राज्यसत्ता
हंगकं, १२ जनवरी २०१३, लुम्बिनी मञ्च हङकङले अंग्रेजी नयां बर्ष २०१३ को उपल्क्षयमा जोर्डन स्थित इण्डिया क्लवमा धुमधामका साथ् सम्पन्न गरेको छ । सचिव मिन गुरुंगले संचालन गरेको कार्यक्रममा अध्यक्षता राजु श्रेष्ठले गरेका थिए भने स्वागत मन्तब्य सस्थाका पुर्ब सचिव भारत थापा मगरले गरेका थिए । प्रमुख अतिथि च्याम्बर अफ कमर्सका अध्यक्ष तथा सस्थाका सल्लाहकार जेएन ज्ञवाली रहेका थिए ।
त्येसैगरी विशेष अतिथिहरुमा सस्थाका सस्थापक अध्यक्ष हेमराज थापा मगर, हंगकंग नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगर, गुल्मी समाज हंगकंगका अध्यक्ष नेत्र पहराई मगर, पाल्पा समाज हंगकंगका पुर्व अध्यक्ष गणेश जंग राना मगर, हिन्सका अध्यक्ष बुद्धिबहादुर थापा मगर, सस्थाका भूप अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष एम बि थापा दर्लामी मगर, धर्म सिंह गुरुङ, राजु श्रेष्ठ, ब्यबसायी दाशुराम पराजुली, इन्दिरा गुरुङ, लगाएत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको समुदघाटन प्रमुख अतिथि जेएन ज्ञवाली लगायत अन्य अतिथिहरुले एकैसाथ अतीशबाजी गरेर समुदघाटन गरिएको थियो । शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि जे एन ज्ञवालीले हामी नेपालीहरु हंगकंग जस्तो ब्यापारिक ठाउमा भएकोले व्यपार व्यवसायमा लागि परेका छौं । हङकङमा बस्ने नेपालीहरुलाई ब्यापार व्यवसायका निम्ति कुनै समस्या भए र सहयोग चाहिएमा च्याम्बर अफ कमर्सलाई सम्झनाका लागि जानकारी गराएका थिए ।
अर्का अतिथि मंञ्चका संस्थापक अध्यक्ष हेमराज थापामगरले लुम्बिनी मञ्च हङकङको स्थापनाका काल देखि सस्थाको आवस्यकता र सस्थाले अहिले सम्म गर्दै आएको गतिबिधि बारेमा र सदस्यहरुलाई मञ्चले कसरी सहयोग गरिरहेको छ भन्ने सम्बन्धमा प्रकाश पारेका थिए ।
औपचारिक कार्यक्रमको अन्त्यमा सस्थालाइ स्थापना काल देखि हाल सम्म महत्वपुर्ण योगदान दिने व्यक्तित्वहरु उपाध्यक्ष दुर्ग बहादुर छेत्री, सह्कोसाध्य्क्ष ज्ञानेन्द्र थापा, पुर्व सचिव जीवन दर्लामी मगर, पुर्व कोसाध्यक्ष भविसरा गुरुङ, सदस्य सुरेश गलामी मगर र कलाकार सुश्री अनिसा थापा मगर लाइ खादाले सम्मान गरि प्रमुख अतिथि तथा अध्यक्षको हातबाट प्रसंशापत्र प्रदान गरिएको थियो ।
औपचारिक कार्यक्रम पश्चात मञ्चका पूर्व सचिव भरत थापाको सास्कृतिक कार्यक्रम सञ्चालनमा सस्थाका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।