छत्र मगर, आइचि जापन
जनवर १६, २०१३
म कुलले मगर, देशले नेपाली, बसाँईले जापानी भए पनि एक सचेत मानिस भन्न रुचाउँछु । यो अधो बैसे अझ केहि खाऔं लाऔं भन्ने उमेरमा पनि केहि अपवादहरले बिदेशको भूमिमा पनि नेपालको नकारात्मक पक्षहरुले जवरजस्ती होच्याउन जस्तो बिषेश प्रविधिले बेरिएको छलजाल युक्त शब्दहरू अन्तरह्रिदयबाट सुन्दा सानो छदाँ प्राथमिक बिधालयका हेडसरले साना बिधार्थीहरुलार्इ समय समय हसाँउने गरेको जोक याद आयो। ति हेडसर थरले तामाङ लामा थिए । उनले पनि आफ्नै काकाको छोरी पर्ने संग लभ परेपछि सुटुक्क दुबैले मात्र थाहा पाउने बिहे गरी दार्जिलिंगको समाजबाट अलिक पर मदेश झापा सरेका थिए । बोलाईमा प्रष्ट र मिलनसार भए पनि उनीहरू एकादुईलाई असर पारेर भए पनि धेरैलाई हसाउँने अचेत-जोक गर्न माहिर मानिन्थे । उनले आफ्नो अध्यापनको समय हामीलार्इ पनि त्यसै गरे ।
ल भन्, तँहरुलाई थाहा छ किन मगरलाई “लेडे” भनिन्छ ? उमेरले ८ देखि १० बर्ष साना नानीहरुलार्इ मगरको आचीको कुरा के थाहा ! आफ्नै आची तहँ लगाउँन नसक्ने उमेरका ति बच्चाहरुलार्इ मगरको आचीको कुराले हाँस त नउठ्नु पर्ने हो । तर कुरा रमाइलो दन्तेकथा पाराले भो ।
ति हेडसरले कथा अगाडि भने – पहिले एकजना पहाड गाउँका मगर खुबै आफ्नो घोडालाई आफ्नै गुडा जसरी माया गर्थे । उनी सधै घोडा चढेर नै हिडडुल गर्थे । एक दिन उनको घोडा एक्कासी हरायो । उनले घोडालाई नाम राखेका थिएनन् र भाषाको फरकले रंगरुपलको बयाँन गरेर उनले आफ्नो घोडा चिनाउन पनि सकेनन् । गाउँलेसंग उनले हात हल्लाउदै भने, “यटरो बुझो घाँस खाएर यटरो लेड हग्ने देुख्नुभएन?” गाउँलेलाई उनको त्यो कुरा बुँझ्न गाह्रो पर्यो । पछि उनले त्यो घोडा कहि कतैबाट खोजेर ल्याएर फेरी ति गाउँलेलाई देखाएर भने “लेडे” यहि हो । त्यस पछि गाउँलेहरुले त मगरलाई पो “लेडे” भन्न थाले रे । सबै केटाकेटीहरू गिलीली हाँस्न थाले ।
फेरी पनि यो लेडे भन्ने शब्दले मलाई कहिले काहि पछिबाट पच्छ्याउँने गर्यो । उमेर बढ्ने क्रममा यसलार्इ मैले अलिक भन्नै तरकाले हेर्न थाले । मैले बुझे ति घोडा हराउने मगरको घोडालाई होईन मगरजातिलाई लेडे भनि होच्याउँने जिस्काउँने गर्दा रहेछन् । कुनै सानो तिनो ब्यक्तिगत भिन्नतामा पनि यो शब्दले मगरलाई तिर हान्ने गरेको पाए। ए रातै ! ति घोडा हराउने मगर जस्तै अचेत छौ त हामी अहले पनि ?
मेरो जन्म २०० घरधुरी भन्दा बढि जोडिएका मगरका घरहरू भएको गाउँमा भएको थियो जुन पहिलेका बजारहरुमा पनि त्यति घरहरु बाक्लो पाउँन हम्मे पर्थ्यो । हजूरबाका जेठी श्रीमतिका सन्तान परेका हामी पछि त्यो बाक्लो मगर गाउँ भन्दा ५ कलोमिटर जति पर दुई धिमाल गाउँको बिचमा ५ घर जतिको सानो गाउँ बनाएर बस्न बाँध्य परेका थियौ । एक शताब्दी पछि बाहुन, क्षेत्री, नेवार, राई, लिम्वु आदि थरहरु पनि धमाधम त्यस इलाकामा बसोबास गर्न थाले । त्यहाँका मूल बासिन्दा भनेका धिमाल, थारू केहि मात्र राजवंशी नै हुन । मगर र माझी थरका मनिसहरु पनि सगै त्यहाँ धेरै पहिले वनजंगल हुदाँको समय देखि बसोवास गर्न थालेका थिए ।
धेरै थरका मानिसहरुको संगत पछि लेडे भन्ने शब्दलाई पनि क्रस तरिकाले बुझ्ने कोसिस गरे । धेरै धिमाल र केहि मंगोलियन थरका मानिसहरूले लेडे शब्द प्रयोग गरेर माथि प्राथमिक विधालयका हेडसरले भने झै हस्यौली जोगदार जिस्काउने मेलो पाए । म सानो छँदा मावली गाउँका तरुनी केटिहरुले जिस्काउने गरेको मेलोलाई संझे । साख्यै आफ्नो आमाको दाजु-भाईका छोरीहरुले मलाई पोई आए जस्तै गरी मुस्कान दिन्थे त कसैले भेना भनेर खेलाउँथे । त्यति मात्र कहाँ हुनु नि, मामा माईज्युले ज्वाँर्इ भनेर संम्बोधन गर्थे । आफ्नो बाउँलाई ठूलो ज्वाँई रे छोरालाई सानो ज्वाँर्इ । मगरको संस्कृतिमा मामाको छोरी भन्जाको पहिलो हक लाग्छ रे भनेर गाउँलेहरू भन्ने गर्थे । यहि कुरालाई पछ्याएर क्षेत्रीबाहुनहरु पनि मगरको पुच्छर हुदैन, यिनीहरु मावलीलाई ससुराली घर बनाउछन् । मगर लेडे हुन भनि अर्थ्याएको बुढापाकाबाट सुन्नमा आयो ।
मलाई माथिको दुबै कुराहरुले हिनता बोध गराएको हुनाले मावलीको तरूनीहरुलाई पनि जवरजस्ती बर्से र घोडा चढ्न छाडेर साईकल चढेर निम्न माध्यमिक विधालय जान थाले । मावली मास्न हुदैन र घोडा चिनाउँन नसक्ने मगर बन्नु हुदैन भन्ने हेक्का लिएर पढ्न थाले । गाउँको स्कूल सिध्याएर अलिक राम्ररीनै पढ्ने मनसायले काठमाडौंमा चिनेका साथीहरुसंगै बसेर काम गरेर पढ्न थालियो । मौकावश जोरपाटि अपांग संघ भित्रबाट संचालत पुनस्थापाना प्रोजेक्टमा काम गर्ने अवसर मिल्यो । त्यहाँ काम गर्दा पनि मगरहरुको संस्कृति विपरित हुने गरेको तथ्य थाहा भयो – रगत नजीकको सम्वन्धबाट जन्मेका सन्तानहरू भन्दा भिन्नै र टाढा रहको सम्बन्ध बाट जन्मेका सन्तानहरु बढि शाररिक र मानशिक रुपले शसक्त हुन्छन्। नजीकको सम्बन्धबाटका सन्तानहरु सुस्तमनस्थिति हुन सक्नाको साथै अन्य अपांगताको लक्ष्णहरूले पनि छोएको हुनसक्छ । यसकारणले पनि नजीकको सम्बन्धबाट सन्तान जन्माउन हुँदैन र मगरहरु मानसिक, स्वास्थ र सामाजिक रुपले लेडे हुनु हुदैन भन्ने तथ्य कुराले मलाई छाप पर्न गयो । नेपालको मुलुकी ऐन २०२० र पछिका संशोधन बिधेयकहरू अन्तर्गत बैवाहिक सम्बन्ध बारे बनेको कानूनले पनि हाडनाता पर्ने तीन पुस्ते नजीक सम्बन्ध भएकाहरू विच बैवाहिक सम्बन्ध कायम गर्नु गैर कानूनी भएको ठहर गरेको छ र जवरजस्ती गर्नेलाई कानूनी कारवाहीको व्यवस्था छ।
तर छुल्याहा, फटाहा र सानो तिनो मदभेदको कारणले मगरहरुलाई लेडे शब्दले पछाडीबाट होच्याउँने घोडाहरुलाई के भन्ने ? मैले भन्ने गरेको छु – उनीहरु ति मगरका घोडा नै हुन अर्थात पाल्तु जनवार जसको पुच्छर हुन्छ र घाँस खान नपाउँदा रिसाएर मुखलाई सिंग बनाएर नभेट्ने ठाउँबाट मालिकलाई गाली गरिरहेको छ, त लेडे होस मेरो त पुच्छर छ !
नोट: हामी सबैलाई लेडे शब्दले चेतना ल्याउन सकोस् भनि मेरो संस्मरण यहाँ प्रस्तुत गरेको छु – छत्र मगर।