जनजाति महासंघ जनगणनामा जुट्दै

Read Time:1 Minute, 48 Second

राष्ट्रिय जनगणना २०६८ को नतिजा अविश्वसनीय भएको भन्दै नेपाल आदिवासी जनजाति महासंघले जनगणनाको नमूना सर्वेक्षण गर्ने भएको छ ।
जनगणनामा आदिवसी जनजातिको संख्या आश्चर्यजनक रुपले घटेको र केही जाति सूचिबाटै हटेको भन्दै महासंघले जनगणनाको सर्वेक्षण गर्ने बताएको हो । राजधानीमा हालै आयोजित कार्यक्रममा महासंघका महासचिव आङकाजी शेर्पाले देश भरिबाट हिमाल पहाड तराईका ९ वटा गाविसमा नमूना सर्वेक्षण गर्ने र त्यसमा जाति भाषा धर्म समूह सहित गाविसको कूल जनसंख्या लगत लिइने बताए । नमूना तथ्याङक र तथ्याङक विभागको तथ्याङक बीच ३ प्रतिशत भन्दा बढी अन्तर पाइए त्यसलाई अस्वीकार गर्ने साथै अरु थप नौ गाविसमा पनि नमूना सर्वेक्षण गर्ने महासंघले बताएको छ । नमूना सर्वेक्षणको लागि एक गाविसका लागि ६० हजार रुपैयाँ खर्च लाग्ने त्यसको व्यवस्था दातृ निकायबाट गर्ने समेत महासंघले बताएको छ । २०५८ सालको जनगणनामा जनजातिको प्रतिशत ३७ दशमलव २१ रहेकोमा अहिले त्यो घटेर ३५ दशमलब ८१ मा पुगेको साथै थुनाम, सुरेल, बनकरिया, लार्के, बाह्रगाउँले, ताङबे, मुगाल, तीनगाउँले, थकाली, मार्फाली, छैरतन लगायतको जातिको सूचि नै हटेकोमा महासंघले  विरोध गरेको छ ।
राज्यसत्ता नेपाल व्युरो

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %