहित टफि र प्रमाणपत्रले सम्मान गरियो । खेलाडी, प्रशिक्षक एवं खेलकुदमा साधनारत व्यक्तित्वको मनोबल उच्च बनाइरहन एनएसजेएफ नेपालगञ्जले नै पहिलोपटक २०६२ सालमा राजधानी बाहिर खेलकुद सम्मानको संस्कार थालेको हो । जुन सम्मान अहिले मध्यपश्चिम स्पोटर््स अवार्डका नामले स्थापित छ । मध्यपश्चिम स्पोटर््स अवार्ड राजधानीबाहिरकै सर्वाधिक प्रतिष्ठित पुरस्कार हो ।  सम्मानीत कार्यक्रममा बोल्दै राखेपका सदस्य सचिव युवराज लामाले खेलकुद क्षेत्रलाई केन्द्रमा मात्र नभई ग्रामीण क्षेत्रबाट विकास गर्नु पर्ने बताउनु भएको थियो । उहांले खेल जगतलाई स्थायित्व दिनकोलागि र खेलाडीलाई खेल क्षेत्रमा टिकाईराख्न राज्यको भूमिका हुनु पर्ने धारणा राख्नु भयो । उत्कृष्ट खेलाडी तथा प्रशिक्षकहरुलाई राष्टिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा, बाँके जिल्ला प्रमुख ढुण्डीराज पोख्रेल, समाजसेवी तथा पूर्व माननीय नबर्दा शर्मा, नेपाल खेलकुद पत्रकार मञ्चका कोषाध्यक्ष प्रकाश तिमिल्सेना, नेपाली कांग्रेसका प्रशान्त विष्ट, नेकपा एमालेका निकर गुरुड, मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक माधव नेपाल, सशस्त्र प्रहरी बल नौबस्ताका वरिष्ठ प्रहरी उपरिक्षक निराक्रम विक्रम शाह, बाँके जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक विक्रम सिंह थापा, नेपालगन्ज उद्योग वाडिज्य महासंघका पूर्व केन्द्रिय सदस्य अच्युत प्रसाई, रोखपका केन्द्रिय सदस्य राजेन्द्र शाही, राष्टिय तथा अन्तराष्टिय खेलाडी संघका अध्यक्ष ओलम्पियन दिपक विष्ट, नेपाल भलिबल संघका कोषाध्यक्ष निरोज मास्के, नेपाल ब्याडमिन्टन संघका केन्द्रिय सदस्य रोहित टण्डन, नेपाली राष्टिय क्रिकेट टिमका पूर्व कप्तान एलबि क्षेत्रील, गोर्खा युनाइटड उमाविका संस्थापक निर्देशक केशर बहादुर आले, दिप ज्योति विद्याश्रमका संस्थापक प्रिन्सीपल डिल्ली शाहगायतले पुरस्कार वितरण गर्नु भएको थियो । मञ्चका महासचिव उमा थापामगरले गरेको सहजीकरणमा सम्मान कार्यक्रमका संयोजक टिएसठकुरीद्धारा स्वागत गरिएको कार्यक्रममा धन्यवाद ज्ञापन मञ्चका अध्यक्ष जयनारायण शाहले गर्नु भयो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %