पवन गुरुङ्ग ,बुटवल
समाजशास्त्री तथा प्राध्यापक डा. ओम गुरुङ्गले देशको वर्तमान अवस्थामा पहिचान सहितको संघियता, संघियता सहितको संविधान निमार्ण गर्ने विषयमा संघियता नचाहनेहरु संग भन्दा चाहनेहरु बीच वैचारिक द्धन्द्ध बढेको बताए । संघियताको विपक्षमा उभिएका विधारधारा बोकने समूह तथा राजनितिक दलहरुको स्पष्ट सिद्धान्त तथा विचार देखिएकाले ति दलहरु तथा समूहहरु संग वार्ताहरु गर्नु नपर्ने एक कार्यक्रममा औल्याए । गुरुङ्गले भने –“अहिले देशमा जल्दो बल्दो विषय भनेको पहिचानका मुद्दा हुन् । देशमा संघिय संरचनाको संविधान निर्माण हुने अवस्थामा पुगेतापनि पहिचान सहितको संघियताको ढाँचालाई सहि ढंगले प्रस्तुत गर्न नसक्दा संविधान निर्माण हुन नसकेको हो ।” संविधान नरहेको अवस्थामा कस्तो संघियताको ढांचालाई स्वीकारी नयाँ संविधान निर्माण गर्नु पर्छ भन्ने विषयमा संघियता पक्षधर राजनितिक दलमा ठुलो विचार विर्मश भईरहेको बताए । सामुहिक आधारबाट जाने कि संरचनावादी धारबाट, एकल जातिय पहिचानको संघियता कि भौगोलिक आधारलाई थाति राख्ने या सामथ्र्यको आधारमा जाने भन्ने विषयमा चर्को बहस भईरहेको बताए । गुरुङ्गले भने – “यस्तो अवस्थामा जातिय पहिचानको विषयलाई सहि ढगंले विश्लेषण गर्न जरुरी छ । त्यसैले पहिचानको सैद्धान्तिक, वैचारिक आधारहरुलाई गम्भिरता पूर्वक बुझन, बुझाउन जरुरी रहेको छ ।”
पहिचान भन्नाले कुनै पनि समुदायको सम्बन्ध उसको भुगोल, इतिहास, भाषा पुख्र्यौली भूमि आदि सबै संग भावानात्मक सम्बन्ध हुने भएकोले जातिय पहिचानको आधारमा संविधानको निर्माण गरे देश विकाशन्मुख तर्फ अगि बढनेमा विश्वस्त रहेको बताए । नेपाल सरकार आदिवासी जनजाति जिल्ला समन्वय समिति तथा जिल्ला कार्य समिति द्धारा आयोजित आदिवासी जनजाति अधिकार विषयक “पहिचान सहितको संघियता, संघियता सहितको संविधान” गोष्ठी कार्यक्रममा प्रमुख अतिथि एवं प्रशिक्षकको रुपमा गुरुङ्ग बिहिबार सो कार्यक्रममा प्रस्तुत हुनु भएको थियो ।
त्यसैगरि एमाओवादी अवध राज्य परिषदका ईन्चार्ज चन्द्र खनाल बलदेवले पृथ्वी नारायण शाहले राष्ट्रको एकीकरणको प्रक्रिया गलत भएको बताए । राष्ट्र नेपालको एकिकरणको नाउँमा यो देशमा आदिमकाल देखि बसोबास गर्दै आएका आदिवासी जनजातिको हक र अधिकारबाट वन्चित गराएको आरोप लगाए । आगामी दिनमा साझाँ राष्ट्रको निमार्ण गर्नका लागि देशमा विद्यमान विभिन्न जाति, समुदाय, वर्गीय, लैगिक हिसाबले राज्य र अधिकारको बाडँ फाडँ हुनुपर्नेमा जोड दिए । खनालले भने –“पहिचान र सामथ्र्यको आधारमा संविधान सुनिश्चित गर्न सके यो देश टुक्रिने होइन प्रगति पथमा अगि बढने छ । पहिचानको कुरा गर्दा कुनै जाति विशेषलाई अधिकार दिने होईन, यो देशमा उदपिडनमा परेका समुदायलाई राष्ट्रिय धारमा ल्याउनका लागि एउटा पाटो मात्र हो । ” पहिचानको अर्थलाई गम्भिरता पूर्वक बुझन र बुझाउन सकिएन भने आदिवासी जनजाति समुदाय बीच पनि द्धन्द्ध हुने खतरा रहेको पनि खनालले जनाए । “कस्तो र कुन आधारबाट संघियताको निर्माण गर्ने भन्ने विषयमा विचार विमर्श हने स्वभाविक छ तर पहिचान सहितको संघियता विरुद्धमा गई राष्ट्र निर्माण गर्न खोजे देश फेरि द्धन्द्धमा फसन सक्ने छ । ”– खनालले भने
कार्यक्रममा रुपन्देही क्षेत्रमा रहेका संघियता पक्षधरका संघ संस्था, राजनितिक पार्टी, भातृ संघठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उपस्थितहुने अतिथिहरुमा एमाओवादीका केन्द्रीय सदस्य लक्ष्मी कान्त पौडेल, सामाजिक विकास अधिकृत दुर्गा प्रसाद श्रेष्ठ,राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका अध्यक्ष झम बहादुर गुरुङ्ग, नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष दल बहादुर विरकट्ठा मगर, मेधस जनअधिकार फोरम रुपन्देहीका सचिव मदन गुरुङ्ग , अदिवासी जनजाति समन्वय परिषद रुपन्देहीका सचिव चन्द्रमान चौधरी, तमू ह्युल छोज धि केन्द्रीय अनुगमन समितिका केन्द्रीय सदस्य सुर्यलाल गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले पहिचान सहितको पक्षमा रहि पहिचान, अधिकार, राज्यको पुनः संरचना र संविधानको निर्माणका लागि आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गर्न जातिय पहिचानलाई प्रमुख रुपमा आधार बनाई अगि बढनु पर्नेमा जोड दिएका थिए ।
आदिवासी जनजाति जिल्ला समन्वय समिति रुपन्देहीका उपाध्यक्ष धन बहादुर गुरुङ्गको सभापतित्वमा सो गोष्ठी तथा प्रशिक्षण कार्यक्रमको संचालन गरिएको थियो भने संचालन सपना गुरुङ्गले गर्नु भएको थियो ।