सत्ता पक्ष र विपक्षको एजेण्डा विहीन आन्दोलन

Read Time:3 Minute, 12 Second

सुन्दर गुरुङ,

सबैलाई एउटा हास्य चर्चाको विषय बन्न सक्छ “सत्ता पक्ष र विपक्ष” दुबै आन्दोलन गर्ने कुरा सुन्दा । हुन त विपक्षको भुमिका निर्वाह गर्दै आएको एमाग्रेस समूहले धेरै अगाडी डा. बाबुराम भट्टराईको सरकारलाई सडकबाट नै हटाउने गफ उडाउदै आएको हो । तर एमाग्रेसले तेतिबेला घोषणा गरेको आन्दोलन कुन दुलोमा पस्यो थाहा भएन । “खै दुलो गाईले किच्यो” भने जस्तो भयो । त्यतिबेला प्रधानमन्त्री बन्ने रहर पालेका एमाले नेता केपी ओलीको भारत भ्रमण खुब थियो । तर उपाय नलागे पछि एकाएक राष्ट्रपति डा. रामवरण यादवले दिएको समय सीमामा सहमति गर्न लागे । तर धेरै पटकाके कसाकसी र छलफल बाट पनि सहमति नभए पछि दुबै पक्ष सडकबाट एक अर्कालाई तह लगाउने तयारी गरे । हुन पनि अहिले भएका दलहरु सत्ता पक्ष र विपक्षमा विभत्त छन् । दुबैको मोर्चा बन्दी छ । जति बेला सत्ताको कुरा आउछ दुबै मोर्चाका नाइके दलहरुले सत्ता पक्ष र विपक्षको मोर्चालाई प्रयोगमा ल्याउने गर्दछन् । शक्ति प्रर्दशनको ढोङ रच्दछन् । तर दुबै पक्षले घोषणा गरेको आन्दोलनको कुनै एजेण्डा छैन् । मात्र कुर्ची हत्याउने र लत्याउने खेलमा एकअर्का विरुद्ध खनिने र जनता लडाउने खेलमा मात्र छन् । तर त्यसको राजनैतिक विकासका एजेण्डा के छन् ? मात्र एक अर्का दलको स्वार्थको लागि एक अर्का विरुद्ध जनता लडाउने हो भने त्यस आन्दोलनको के तुक रहला ? सरकार छोड्न र सरकारमा जानकै लागि आन्दोलन गर्ने हो भने त्यसले देशलाई राजनैतिक निकास दिँदैन् । संक्रमणकाल लम्बिन्छ र देश असफल राष्ट्र बन्दै जान्छ जसको मतियार देशका ठूला राजनैतिक दल बन्छन् । त्यसैले एजेण्डा विहीन आन्दोलन भन्दा सृजनात्मक राजनैतिक निकास तर्फ दल र नेताहरु लाग्नु जरुरी छ । अर्का कुरा जेठ १४ गते नेपाली जनताको हातमा नयाँ संविधान दिनु थियो त्यो अभिभारा दलहरुले पुरा गर्न सकेनन् । त्यस मानेमा दलहरु असफल भए । असफलतालाई मनन गरेर राजनैतिक निकास तर्फ लाग्नु भन्दा एकअर्कालाई हिलो छ्यापेर आफु चोखिने निहुमा छन् । जसले दलहरुको नांगो तस्विर झन् अगाडी आएको छ । त्यसैले नांगो राजनैतिक नाच देखाउनुभन्दा एजेण्डा सहितको आन्दोलन र एजेण्डा सहितको भूमिका दलहरुको हुनु पर्दछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %