झापा मगर संघको निम्तो (मगर माला ३)

Read Time:13 Minute, 41 Second

गोरेबहादुर खपाङ्गीमगर

भण्डै–झण्डै २०६० साल देखि मेचि अञ्चल टेकेको थिइन । त्यसमा पनि विशेषगरि मेचि अञ्चलको झापा । यसो त मैले २०४८ साल देखि लगातार पुर्वाञ्चलको बाक्लै भ्रमण गरेको छु । यसको अर्थ हो पातलो पातलो भ्रमण त २०४८ साल अघि देखि नै गर्दै आइरहेको थिइन भन्ने चाहिँ होईन । नेपाल मगर संघको केन्द्रिय अध्यक्षको हैसियत र नेपाल राष्ट्रिय जनमुक्ति मोर्चाको बैधानिक हैसियतमा भ्रमण गर्ने क्रममा ५ वर्षको अवधि पूर्वाञ्चलमा खर्च भएको छ । यत्तिको वर्षमा भ्रमणको लागि सोलु अपवाद रहेको छ । पुर्वाञ्चलको प्रत्येक जिल्लामा बाक्लै पुगेको छु । कार्यक्रम पनि वेस्सरी भएका छन् । त्यहाँका धेरैले मलाई देखेका छन् । अझै धेरैले सुनेका पनि छन् । ति मध्ये कतिपयले भेटेका पनि छन् । यस सम्बन्धमा पछि लेख्नेछु । अहिले मात्र झापाको एउटा राम्रो बजार दमक सँग म आफुलाई गाँस्न चाहन्छु र यसलाई मैले आवश्यकतै ठाने । नेपाल मगर संघ झापाले २ वर्ष अघि मलाई माईधार पश्चिम छेउ अवस्थित, राजमार्ग उत्तर आफ्नो भवनमा बुद्धजयन्तिको अवसर पारेर मेरो उपस्थिति गरायो । ने.म.संघं झापाका तात्कालिन अध्यक्ष परशुराम थापामगरको भूमिका सहानिय छ यस मामिलामा । त्यहि बेला नेपाल मगर संघ जिल्ला समिति झापाले जिल्लाका  ११ देखि लिएर डिग्री सम्म पढ्दै गरेका वा सकेकाहरुसँग प्रशिक्षण, अन्तरिक्रिया विचारगोष्ठि जे भनौं सम्पन्न गरायो । स्थानिय मारवाडि सेवा समिति भवन दमकमा । विशुद्ध मगर विद्यार्थिको उपस्थिति संख्या १०० भन्दा अप्ठेरो नहोला । यसरी संघले झापामा पुर्नप्रवेश गरायो । दुई तिन रातको बास दमकको श्रृजना होटलमा भयो । यो कार्यक्रम लगभग दिनभरि भयो रातिको बास त्यहि भवनमा भयो ।  यसपाली २०६९ साल पुस १३ का दिन पुनः दमक जाने मौका पाएँ । यद्यपी यसपाली पनि मेरो नेपाल मगर संघको बैधानिक हैसियत थिएन र छैन पनि । यसकारण पनि म नेपाल मगर संघ जिल्ला समिति झापाको १०औं अधिवेशनमा आफ्नो उपस्थिति दर्ज गराउन चाहन्नथें । मेरो यसप्रकारको सोंचको अर्थ अनर्थ जे लागेता पनि मेरो मनमा त्यहि कुरा थियो जे होस् नेपाल मगर संघ झापाले एउटा अकाट्य बहाना मेरो अगाडि राख्यो मेरो अभिनन्दन गर्ने । यसो हुँदा मलाई खुशि र आनन्द लाग्यो अनि सहज तरिकाले निम्तो स्विकार्य भयो । यसपाली पनि आउने जाने हवाई मार्ग नै रह्यो । बास श्रृजना होटल दमकमै रह्यो । प्रोपोराईटर रमेश ल्हायो मगर मिजासिला र रमाईला छन् । तर यसपाली भने रात गनेरै होटलमा ५ रात विताउन पाईयो बास उत्साहबद्र्धक रह्यो ।  नेपाल मगर संघ झापाको १०औं अधिवेशनको उद्घाटन समारोह पुस सभाहल मगरहरुको उपस्थितिले खचाखच थियो । स्वागत गित दुई मगर नानिहरुले आफ्नै मगर भाषामा अधिवेशनको सफलताको शुभकामनाको रुपमा प्रस्तुत गरेका थिए । मन्तव्य दिनुहुनेहरु विष्णु लिम्बु, मोहन धिमाल, राम जर्घा, खेम कुमारी आले ज्योति सिं दर्लामी, लिलाबहादुर थापा, धनबहादुर क्याप्छाकी, खुमा पुलामी हुनुहुन्थ्यो । सम्मान प्राप्त गर्नुहुनेहरु सुश्री सानी नानि सुदृष्टि राई, सुश्री रोशिका बुढाथोकीमगर, जगत रानामगर, रेम सारुमगर, सञ्जोग लाफामगर त्यसैगरि निरज निरौला हुनुहुन्थ्यो । उद्घाटन कार्यक्रमलाई सोभायमान बनाउन गित गायन हाँस्य आदिको पनि भूमिका रहेको थियो । यसप्रकार झापाबासि मगरहरुले उद्घाटन समारोह पश्चातको बन्दसत्रमा उत्साहका साथ नयाँ जिल्ला कार्यसमितिको निर्माण गर्ने कार्य रमेश ल्हायो मगरको अध्यक्षतामा एउटा सवल समितिको निर्माण गर्यो । मगरहरु उत्साहि छन् । यो नवनिर्मित समितिले आफ्नो कार्यकाल सफलताका साथ पुरा गरुन् भनि म गोरे बहादुर खपाङ्गी नेपाल मगर संघ पूर्व केन्द्रिय अध्यक्ष र त्यस समारोहका विशिष्ट अतिथि कामना गर्दछु । पुस १५ २०६९ को विहानको खाना पश्चात नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषद्को आयोजनामा मोहन धिमालको अध्यक्षतामा स्थानिय रेडियोबाट आधा घण्टाको आदिवासी आवाज नामक कार्यक्रमको उद्घाटनमा मैले विशिष्ट अतिथिको रुपमा सो कार्यक्रम उद्घाटन गरें । उद्घोषण पदम जवेगुले गर्नुभएको थियो । अतिथिमा कृष्ण गोले, शिवशंकर थापा, गिरिराज भट्टराई, परशुराम थपा लगायत धेरै जना हुनुहुन्थ्यो । यो कार्यक्रममा स्वागत नेपाल आदिवासी जनजाति महिला महासंघ नगर समन्वय परिषद्बाट भयो । मन्तव्य दिनुहुनेहरु बुद्धिमान तामाङ, वेदबहादुर थापामगर, गञ्जबहादुर राई, राष्ट्रिय आदिवासी महिला महासंघका प्रतिनिधि, दमक नगरका अध्यक्ष, कृष्ण गोले, शिव संकर थापामगर, गिरिराज भण्डारी, गिरिराज भट्टराई हुनुहुन्थ्यो । मोहन धिमालको अध्यक्षिय भाषणबाट कार्यक्रम समापन गरिनु अगाडि गोरे बहादुर खपाङ्गी मगरले विशिष्ट अतिथिको हैसियतले सञ्चार माध्यमको आधुनिक संसारमा महत्वपूर्ण भूमिका रहन थालेको छ भनि आफ्नो मन्तव्य सक्नुभयो ।

यसैदिन यो कार्यक्रम पश्चात् राष्ट्रिय जनमुक्ति पार्टी पूर्वाञ्चल क्षेत्रिय सम्पर्क कार्यालय दमकमा मेरो उपस्थिति परशुराम थापा, कैलाश थापा लगायत कतिपय मगर मित्रहरुले अनिवार्य गराई दियो । म सामान्यतया मगरको कार्यक्रमलाई लिएर झापा गएको थिएँ र त्यो कार्यक्रमको समाप्ति पश्चात काठमाडौं फिर्न चाहन्थे । तर यसो हुन सकेन स्थानिय आदिवासी जनजाति भित्र रहेका केही राजमुपा पार्टी कार्यकर्ताहरुको अनुरोधमा ३ घण्टा सम्म यो कार्यक्रममा सहभागि हुनुपर्यो । कार्यक्रम औपचारिक भयो । सभापति राजमुपा जिल्ला समिति झापाका अध्यक्ष भवानि विक्रम सेलिङले सभापतित्व गर्नूभएको थियो । पदम जवगुले उद्घोषण गर्नृभएको थियो । त्यो भेटघाट कार्यक्रममा राजमुपा संघिय परिषद्का उपाध्यक्ष मिना पन्धाक र केही संघिय परिषद् सदस्यहरु पनि हुनुहुन्थ्यो । उपस्थिति पचास पचपन्नको हाराहारिमा थियो । यो औपचारिक भेटघाटमा मलाई राजमुपा पूर्व महासचिव भनि व्यानरमा राखिएको थियो । तिन घण्टा सम्म यो अन्तरक्रिया चल्दै रह्यो । यसको निचोड राजमुपासँग खपाङ्गी किन हिंड्न सकिरहेको छैन वा राजमुपाले खपाङ्गीलाई लिएर सँगै हिडाउँन किन सफल भएको छैन । उपस्थितिको जिज्ञासालाई लिएर आफ्नो भनाई राख्ने क्रममा मैले राजमुपासँग छुट्टिएर लगभग ५ वर्ष सम्म प्रजातान्त्रिक जनमुक्ति पार्टी लिएर बस्नुपर्दाको नेपालमा अप्रिय राजनैतिक अवस्था श्रृजना हुँदै गर्दा म अलग बस्न नसक्ने भएँ । तात्कालिन नेकपा माओवादीलाई १० वर्षे रक्तपातको वातावरणबाट सुरक्षित अवतरण गराउने नाउमा रोल्पाबाट दिल्ली पुर्याई १२ बुँदे सम्झौता नेपालका सात राजनैतिक दलहरु र नेकपा माओवादीको विचमा सम्पन्न गराइयो । यसबाट नेकपा माओवादी नेपालको राजनैतिक धावनमार्गमा सुरक्षित अवतरण गर्न सफल भयो देखिएको दुर्घटना मेरो लागि राजमुपासँग प्रजमुपा एकिकृत गर्न अपरिहार्य बन्यो र एकिकृत पनि भयो । यो कार्यमा राजमुपा र प्रजमुपाको विचमा कुनै त्यस्तो अप्ठेरा सर्तहरु भएनन् । यो कार्य २०६४ सालको संविधान सभाको चुनाव पश्चात मात्र भएको थियो । यसपछि पार्टिको चौथो राष्ट्रिय महाधिवेशन नवलपरासीको कावासोतीमा २ वर्ष अघि सम्पन्न भयो । घोषणा सभामा मैले राजमुपामा निरन्तर आफ्नो प्रतिवबद्धता राख्नेछु भनि भने । एम.एस. थापाले खपाङ्गी राजमुपाको वरिष्ठ नेतामा रहनुहुनेछ भन्ने घोषणा गर्नूभयो । दुर्भाग्य दुवैजनाको क्रमशः प्रतिबद्धता र वरिष्ठ नेतामा राख्ने घोषणा पुरा हुन सकेन यो कार्य कसले पहिले गर्नूपर्ने हो सवैमा विदितै होला । यसवेला सम्म पुलको मुनिबाट धेरै पानीहरु बगिसकेका छन् । यो अन्तरक्रियात्मक भेटघाट पश्चात भोलिपल्ट केरखा झापा, तोपगाछि, नेपाल मगर संघ प्रारम्भ समितिका अध्यक्ष मानबहादुर थापाको अनुरोधमा नेपाल मगर संघ तोपगाछि आयोजक रहनेगरि पुनः नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् केरखा झापाले आफ्नो संयोजकत्वमा एउटा औपचारिक भेटघाटको अयोजना उसकै कर्यालयमा गरायो । यो भेटघाटको लागि पनि मैले ३ घण्टा भन्दा थोरै समय दिन पाईन । कार्यक्रममा पार्टीको भन्दा आदिवासी जनजातिको सम्बन्धमा धेरै जिज्ञासाहरु आए मैले ति जिज्ञासासँग आफुलाई सम्बन्धित बनाई प्रस्तुत गरें । एकजनाले सवैको चित्त बुझाउन गाहो हुन्छ भनेझैं त्यहाँ पनि भयो होला तर पनि म यो भेटघाटबाट उत्साहित भएको छु । मेरो उपस्थिति अझै पनि झापाले खोजिनै रहला भन्ने लागेको छ भने वहाँहरु जस्तो चिन्तनशिल श्रोता र जिज्ञासु व्यक्तित्वहरुको आवश्यकता मलाई झनै परिनै रहला भन्ने आशामा छु । माथि उल्लेख गरिएका प्रत्येक दिनको कार्यक्रममा परशुराम थापाले आफ्नो उपस्थिति अनिवार्य गराउनु भयो त्यसको लागि वहाँलाई म हृदयबाट गिरिङ– गिरिङ ल्हास्सो टक्रयाउँछु । मगर र मगर संघको कार्यक्रममा झापा जानुपर्दा पुर्व अध्यक्ष शिवशंकर थापामगरको सामिप्यता जहिले पनि मसँग रहँदै आएको कुरा पनि विर्सन गाहो छ । यसको लागि वहाँ धन्यबादको पात्र पनि हुनुहुन्छ । राष्ट्रिय मगर मालामा झापाको वर्णन राख्ने क्रममा तरोताजा भएको हुनाले सिलसिलागत रुपमा धेरैको नाउ यसमा राख्न पाएँ । यसले मेरो मनमा यसैगरि अन्य जिल्लाको पनि वर्णन नगरौं भन्ने कदापी छैन तर धेरै समय पश्चात जस्ताको तस्तै अन्य जिल्लाका पुरानो समयमा भएका कार्यक्रमहरु यहाँ उतार्न असमर्थ छु । यसको लागि म क्षमा चाहन्छु र दुःखि पनि छु ।

धोविघाट, ललितपुर १९–जनवरी, २०१३, मितिः २०६९ माघ ६ गत

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %