खै के भनु , कसरी बितेछ:” मेरो २०१२ लाइ फर्के र हेर्दा”

Read Time:15 Minute, 20 Second

बिजय हितान

कुकुरको काम पनी हुन्न फुर्सद पनि हुन्न भने झै न म कुनै ठुलो सङठनलाई हाक्ने मान्छे परेँ, न नै कुनै ठुलो ब्याबसायिरउधमी १ तर गत बर्ष म जस्तो नोकरी गरेर बचेरा पाल्ने र बस्ने गुँडको मोर्टगेज तिर्ने एक साधारण ब्यक्तिको ब्यस्त दिनचर्या देख्दा म आफै छक्क परेँ । सन २०१२ को मेरो डायरिमा के लेखेको रहेछु, केही अङ्स  तपाईं  पाठकहरूसँग बाँडन चाहन्छु ।

१:जनवरी नेपालबाट प्यारी आमा आएकी थीइन, यस महिना उनी फिरिछन । १५ बर्सपछी संगै बस्न पाउँदा जन्मदिने आमा मात्रै होईन सिङै मात्रुभुमी (नेपाल् आमालाई) नै घरमा राखेको अनुभव भएको थियो । किनकी उनी बुवा परलोक भएपछि र छोरा-छोरि सबै परदेस लागेपछी एक्लै हुन परेको दुस्खको अनुभव, गाउँ-गाउँमा मोटर गाडी पुगेको र सबैको हातमा मोबाइल भएको कुरो देखि, तिनदलका नेताहरूले देशलाई आफ्नै बाउको सम्पत्ति बनाएर मनोमानी गरेको कुरा गर्थिन । मैले थाइ रुपमा यतै बस्ने अनुनय गर्दा गर्दै पनि याँहाको सुबिधा सम्पन्न बसाइलाई आफ्नै देशको मायासँग साट्दै भो म उतै बस्छु उतै मर्छु भने पछि जनवरीको अन्त्यमा हिथ्रो एयरपोर्ट छोडन गएको रहेछु । अनी अ ने सा स को कार्यक्रममा लारा बैनीको पात्रसँग एक साँझु कथा क्रितिमा एक समिछ्या पेस गरेकोरहेछु । साथै हाम्रो बिबाहको २० सौं बर्सगाँठ पनि मनाउन भ्याएका रहेछौँ ।

२:फेब्रुवरी हिउँ खस्न सुरु गरेर जनजिवन अस्तब्यास्त बनेछ । आगनमा स्यानो छोरासँग हिउँ मान्छे बनाएर हिउँले छ्यापा(छ्याप खेलेछौं । प्रथम सहिद लखन थापामगर दिवस मनाउन लन्डन पुगेछु । म पढेको बिस्वबिध्यालयको प्रोफेसरसँग नजिकैको बनमा डोरमाउस (एक किसीमको रुखमा बस्ने मुसा जो जाडो महिना भरी अन्तरध्यान भएर बस्छ) सर्भे गर्न गएको रहेछु । बिबाह तथा भातखुलाई पनि असाध्य हुनथाल्यो बेलायतमा, निम्तो आएपछि नगै नहुने । शान्ति बैनीको छोरिको भातखुलाईमा ४०० माइलको ओहोरदोहोर गरेर विन्चेस्टर पनि पुगेछु ।

३:मार्च घमाइलो दिन थियो । पहाडघरको स्यानो छँदाको सम्झना गर्दै दुई छोराहरूको साथ आलु रोपियो करेशा बारिमा । तिमीहरू हल गोरु हौ, म हली हुँ, तिम्रो आमाले अर्नी लिएर आउंछिनु मैले भन्दा त्यो भनेको के हो ड्याडी भनि सोधेका थिए । बी एफ बी एस गोर्खा रेडियोसँग गर्दै आइएको अर्थ आवरु (जलबायु परिवर्तनको प्रभाव र यसलाई कसरी न्युन गराउन सकिन्छ भन्ने जनजागरण कार्यक्रम) श्रिस सुनुवार बैनीसँग गरियो । बेल्पालीहरू कतिको तेहोरो नागरिकता छ- नेपालि, हङकङको आइडी, बेलायातको रातो पासपोर्ट । हङकङ आइडिवालाहरू  तिनतिन बर्षमा हङकङ फिर्नुपर्छ भन्ने नितिले र आइडिवालाहरूले ६ हजार डलर पाउने लोभले श्रीमती र ठुलो छोरा हङकङ प्रस्थान । 

 ४:अप्रिल बिदेसमा बसेपनी म आफ्नो नेपाल् र नेपालि सँस्क्रितलाई कहिलै बिर्सन सक्दिन । फक्स्टोन नेपालि समाजले धुमधामा पार्टी गरेर आयोजना गरेको नेपालि नयाँ बर्ष २०६९ उत्सवमा सम्मिलित भएको रहेछु । पोखरा ट्रावल्सका मालिक तथा तमुधीका उपाधक्ष ग्याम गुरुङको छोरिको बिबाह निम्तोमा पनि जानै पर्यो । सहिद लखन कपमा भने सम्मिलित हुन न सकेको रहेछु । लामो समयसम्म पानी नपरी खोला-नाला र जमिनमुनीको जलभन्डार सुक्दै गएपछि बेलायतको धेरैजसो क्षेत्रलाई खडेरी पिडित घोषणा गर्दै पानीको प्रयोगमा कटौती गर्न जनतालाई आभ्वान गरिएको थियो । तर बिडम्बना १ यसको लगत्तै भारी बर्ष हुनगै बाडीले डुबानमा पारेको थियो ।

 ५:म फुटबल नखेलेपनी हेर्ने फुटबल प्रेमी ।  प्रिमिएर लिग मन न पर्ने त संसारमा बिरलै पाहिन्छन होला । मैले मन पराउने क्लब चेल्सीले एफ ए कप र च्याम्पियन लिग जित्द्दा म आफैले जितेजस्तो महसुस गरेको थिएँ । मान सिटीले मान युनाइटेडलाई पछि पार्दै प्रिमेयर लिग बिजयी बनेको थियो । नेपालमा फेरि ती रास्ट्रघाती नेताहरूले जनताले चाहेको सम्बिधान ल्याउन नदीइ सम्बिधान सभा नै भंग गराए । कथा बिछोड अघिको रात लेखेर सिद्दिएको रहेछ । जनजाति महासँघको अधिबेसनमा सम्मिलित भएछु । श्रीमतीले भने जस्तै खाइ न पाइ छालाको टोपी लाईु, नचाहीदो दैडधुपले होला जरोआउने टाउको दुख्ने बिमारले केहिदिन सुताएछ ।

६:जुन साहित्य भेलामा ब्यस्त महिना रह्यो । नेपालि साहित्य बिकास परिषदले आयोजना गरेको युगकबी सिद्दिचरन श्रेष्ठ सतबारसिकी कार्यक्रम जँहा तिमीले छोडेको पृथ्वी कबिता बाचन गरेछु । प्रतिभा प्रतिस्थानले बर्सेनी गर्ने कार्यक्रममा उपस्थित, जसमा गजलकार अन्जु अन्जलीलाई स्रस्ठा सम्मान र बिस्वकाजी राईको गिती संग्रह बिमोचन गरिएको रहेछ् । रास्ट्र गितका रचयिता बैरागी काइला स्वागतरसम्मान कार्यक्रम प्रतिभा प्रतिस्ठान र नयाँ सन्देस को पहलमा । महारानी एलिजाबेथको हिरक दिवस मनाउने क्रममा थेम्स नदिमा भएको डुंगा र पानिहहाजको पर्दसन कहिल्लै भुल्न सक्दिन । इन्टेक ८५ को नम्बरी पार्टिमा भुलेको छैन नम्बरी । मुक्तक बाचन गरेको पनि एक अबिस्मरणिय छणको रुपमा रहिरहनेछ । तमुधी यु के ले सँचालन गर्ने गोर्खा कपमा गएँ फुटबल खेल्न होईन खेलेको हेर्न पनि होईन, साथिभाइ गाउँले भेटन । फुटबल पिचको वरिपरि मानिसहरूको भिँड घुमेको देख्दा मुस्लिमहरुको मेक्का जस्तै लागेको थियो । यदि फुटबल पिचको बिच्चमा गुम्बा ल्याएर राखे, बौद्द धर्मावलम्बीहरूको धार्मिक तिर्थ स्थल लुम्बिनिमा परिणत गर्न सकिन्छ होला भन्ने सोंच उब्जेको थियो ।

 ७:जुलाइ साहित्य र पार्टिहरुमात्रै होईन परोपकारी क्रियाकलापमा पनि सम्मिलित हुन मन लाग्छ । त्यसै सिलसिलामा मुक्ति संस्थाकी सरला थापा सँग मिलेर केन्ट ट्यालेन्ट शो गर्यौं जसले माइती नेपाल् र एक स्कुललाई आर्थिक सहयोग गर्यो ।  लन्डनमा भानु जयन्ती मनाउंदै, निस्तेन मन्दिरको दर्सन गर्दै , क्यु जी इ ३९ ट्रेनिङ पार्टीको भेलामा  पल्टने कुरा चकाब लगाउँदै , र मगर संघ केन्टको समर भेलामा बी बी क्यिुको धुँवा उडाउँदै मासु चिथर्दै गरेर जुलाई महिना बिदाइ दिएको रहेछु । अनी २०१२ लन्डन ओलम्पिकको भब्य सुभारन्भ कार्यक्रम टेलिभिजनको स्क्रिनमा हेरेको पनि कहाँ म भुल्न सक्छु र ।

८:अगस्ट ओलम्पिक अवधिभरी हाइस्ट्रिट खाली भएर बिक्रिबितरण कम हुँदा खुद्रा ब्यापारीहरू मारमा परेको रिपोर्ट आयो । होला पनि, किनभने म र परिवार यस अवधिमा टेलिभिजनको अगाडी लिसो टाँसिएझै गरेर बस्यौं । उसेन बोल्टको १०० मिटर दौड र उसको आकासतिरको धनुस्काण ताकेको साङ्केतिक प्रदसन मैले भुल्न सक्छु होला तर मेरो छोराले कहिल्लै भुल्ने छैन् । मित्र सुमल कुमार गुरुङ को पहलमा नेपालि मेलामा एउटा साहित्यिक स्टल राखेर बेलायतका सहित्यकारहरूले लेखेका कृतिहरूको प्रचार प्रसार गर्यौं । त्यसपछि वार्षिक बिदामा स-परिवार वेल्स भ्रमण गएछौं । वेल्स बेलायतकै एउटा हिस्सा भएपनि अर्कै देश जस्तै लागेको थियो ।  उतै ४५ बर्ष पुगेको जन्मदिन मनाएर फर्केका रहेछौँ ।

 ९:सेप्टेम्बर  ब्याकुल माइलाको सम्मान समापन कार्यक्रम आश्फोर्डमा थियो । उनलाई भेट्दा र रास्ट्रिय गान गाएको सुन्दा मधेस पहाड हिमाल सबै बेलायतमै भएजस्तो भान हुन्थ्यो । फल्कस्टोनमा घमाइलो दिनमा श्रीमतीसँग समुन्द्र छेउँमा हिँडेको रहेछु ।  मगर् संघको बीचार गोस्टी फार्नबोरोमा पुगेछु ।  एन्भायरोमेन्ट एजेन्सिका साथिहरूसँग वाटरऐड च्यारिटीको लागी डोभर देखि डिल ११ माईलको पैदल यात्रा गरेर पैसा उठाएछु । हर्क गुरुङ स्मिर्ती दिवस र क्यु जी इ रेजिमेन्टल डे मा जान न पाउँदा खिन्न मन हुँदै सेप्टेम्बर गएछ ।

१०:अक्टुबर प्रतिभा प्रतिस्थानको बैठकमा जान सकिन । साहित्यकार मोमिला श्रेष्ठ र ड।. गोभिन्द भट्टराइलाई सम्मान गर्ने निर्णय गरिएछ, खुशी लाग्यो ।  एन आर एन द्वारा आयोजित नेपालको जलबिध्युतमा लगानी कार्यक्रममा उपस्थित हुँदा ल अब नेपालिले लोडशेडिङ बाट छिट्टै राहत पाउने भए भनि गौरवबान्तित भएँ । तर लाख दसलाख शेयर लागाउनेहरूको अगाडी आफूले एकपैसा पनि हाल्न नसक्दा नामर्द महसुस भाको थियो भन्न म लजाउँदिन । त्यसपछि आदिबासी महासँगको लन्डनमा बैठक, फकस्टोन नेपालि समाजको बडा दसैं पार्टि, र बर्सगाँठु कथा लेख्दा लेख्दै र पल्पसा क्याफेु दोहर्याएर पढदा पढदै न्यानो अक्टुबर महिना बितेको पत्तै भएनछ ।

 ११:नोभेम्बर एक्स फ्याक्टर र स्ट्रिक्ली कम डान्सिङ को ठुलो फ्यान बन्न पुगेछु । अमेरिकामा आएको समुन्द्रिक आँधी स्यान्डी ले डिसेम्बरमा हुने भनिएको सन्सारिक प्रलयको संकेत हो जस्तो लागेको थियो । यस सम्बन्धी लेख लेखेर पठाए एभेरेस्ट टाइम्समा । काला जातिका बाराक अोबामाले गोरा जातिका प्रतिद्वन्दी मिट रोम्नीलाई हराउँदै दोस्रोचोटी अमेरिकी रास्ट्रपती भएर आउँदा सन्सारले जनजातिहरूको बिजयी भएको महसुस गरेका थिए । रिमेम्बरेन्स परेडमा सहभागी हुँदा एउटा सोंच जन्मेको थियो- पुर्खालाई सम्झनु त राम्रै हो तर युद्दमा मारिएकाहरूलाई सम्झँदै रातो पप्पी फुल छातीभरी टांसेर हिँडनु युद्दलाई प्रोत्साहन दिनु होईन र  महाकबी देभकोटा जयन्ती दार्जलिङ इन लन्डनमा उपस्थित हुन नसक्दा लारा बैनी र खगेन्द्र नेपालि ज्यु लाई छमा मागे । बेलायतमा भारी बर्षाको कारणले बाढी आयो, गाउँघरहरू डुबानमा परे जताततै । कसरी बाँच्न सकिन्छ बाढिबाट, बेलायतजस्तो ठाउँ जहाँ नेपालको तुलनामा कम्ती पानी पर्छ र खोलानाला पनी स्याना छन तैपनि किन बाढी आउँछ भन्ने बिषयमा बी एफ बी एसमा बोले । बेलायतमा कलरा फ्राक्स्नी भनिने महामारी रोग लागेर करोडौ आसको रुख मर्न सुरु गरेकोमा एउटा लेख लेखेर दिएँ पत्रिकाहरुमा ।

१२:डिसेम्बर भुमन्डलिकरण र समानुपातिकको युगमा यो नेपालिलाई सबै धर्म संस्क्रिती आङाल्नपर्ने भन्दै क्रिस्मस र नयाँ बर्षको रौनक सुरु भयो । एन्भायरोमेन्ट एजेन्सिका सहकर्मीसँग क्रिस्मस लन्च खान गयौं । क्रिमस ट्री र झिलिमिली बिजुली बत्तिले घर साजाइयो । क्रिस्मसको साँझ पारिवारिक भेला गरि हट-पट र रोस्टेड टर्की खाइयो । केन्ट मगर सँघको साधारण सभास फकस्टोन नेपाली समाजको वार्षिक साधारण सभास साहित्यकार, सङितकार, नाट्यकार तथा समाजसेवी मास्टर मित्रसेन थापामगरको ११७ जन्मदिन साथै यु के मगर् संघको च्यारिटी डिनरमा पनि भ्याउँदा नभ्याउँदै उपस्थित हुन पुगेछु  । इमेल, ट्याक्स , फोन, र फेस बुक मार्फत मेरि क्रिस्मस र ह्याप्पी न्यु एयरु भन्दै २०१२ त पत्तै नपाई कति चाडै गैसकेछ ।          

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %