आम्भु जेठा,
हङकङ, १० जनवरी , नेपालको पुर्व लिम्बुवानको विभिन्न स्थानमा आफ्नो स्थाइ वसोवास भइ रोजगारीको शिलसिलामा हङकङमा वासोवास गर्ने लिङदेन सयङ हङकङले वुधवार साँझ जोर्डन स्थित कौलन करी हाउसमा पारिवारिक भेटघाट आयोजना गरेको छ । मञ्च सम्वद्घ संघिय लिम्बुवान राज्य परिषदका केन्द्रिय अध्यक्ष कुमार लिङदेनको प्रमुख अतिथिमा उक्त भेला सम्पन्न भएको थियो । अध्यक्ष मिराकले कार्यक्रममा महागुरु फाल्गुनन्दको स्मरण गराउदै आफ्नो राजनैतिक कार्यक्रमको वारेमा जानकारी गराउनु भयो । लिम्बुवानको लडाइ अन्तिम–अन्तिम अवस्थामा पुगेको भन्दै आफ्नो घाटि छिनेर जाओस तर लिङदेन परिवारवाट लिम्बुवान आन्दोलनलाई झुक्न नदिने सयङमा अध्यक्ष लिङदेनले प्रतिवद्घता व्यक्त गर्नु भयो । अध्यक्ष लिङदेनले एमालेको मिटिङ काङग्रेसको कार्यालयमा हुने गरेकोले संघियवादि, लिम्बुवानवादिहरुले गंभिर भएर सोच्नु पर्ने वताउनु भयो । लिम्बुवान ल्याउन एक–दुई जना मात्र लागेर नहुने भएकोले सवै दाजु–भाईहरु उत्साहित हुँदै लागि पर्नु पर्ने वताउनु भयो । लिम्बुवानको अन्तिम लडाइको लागि आफ्नो दाजु–भाई लगायत सबै लिम्बुवानवासीहरु एकजुट हुनु पर्ने उहाँको भनाइ थियो । अध्यक्ष लिङदेन आफ्नो राजनैतिक भ्रमणको क्रममा कोरिया हुदै हङकङ आउनु भएको अवसरमा भेटघाट कार्यक्रमको आयोजना यहाँको लिङदेन सयङले गरेका थियो । सयङको भेलामा हङकङमा रहेका केहि लिङदेन वन्धुहरु र लिङदेनका छोरी–चेली, भाना–भान्जा, तथा मञ्च संम्बद्घ संघिय लिम्बुवान राज्य परिषद प्रवास समितिका अध्यक्ष विष्णु इङनाम, समितिका आइलेण्ड अध्यक्ष कुमार लिम्बु, लगायत अन्य तुम्याहाङहरुको समेत उपस्थित रहेको थियो । भेटघाट कार्यक्रममा सयङको अध्यक्ष कमल लिङदेन, सल्लाहकार सरेन्द्र लिङदेन र तारासिं लिङदेन, सदस्य भुवन लिङदेन, उपाध्यक्ष रविन लिङदेन, सचिव झरमान लिङदेनले आ–आफ्नो भनाई राख्नु भएको थियो । अन्तयमा, हङकङवासी लिङदेनहरुमा लिम्बुवानको वारेमा गंभिर छलफल भएको अध्यक्ष कुमार लिङदेन मिराकको भनाइ थियो ।