आज महासागरमा एक मुठी भए पनि बालुवा मिसाउने अवसर जुरेकोले जीवनको पहिलो चोटी आत्मा शान्ति र सन्तुष्टि मिलेको महसुस गरेकी छु | अर्थात आज बल्ल म आफु जन्मनु र जिउनुको पहिलो स्वाद चाख्नु पाएको छु |खै किन हो ? आघिनै दखि मेरो आँखामा त इन्द्रेणी लागेको छ | आँशु कुन्ज किताब बेचिदिने र किनिदिने सम्पूर्ण सबैलाई हार्दिक हार्दिक धन्यवाद दिदै हृदय देखि कृतज्ञ जाहेर गर्दछु | साहित्यकार छक्कु उदासीले दिल शोभा श्रेष्ठले सञ्चालन गरेक आमा घरु लाई सहयोग गरेकी छन्। वैदेशिक रोजगारीको शिलसिलामा जापानको तोसिमाकुमा रहेकी छक्कुले आफ्नो लघु संग्रह आँशु कुञ्जु किताब बिक्रीबाट संकलित ५० हजार रुपैयाँ आमा घरु लाई सहयोग गरेकी हुन् । छक्कुले जापानबाट पठाएको उक्त रकम युएई मगर संघका अध्यक्ष नुनप्रसाद सोमैमगर, नेपाल मगर संघका उपाध्यक्ष श्याममाया पुनमगर र नेपाल मगर विद्यार्थी संघका अध्यक्ष रेणुका काउछामगरले आज काठमाडौंको सोल्टी मोडमा रहेको आमा घरु मा पुगेर हस्तान्तरण गरे। साहित्यकार छक्कुले पठाएको रकम बुझ्दै आमा घरु संचालन गर्दै आएकी दिलशोभा श्रेष्ठले विदेशमै रहेर पनि अरुमार्फत सहयोग पठाएकोमा खुसी व्यक्त गरिन्। सहयोग पठाउने बहिनी छक्कु उदासी लाई मैले नदेखे पनि उहाँको सँधै प्रगतिहोस् दिलशोभाले भनिन् आफू नआए पनि सहयोग गर्नु भएकोमा धन्यवाद दिन्छु।
