काठमाण्डौ,माघ ५,प्रधानमन्त्री बाबुराम भट्टराईले सरकारले सत्य निरुपण तथा वेपत्ता आयोग गठन गर्न चाहे पनि अन्य दलहरुले सहयोग नगरेको गुनासो गर्नुभएको छ । आज रोल्पाको लिवाङमा तेश्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दे भट्टराईले सशस्त्र द्वन्द्वकालमा घटेका घटनाको निष्पक्ष छानविन गर्न आयोग गठन गर्न चाहेपनि अन्य दलहरुले सहयोग नगरेको गुनासो गर्नुभएको हो ।
उहाले आयोग गठन गर्ने कुरा बृहत शान्ति सम्झौतामा उल्लेख गरिएतापनि आयोग गठन गर्न नदिई पुरानै मुद्दालाई उल्झाएर शान्ति प्रक्रियालाई धरापमा पार्ने षडयन्त्र भएको आरोप समेत लगाउनुभयो ।
त्यस्तै एकीकृत माओबादी अध्यक्ष पुष्पकमल दाहालले बेमौसममा पार्टी विभाजन गरी बाटो विराएकालाई घर फर्किनका आग्रह गर्नुभयो । पार्टी विभाजनले क्रान्तिको अभिभारा पुरा हुन नसक्ने भएकोले अहिलेको आवस्यकता एकता नै रहेको प्रचण्डको भनाई छ । प्रचण्डले नेकपा माओवादीको हालै सम्पन्न महाधिवेशनले कुनै पनि नयाँ कार्यक्रम दिन नसकेको भन्दै क्रान्ति कुरा गरेर मात्रै नहुने उल्लेख गनुभयो ।