गोविन्द घर्ति रुपन्देही
नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीले प्रहरी महानिरिक्षक कुवेरसिंह राना सहित ३ जनालाई आज एक कार्यक्रमका वीच अभिनन्दन गरेको छ । मगर समुदायबाट नेपाल प्रहरीको गरिमामय सर्वाेच्च पदमा पुगेको खुसीयालीमा राना सहित तीन जनालाई कदर–पत्रले अभिनन्दन गरेको हो । सो अवसरमा बोल्दै महानिरिक्षक कुवेरसिह रानाले मुलुकको शान्ति सुरक्षालाई अझ बढी चुस्त बनाउने प्रतिवद्धता व्यक्त गरेका छन । उहाले आफू नागरिकको सेवामा सदा तत्परता देखाउने बताउँदै मुलुकको शान्ति सुरक्षा चुस्त हुन नसक्दा सम्म नागरिकले शुरक्षाको प्रत्याभूति गर्न नपाउने औंल्याउँदै मुलुकको शान्ति शुरक्षा सढृत बनाउन लागि परेको दावी गर्नु भयो । उहाले देश राजनैतिक संक्रमण स्थितीबाट गुज्रेको अवस्थामा शान्ति सुरक्षामा चुनौती रहेको र यसलाई आफुले अवसरको रुपमा प्रयोग गर्ने बताउनु भयो । निरिक्षक रानाले मगर समुदायको अभिनन्दनले शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रण गर्ने काममा आफूलाई थप हौसला मिलेको बताउनु भयो । कार्यक्रममा प्रहरी महानिरिक्षक कृवेर सिं राना, बिज्ञान तथा प्रविधि क्षत्रबाट योगदान पु¥याए वापत बिज्ञान तथा प्रबिधि प्रतिष्ठानले २०६८÷०६९ मा युवा बैज्ञानिक पुरस्कारबाट पुरस्कृत गरेका ईञ्जिनीयर देवानसिंह थापा तथा ईकुपाटी जापानद्वारा आयोजित नृत्य प्रतियोगितामा उत्कृष्ट भएकी तेरीया फौजालाई संघका जिल्ला अध्यक्ष दल बहादुर विरकट्टाले अभिनन्दन गर्नु भएको थियो । नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष दलबहादुर बिरकट्टाको अध्यक्षतामा भएको कार्यक्रममा संघकी केन्द्रीय सदस्य मीना थापा, नेपाल आदीबासी जनजाती महासंघ रुपन्देहीका अध्यक्ष होमबहादुर गलामी, समाजसेवी बिमलबहादुर शाक्य लगातयले बोल्नु भएको थियो । संघका उपाध्यक्ष गीता सारुको स्वागत, कमल थापा र कमला पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।