रेडवुल लिगको उपाधि युथ युनियनलाई

Read Time:1 Minute, 33 Second

देब पचभैया पाल्पा,

माघ २, पाल्पा जिल्ला स्तरीय ‘रेडवुल लिग’ को उपाधि युथ युनियन तानसेनले आज हात पारेको छ ।  फाइनलमा कल्याण कोष समिति बसपार्कलाई १–० ले हराउदै उपाधि हात पारेको हो । खेल सुरु भएको पहिलो हाफमा कुनै टिमबाट गोल हुन नसकेपनि दोस्रो हाफको १० मिनेटमै युथ युनियनका श्याम आलेले हानेको गोल नै निर्णायक बनेको थियो । दुबै पक्षबाट निकै आक्रामक र रक्षात्मक खेल खेलेका थिए । तानसेनको टुंडिखेलस्थित धुले मैदानमा पानी राखेर खेलाइएको फाईनल खेल निकै रोमाञ्चक बनेको थियो । फाइनल हेर्न टुडिखेलमा सयौं दर्शकको उपस्थिति थियो ।

जिल्लाका १८ टिमको सहभागिता रहेको प्रतियोगिताको बिजयी तथा उपबिजयी टिमलाई बिजयी टिमलाई तानसेन नगरपालिकाका कार्यकारी अधिकृत निरन भट्टराई, चण्डीप्रसाद गणका गणपति मोहन क्ष्ँत्री, जिल्ला फुटबल संघका अध्यक्ष भिमसेन कार्कीले पुरस्कार, मेडल तथा प्रमाणपत्र बितरण गरेका थिए । खेल अवधिभर उत्कृष्ट खेलाडि सुमन मश्राङ्गी भएका छन् ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %