दैविक बिपक्ती भन्दा चार गुणा बढी सवारी दुर्घटनामा नेपालीले ज्यान गुमाएका छन् : प्रहरी महानिरिक्षक राना

Read Time:3 Minute, 22 Second

देब पचभैया,पाल्पा

प्रहरी महानिरिक्षक कुवेरसिंग रानाले दैविक बिपक्तीमा भन्दा चौगुणा बढी सवारी दुर्घटनामा नेपालीहरुले ज्यान गुमाउनु परेको  बताउनुभएको छ । जिल्ला प्रहरीकार्यालय पाल्पा र श्रीनगर यातायात ब्यबशायी संघले आज बिहान तानसेनमा आयोजना गरेको चालक परिचय पोषाक बितरण कायक्रममा बोल्दै महानिरिक्षक रानाले राम्रो बाटोमा चिल्ला गाडी चल्ने तर जोखिम युतm बाटोमा झन तारले बाधेका थोत्रा गाडीहरु चल्ने भएकाले नेपालमा सवारी दुर्घटनाको जोखिम बढेको बताउनुभयो । गियर समेत नलाग्ने गाडी चलेका छन्,  उहाले भन्नुभयो “अबोध नेपाली यात्रुहरु परमधाम गएसरी यात्रा गर्न बाध्य छौ” ।

प्रहरी जनमैत्री, जनकेन्द्रित हुनको लागी आफुले गरेका काम तथा ब्यबहारलाई अरुले के भन्छन् भनेर सुन्नु पर्ने बताउदै उहाले प्रहरी माथि लागेका आरोप र आक्षेपलाई फेहरिस्त गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । मादक पदार्थ सेवन गरी सवारी चलाउनु अपराध भन्दै उहाले अबोध यात्रुको भबिश्यलाई हेरेर आफ्नो पेशालाई अगाडि बढाउन चालकहरुलाई आग्रह गर्नुभएको छ । निजि सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी चलाउनु आत्म हत्याको बाटो रोजे जस्तै हुने अनि ब्यवशायीक  चालकले मादक पदार्थ सेवन गरी सवारी चलाउनु हत्याराको बाटो रोज्नु जस्तै भएको उहाको भनाई छ । सवारी दुर्घटना न्युनिकरण गर्नको लागी प्रहरीले मात्रै केही गर्न नसक्ने भन्दै उहाले यात्रु, यातायात ब्यवशायी , सडक बिभाग सबैको उतिकै जिम्वेबारी रहेकोमा जोड दिनुभएको छ ।

कार्यक्रममा बोल्दै प्रहरी नायब महानिरिक्षक तथा पश्चिम क्षेत्रिय प्रहरी प्रमुख रमेश शेखर बज्राचार्यले पाल्पाबाट सुरु गरिएको चालक परिचय पोषाक कार्यक्रमलाई अरु जिल्लामा पनि लागु गराउनुपर्नेमा जोड दिनुभएको छ । हरेक चालकहरुले परिचय पत्र भिर्नुपर्ने र पोषाक पनि लगाउनु पर्ने बाध्यात्मक अबस्था सिर्जना भए दुर्घटना न्युनिकरणमना टेवा पुग्ने बताउनुभएको छ । कार्यक्रममा श्रीनगर यातायात ब्यवशायी संघमा आबद्ध सवारी चलाउने ५० बढी चालकहरुलाई सवारी चालक पोषाक बितरण गरिएको थियो । पाल्पाको दर्लमडाडाका हिजो बाट आयोजित महायज्ञको उद्घाटनको लागी पाल्पा आउनुभएका महानिरक्षक राना आजै काठमाण्डौ फर्किनुभएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %