बाँकेको खजुरामा जारी दोश्रो क्लव स्तरीय रेडवुल फुटबल लिगमा शिवशक्ती युवा स्पोर्टस् क्लब रझेना विजयी

Read Time:1 Minute, 54 Second

दिपा अाले,

नेपालगन्ज २ माघ , बाँकेको खजुरामा जारी दोश्रो क्लव स्तरीय रेडवुल फुटबल लिगमा बिहानी युवा क्लब भैयापुर र शिवशक्ती युवा स्पोर्टस् क्लब रझेना विजयी भएका छन् । खजुराको डी गाउँ स्थित नेराप्रबिको खेल मैदानमा भएको पहिलो खेलमा बाँके युथ क्लब खजुरालाई दुई एक गोल अन्तरले पराजित गर्दै विहानी युवा क्लव विजयी भएको हो । विहानी युवा क्लवका लागी कृष्ण थापाले २३ र ५५ मिनेटमा गोल गरे भने पराजित टिमको लागी सर्वदल सार्कीले ४८ मिनेटमा एक मात्र गोल गरे l यस्तै आजै भएको दोश्रो खेलमा शिवशक्ती युवा स्पोर्टस् क्लब रझेना वाकओभरका आधारमा विजयी भएको छ ।  आत्मिय युवा क्लब चपरगौढी मैदानमा उपस्थित नभएपछि शिवशक्ति विजयी भएको बाँके जिल्ला फुटबल संकका अध्यक्ष प्रदेशसिंह राठौरले जानकारी दिनुभएको छ l यता बाँकेको नेपालगन्जमा जारी ३६ औ आईजीपी कप रनिङ शिल्ड फुटवल प्रतियोगिताको पहिलो खेलमा मध्यपश्चिम क्षेत्र सुर्खेत विजयी भएको छ । मध्यपश्चिमले मध्य क्षेत्र हेटौडालाई चार शुन्यको गोल अन्तरले पराजित गरेको हो । यस्तै दोश्रो खेलमा पुर्व क्षेत्र विराटनगर विजयी भएको छ । पश्चिम क्षेत्र पोखरालाई छ एक गोल अन्तरले पराजित गर्दै र पुर्व क्षेत्र बिजयी भएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %