देब पचभैया पाल्पा, पौष २९
२५ लाख लोन लिने बिषयमा बिबाद हुदा तानसेन, ११ पाल्पाका २५ बर्षिय सुदीप कोईरालाको आफ्नै भाई २३ बर्षिय सुजनको योजनामा हत्या भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले आज बिहान हत्यामा संलग्न ३ जनालाई सार्बजनिक गर्दे दाजुको नाउमा २५ लाख लोन लिने बिषयमा बिबाद हुदा भाईकै योजनामा दाजुको हत्या भएको जानकारी दिएको छ । सुदिप कोईलाको गत २३ गते राती ९ बजे आफ्नै घरमा हत्या भएको थियो । उनको शब हिजो मात्रै सिद्धार्थ राजमार्गको चर्चरे र केराबारीको बिचमा पर्ने भिरमा फालिएको अबस्थामा फेला परेको थियो । सुदिप कोईरालाको हत्यामा नेपाली सेनाका बहालवाला सिपाही पछि छन् । सुदिपका भाई सुजनले २ लाख दिने शर्तमा उनलाई दाई मार्न लगाएको प्रहरीले जानकारी दिएको छ । हत्यामा संलग्न दैलेख चौराह गाबिस वडा नं २ बस्ने बर्ष २८ का कालु चन्द नेपाली सेनाका बहालवाला सिपाही रहेको प्रहरीले जानकारी दिएको हो । तर उनी कार्यरत स्थान भने प्रहरीले बताएको छैन । हत्याराहरुले प्रयोग गरेको ट्याक्सी चालक सपही गाबिस ८ बाराका ३२ बर्षिय त्रेता चौधरीलाई पनि प्रहरीले शार्बजनिक गरेको छ । उनलाई सुदिप र कालु चन्दले बुटवल बाट पाल्पामा पार्टी खान जानु छ भन्दै ३५ सयमा गाडी रिर्जब गरी पाल्पा ल्याएका थिए । बुटवलमा पसल गरी बस्ने सुजन संग सेनाका सिपाही कालु चन्दको भेटघाट र परिचय भएको बताईएको छ । आफ्नो दाजु सुदिपलाई मारे पसलमा पनि सेय दिने र २ लाखमा थप १ लाख थपिदिने सहमतिमा कालु चन्द सुदिपको हत्या गर्न सहमत भएका थिए । सुदिपलाई हत्या गर्नु भन्दा पहिले पनि कालुचन्द मोटरसाईकल लिएर उनको घरमा आएका थिए । प्रहरीले उनले प्रयोग गरेको मोटरसाईकल पनि पक्राउ गरेको छ । तर त्यसदिन असफल भएपछि सुदिपको भाई सुजन र उनी फेरी २३ गते ट्याक्सी रिर्जब गरेर पाल्पा आएका थिए । प्रहरीले दिएको जानकारी अनुसार २३ गते साझ ९ बजे घरमा आएका सुजनले नै दाई लाई ३ पटक सुदिप भनेर बोलाएको र सुदिपले ढोका खोलेर भित्र आउन भनेपछि उनीहरुले उनको घाटी थिचेर हत्या गरेका थिए । त्यती बेला सुदिप रक्सीको मातमा रहेको बताईएको छ । उनको त्यति बेलै ज्यान गएपनि कालु चन्दले सास बाकी रहेको भन्दै सुदिपको घाटीमा चक्कु हानेका थिए । सुदिपको हत्या पछि उनीहरुले ट्याक्सीमा राखेर लासलाई बिस्तारामै पोको पारेर कालो पलास्टीकले छोपेर बोरामा बाधी बुटवल पाल्पाको सडक खण्ड केराबारी र चर्चरेको बिचमा पर्ने भिर बाट फालिदिएका थिए । प्रहरीका अनुसार घरायसी बिबादकै बिचमा सुजन कोईरालाले २ महिना बिहे गरेका थिए । सिद्धार्थ रागमार्गको प्रभासदेखि तीन किलोमिटर टाढा रहेको उनको घर नजिकै चौरमा उनी हराएको पछिल्लो दिन रगतको धब्बासमेत भेटिएको थियो । सुदिपको बाबु आमाले आफुहरु सुतेको बेला मध्यरातमा बाहिर बाट सुदिप भन्दै कसैले बोलाएको र सुदिप कोठा बाट निश्किएको बताउनुभएको थियो । साथीहरुले बोलाएका होलान भन्दै आफुहरुले वास्ता नगरेको उनीहरुले बताएका थिए । हत्यामा संलग्न सुजनले आफ्नो दाईको अपहरण भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा आएर जाहेरी समेत दिएका थिए । सुजन र जेठा दाजु बुटवलमा व्यापार व्यवसाय गरि बस्ने र हत्या भएका सुदीप बिदेशमा जाने आउने गरेका थिए । सुदिप यही पौष महिनामा दुबै जाने तयारीमा थिए ।