देब पचभैया पाल्पा, माघ १
धार्मिक एवं पबित्र स्थल रुरु क्षेत्रमा आज देखि माघे सक्रान्ती मेला शुरु भएको छ । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सगंम स्थल कालिगण्डकीमा स्नान गर्ने र ऋषिश्वर देबताको दर्शन गर्न दर्शनार्थीहरुको रिडीमा विहानै देखि भिडभाड शुरु भएको छ । नेपालका चार धाम मध्यको रुरु क्षेत्रको काली गण्डकी स्नानका लागि गुल्मी, पाल्पा, स्याङजालगायत अर्घाखाँची, प्यूठान, रुपन्देही, पर्वत, वाग्लुङ्ग र सिमावर्ती भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् । माघ १ गते देखि ३ गते सम्म काली गण्डकीमा स्नान गर्ने र ऋषिश्वर देबताको दर्शन गरेमा मानिसले गरेका सम्पुर्ण पाप नास हुने जन बिश्वास रहेको पाईन्छ । रुरु क्षेत्रमा परापुर्बकाल देखी नै माघ ३ गते सम्म जेठी, माईली र कान्छी सक्रान्तीको रुपमा मेला लाग्ने गरेको छ ।
बराह पुराणका अनुसार भगवान इन्द«ले रिडीमा तपस्या गरेका ऋषिको तपस्या भंग गर्न पठाएकी अप्साराले जन्माएकी छोरीलाई रुरु मृगले दुध पिलाएर बचाएकोले उनलाई रुरु कन्या नाम राखियो र पुनः उनै बालिकाको तपस्याबाट त्यस क्ष्ँेत्रको नाम रुरु क्षेत्र रहन गएको किम्बदन्ती रहेको पाईन्छ । मेलामा स्थानिय उत्पादनहरु, रुकुम , रोल्पा, डोल्पाबाट उत्पादन गरी ल्याएका काम्लो, राडी, पाखी र बासबाट उत्पादित बिभिन्न किसिमका डाला, सुपा, पाथी, काइयो लगायतका घरेलु सरसमान बिक्रीको लागी ल्याएको छ ।
रुरु मेलाको अबसरमा रुरु क्षेत्र विकास समितिले आयोजना गर्ने कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारको लोक सास्कृतिक कार्यक्र रहने छ । यता पाल्पाको राम्दी, केलादी, लगायतका स्थानमा पनि कालिगण्डकी नदीमा स्नान गर्नेहरुको भिडभाड लाग्ने गरेको छ ।
हरेक वर्षको माघे सक्रान्तिदेखि तीन दिनसम्म लाग्ने मेलामा यस वर्ष राष्ट्रपति डा. रामवरण यादवले पनि भ्रमण गर्ने भएपछि सुरक्षा व्यवस्था र मेलाको तयारी तिव्र पारिएको हो । मेलामा राष्ट्रपति रामबरण यादवको सुरक्षाका लागि विशेष तालिम प्राप्त नेपाली सेनाको टोली, सशस्त्र प्रहरीको टोली, नेपाल प्रहरीको टोली रिडीमा परिचालन गरिएको छ । रिडी मेलाको पहिलो दिन माघ १ गते राष्ट्रपति डा. यादव हेलिकप्टरमार्फत दिउँसो साढे १२ वजे रिडीमा आउनुहुने र कालीगण्डकी स्नान, ऋषिकेश मन्दिरको दर्शन र रुरु क्षेत्रको महत्वका वारेमा जानकारी लिने गरी झण्डै २ घण्टा रहनुहुने बताईएको छ ।
अघिल्ला बर्षहरुमा जस्तै यस बर्ष रुरु क्षेत्रको थप विकास तथा प्रचार प्रसार गर्ने उद्देश्यका साथ माघे सक्रान्ति मेला गर्न लागिएको हो । मेलाको अवसरमा रुरु क्षेत्र सरसफाई, सडक मर्मत लगायतका बिभिन्न कामहरु सम्पन्न भएका छन । मेलामा कृषि प्रदशनी, लगायत घरेलु उत्पादनहरुलाई प्रोत्साहन दिने बताइएको छ । यस माघे सक्रान्ति रिडी मेलामा आर्थिक कारोवार भन्दा पनि रुरु क्षेत्रको विकास तथा प्रचार प्रसार गर्ने मुख्य उद्देश्य रहेको मेला मुल आयोजक समितिले जनाएको छ । यस बर्ष अघिल्ला बर्षहरुको तुलनामा मेला फरक र आर्कषण हुने आयोजकले दावी गरेको छ । मेलाको आकर्षणका रुपमा यस पटक गुल्मीको रुद्रबेणीदेखि रिडीसम्म कालीगण्डकीमा ¥यापटिङ्ग संचालन गरिने भएको छ । चार धाम मध्येको एक धामको रुपमा परिचित यस रुरु क्षेत्र काली गण्डकीमा स्नान गर्न तथा पुजाआजा गर्न माघे संक्रान्तिको अवसरमा देश तथा बिदेशबाट समेत श्रद्धालु भक्तजनहरुको बाक्लो उपस्थिति हुने गर्दछ । धार्मिक मेलामा कुनै पनि खालका घटनाहरु हुन नदिन तथा शान्त बातावरणमा सम्पन्न गर्नका लागि जिल्ला प्रहरी कार्यालय गुल्मी र पाल्पाले सुरक्षा व्यवस्थामा कडाई गरेको छ । रिडी माघे संक्रान्ति मेला माघ १ गते जेठी, २ गते माइली र ३ गते कान्छी गरि ३ दिनसम्म चल्ने जनाइएको छ । मेलामा स्थानीय घरेलु सामाग्रीहरु राडी पाखी, काम्लो, डोको, सुपा लगायतका लागि समेत प्रख्यात मानिन्छ । मेलाको अबसरमा पाल्पा र गुल्मी क्षेत्रमा सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।