ब्रिटेन मानव अधिकारका पालन कर्ता हुन् त ?

Read Time:17 Minute, 49 Second

माओवादी सशस्त्र द्धन्द्ध कालमा युद्ध अपराध गरेको अभियोग लगाउदै नेपाली सेनाका महासेनानी कुमार लामालाई बेलायत सरकारद्धारा पक्राउ गरिएको समाचारले नेपाली जनता एवं नेपाल सरकार स्तब्ध भएको छ । विना आधार तथा नेपाल सरकार समेतलाई जानकारी नदिइ महासेनानी लामालाई पक्राउ गरेकोमा सार्व भौम मुलुकको क्षेत्र अधिकार मिचेको भन्दै महासेनानी लामालाई तत्काल रिहा गर्न परराष्ट्र मन्त्रालयका निमित्त सचिव अर्जुन बहादुर थापाद्धारा नेपाल स्थित बेलायती राजदूत टक्नटलाई विरोध पत्र बुझाएका छन् । नेपाली काँगे्रस, एमाले, माओवादी पाटीद्धारा महासेनानी लामाको गिरफ्तारी प्रति तिव्र आक्रोश प्रकट गरेका छन् भने मधेशवादी पाटीले पूर्ण रुपमा मौनताको साधेका छन् । नेपाल सरकार को आक्रोश र विरोध भएतापनि लण्डन स्थित म्याजिष्ट्रेड कोर्टले लामालाई पूर्पाक्षका लागि थप बीस दिन थुनामा राखि अनुसन्धान गर्ने आदेश दिएको छ । मानव अधिकारका प्रमुख उल्लंघन कर्ता देश मध्यका ब्रिटेन द्धारा आत्मा शासनको बिगतको इतिहासको पुनरावलोकन गर्न अत्यन्त जरुरी छ, विश्वमा ब्रिटेन द्धारा आफ्ना अति महत्वाकांक्षी आकांक्षा रुपी उपनिवेश निर्माण गर्ने क्रममा सबैभन्दा बढी मानव अधिकारको उल्लंघन तथा युद्ध बन्दी प्रति निर्मम व्यवहार एवं प्रतानित गरी हत्या गर्ने देश मध्येमा ब्रिटेन अग्रणि देशमा पर्दछ, सबैभन्दा बढी मानव अधिकार उल्लंघन गर्ने देश ब्रिटेनले मानव अधिकारको पालन कर्ता हुँ भनी भन्न कसरी सुहाउँछ ?
ब्रिटेनको बिगतको तात्कालिन ईतिहासलाई केलाउँदा त्यहाँ जस्तो अमानुषिक एवं पाशविक दण्ड सजायको प्रावधान विश्वको कुनै देशमा थिएन, साधारण अपराधीलाई समेत कोर्राले पिट्नु, पत्नीले भोजन बनाउन ढिलो गरे पति द्धारा पत्नीलाई कोर्राले पिट्ने अधिकार, राजनीतिक अपराधीलाई काठको शिकाँजामा कसि ढुङ्गा प्हार गरी गरिने हत्या, मानव लाई पशु भाँति शिकार गर्ने एवं दाश बनाउने देश ब्रिटेनले पुरातन युग जस्तै अर्का देशका नागरिकलाई आफ्ना उपनिबेशका जनता जस्तै गरि दण्डित गर्ने प्रयास घोर निन्दनिय छ । इतिहास साक्षि छ ब्रिटेन द्धारा नेपालका छिमेकी राष्ट्र भारत वर्षमा ईष्ट ईण्डिया कम्पनीको रुपमा प्रवेश ग¥यो, तात्कालीन बंगाललाई आफ्नो अधिपत्यमा ल्याउन लर्ड क्लाइभद्धारा कुटिलता पूर्वक बंगालका तत्कालिन नबाव शिराजुदौलाका सेनापति मिरजाफार लाई प्रलोभनमा पारी षडयन्त्र पूर्वक पलाशी को युद्ध जित्न सफल भए, शिराजुदौलालाई युद्ध बन्दीको रुपमा कठोर कराबास दिनुका सट्टा खुलेआम शिराजुदौलाको तरवार द्धारा टाउको काटेर हत्या गरियो, आफ्नो शासन सत्ताको पकड मजबुत गर्न जनतामा आतंकको श्रृजना एवं अंग्रृेज अधिनता को विरोध गर्नेलाई क्रुर तरिकाले हत्या गरियो । लर्ड क्लाइभ पश्चात् आएका वारेन हेस्टिङ द्धारा आफ्नो कार्यकालमा धँक्याएर विभिन्न उपहार तथा मिरजाफरको श्रीमति मुन्निबेगम संग ३,५४,१०५ रुपैयाँ लिएको भन्ने काउन्सिल समक्ष अभियोग लगाउने नन्द कुमारलाई घरबाट बञ्चित र नन्द कुमारको शत्रु मोहन प्रसादको  प्रयोग गरि मइ १७७५ इं. विं मा जालसाजि अभियोग लगाई वारेन हेस्टिङद्धारा आफ्ना मित्र सर एलिजा एम्पी (तात्कालिन मुख्य न्यायधिश) लाई प्रभावमा पारी मृत्यु दण्डको सजाय दिलाए । इंग्लाण्डका सुप्रसिद्ध इतिहासबक्ता वर्क र मेकाले स्विकार गरेका छन् एलिजा एम्पी र हेस्टिङले मिलेर नन्द कुमार विरुद्ध घोर अन्याय गरेका हुन् । सुप्रिम कोर्ट स्थापना हुनु भन्दा अगाडि अर्थात् १७७० मा गरिएको भनि लगाइएको नन्द कुमार विरुद्द गरिएको लगाइएको जालसाजीको आरोप तात्कालिन न्यायालय द्धारा मुद्दात्तय गर्ने अधिकार नै थिएन भने बंगालमा जाल साजी मुद्दामा दण्ड स्वरुप फाँसी सजायको प्रबवधान नै थिएन, दुर्भाग्य भनौ वा भाग्यको खेल लर्ड क्लाइभले जालसाजी पूर्वक बंगालमा अंग्रेजी सत्ताको जग स्थापित गरे बापत सम्पति, वैभव र प्रतिष्ठा प्राप्त गरे । तर लर्ड हेस्टिङद्धारा गरिएको जालसाजीको प्रमाणित आरोप लगाउने नन्द कुमारले मृत्यु दण्ड प्राप्त गरे ? वारेन हेस्टिङद्धारा गरिएको लुटको इतिहासले ब्रिटेन मानव अधिकार उल्लंघन गर्ने पराकाष्ठको देशमा गनिन्छ । हेस्टिङद्धारा गरिएको लुटको शिलशिला र महत्वाकांक्षा अंग्रेजी शासन व्यवस्थाको कलांकित इतिहास हो । अवध पतन पश्चात् नवाव हरुको बेगम महलको घेरा बन्दी गरी जर्वजस्ती जेवर, सुन, चाँदी को माग गर्नु र दिन आनाकानी गर्नेलाई भोग भोकै मृत्यु वरण गर्न लगाउनु, नोकरहरुलाई समेत चरम यातना दिइयो । अवध नवावको बेगम हरबाट मात्रै वारेन हेस्टिङ द्धारा लुट गरिएको सम्पतिको मूल्य तात्कालिन हिसावमा लगभग १करोड २० लाख अन्दाज गरिएको छ । नाला पानीको गोरखा अंग्रेज युद्धमा साधारण शस्त्र धारी नेपाली सैन्य टुकडी को खानेपानीको मुहान बन्द गरिदिनु ठुल्ठुला तोपको गोला प्रहार गर्नु यूद्ध आचार संहिता विरुद्ध कार्य अंग्रेज सरकारले गरेका कुरा प्रति किंचित पनि लज्जा बोध नभएको प्रतित हुन्छ ।
 आफ्नो भुमिमा कुटिलता पूर्वक शासन स्थापित गर्ने अंग्रेजी शासन विरुद्ध उत्रेका भारतीय स्वतन्त्रता सेनानी सीपाहि मंगल पाण्डेलाई खुलेआम फाँसी दिनु, अंग्रेज विरुद्ध स्वतन्त्रताको विगुल फूक्ने खुदिराम बोश, सूर्य सेन, भगत सिंह, चन्द्र शेखर आजाद, राम प्रसाद बिस्मिल जस्ता हजारौं लाई फँसि दिने र मानव अधिकार विरुद्धको आचरणको पराकाष्ठ नाग्ने ब्रिटेन सरकारले नेपालको जनयुद्ध अवस्थामा जानी वा नजानी भएको युद्ध अपराध गर्नेलाई दण्ड सजाय दिनु कुन हिसावले मिल्छ , यदि मिल्छ भने ब्रिटेन सरकारलाई प्रश्न छ, लर्ड क्लाइभ, वारेन हेस्टिङले गरेको अपराध क्षमालायक थियो त ? ब्रिटेन सरकारले लर्ड क्लाइभ र वारेन हेस्टिङजस्ता पात्रलाई किन सम्मानको दर्जा प्रदान गरे? प्रसंग नेपाल तर्फ फर्कदा प्रथम, द्धितिय विश्व युद्धमा अंग्रेजी शासन पक्ष बाट युद्ध लडेका गोरखा अहिले पनि अंग्रेजी सेनामा दोयम दर्जाको नागरिक को रुपमा गणना गरिन्छन् किन ? वर्षौं सम्म एकै तहमा कार्य गरेका गोरखा र अंग्रेज सिपाहीको तलब र पेन्शनमा भिन्नता किन ? प्रथम, द्धितिय विश्व युद्धमा ब्रिटेनको पक्ष बाट होमिएका बेपत्ता गोरखा सैनिक कहाँ छन्, कुन युद्ध मोर्चामा विलिन भए त्यसको लेखाजोखा र ति परिवारको पिडा बुझ्ने तथा जान्ने प्रयास किन गरिएन के यो मानव अधिकारको उल्लंघन होइन र ? १८५७ मा भएको भारतीय सिपाही विद्रोह को समय नै अंग्रेजी शासन व्यवस्थाको भारत बाट अन्त्य हुने थियो तर हाम्रा तत्कालीन राणा शासनद्धारा पठाइएका इमान्दार सोझा गोरखा सिपाहिको बाहुबल, निर्भयता पूर्वक देखाइएको साहस एवं बलिदानले गर्दा भारतमा अंग्रेजी शासन व्यवस्था १९४७ सम्म टिक्न पायो । १८५७ को सिपाही विद्रोहको दमन गर्न प्रयोग भएका गोरखा सैनिकलाई लुट र दमन गर्न कसले प्रोत्साहित गरे । लखनउ सेक्रेटियटमा अहिले पनि लखनउ लुटमा गोरखा सैनिकद्धारा गरिएको अभिलेख कलंकको रुपमा विद्यमान छ । अंग्रेजी शासन व्यवस्थालाई सहयोग गरे बापत गोरखा समुदाय कलंकित भए के त्यसको क्षति पूर्ति स्वरुप अंग्रेजी सरकार द्धारा महा सेनानी कुमार लामालाई मानवताको उल्लंघन गरीएकोमा समातिएको हो त ?
 भारत इतिहासमा कलंकित जालीयवाला बाग हत्या काण्डमा गोरखा सैनिकको नेतृत्व गर्दै जनरल डायरद्धारा अहिंसा पूर्वक आन्दोलन गरिरहेका आन्दोलनकारी माथि निर्दयता पूर्वक अन्धाधुन्ध गोली चलाउने आदेश दिएर गोरखा जातिलाई भारतीय इतिहासमा कलंकित बनाइयो के त्यो मानव अधिकारको हनन होइन? जालिय वाला हत्या काण्डका नायक जनरल डायरलाई अंग्रेज सरकारले किन दण्डित गर्न सकेन, जनरल डायर जस्ता क्रुर हत्यारालाई युवा उधम सिंहले आफ्नो ज्यानको पर्वाह नगरि लण्डनमा किन हत्या गर्नु परयो, अंग्रेज सरकारको मा यसको जवाफ छ त ? मानव अधिकार उल्लंघन कर्ता ब्रिटेन सरकारले इतिहासमा ब्रिटेनद्धारा गरिएको गम्भिर मानव अधिकारका उल्लंघन गरिएको मा विश्व जनमत सामू क्षमा माग्नु पर्दछ ? न्याय परिपालन गर्ने भन्ने देश ब्रिटेनले अभियोग सावित नभएका मात्र उजुरीको आधारमा  नेपाल सरकार संग विना सोधपुछ अन्याय पूर्वक महा सेनानी लामालाई पक्राउ गरिएको अति निन्दनिय एवं अहिले पनि नेपालजस्ता साना र अविकसित देश प्रति गरिएको अमानविय व्यवहार घोर मानव अधिकारको हनन हो ।  

ब्रिटेनले जर्बजस्ती को फकल्याण्ड द्धिपमा अहिलेसम्म पनि आफ्नो अधिकार कायम राखेको छ, अर्जेन्टिनाले आफ्नो भू–भाग फकल्याण्ड, द्विप लिने प्रयास गर्दा ब्रिटिश गोरर्खा  सैनिक प्रयोग गरी पुनः आफ्नो कब्जा लिई अधिनमा राखेको कुरा धेरै वर्ष पुरानो होइन । फकल्याण्ड युद्धमा पनि अर्जेन्टिना द्वारा भाडाका गोरर्खा सैनिको प्रयोग गरियो भनी राष्ट्र संंघमा कडा रुपले बिरोध प्रकट गरेका थिए । फकल्याण्ड युद्धमा विजय पताका ब्रिटेनको फहरयो तर गोरर्खा सैनिक कलंकित भए । के यो मानव अधिकारको हनन् होइन ? नेपालमा जनयुद्ध दौरान सरकारको तर्फबाट वा माओवादीको तर्फबाट जानी वा नजानी गरिएको युद्ध अपराध अमानवीय व्यवहार हुने, के मानव अधिकारको निरन्तर रुपमा उल्लघन गर्ने ब्रिटेन सरकार मानव अधिकारको पालनहार हुँ भन्दा सुहाउँछ  । ब्रिटेन द्वारा महा सेनानी कुमार लामालाई पक्राउ गर्नु भनेको ब्रिटेन अहिले पनि पुरातन धङधङीबाट मुक्त हुन नसकेको प्रतीत हुन्छ । महासेनानी कुमार लामा द्वारा गरिएको अपराधले निश्चित रुपमा क्षमादान पाउनु हुदैन तर ब्रिटेन सरकारको न्याय प्रणाली र कानुनबाट होइन महासेनानी लामालाई नेपालको न्याय प्रणालीबाट घोषित हुने प्रावधान अनुसार दण्ड भागेदार हुनुपर्दछ ।
नेपाली कांग्रेस, एमाले द्वारा महासेनानी लामाको पक्राउ प्रति आक्रोश प्रकरण गरेकोमा धेरै धेरै धन्यवाद छ । महासेनानी लामाको गिरफ्तारी प्रति माओवादी कठोर रुपमा प्रस्तुत हुनु कहि नेपाली सेनालाई ब्रिटेन द्वारा कार्यवाही गरियो भनी युद्ध अपराधको दोषमा माओवादी सदस्यहरुलाई पनि इंग्ल्याण्ड लगायत यूरोपीय देशमा गिरफतारी हुने आशंकाको भयले गर्दा आक्राशित भएका त होइनन् ? महाशेनानी लामाको गिरफ्तारीको सन्दर्भमा मधेशवादी दलको मौनताको कारण निर्दयता पूर्वक गौर, कपिलवस्तु, हत्या काण्डमा निहत्थालाई घेरी घेरी, छानी छानी घर भित्र समेत लुकेका निरिह व्यक्तिको हत्याको प्रंशग पनि उठ्ने देखेर त्रसित भई चुप्पीसाधेका त हाइनन् ? युद्ध अपराध गर्ने कसैले पनि क्षमा पाउनु हुदैन । महासेनानी लामाले पनि युद्ध अपराध गरेको हो भने त्यसको दण्ड सजाय पाउँनु पर्दछ । न्याय सबैको लागि बराबर भएको हुनाले माओवादी मधेशवादी द्वारा पनि गरिएको अपराधको दण्ड पनि अवश्य पाउनु पर्दछ भने आम जनताको बुझाई छ । महासेनानी लामाको गिरफतारीले आदिवासी जनजाती महासंघ विदेशी दातृ संस्थाको इशारामा चल्ने चर्चामा सत्यता झल्केको छ । देशको सार्वभौमतालाई व्रिटेन द्वारा चुनौती दिदै सेनाका आदिवाशीलाई चयन गरिएको विरुद्ध आदिवाशी संघसंस्था, खासगरी तामाङ घेदुङसंघको मौनताले आदिवाशी संघसंस्था विदेशी इशारामा कार्य गर्ने कुराको सतप्रतिशत पुष्टि भएको छ । महासेनानी लामाको गिरफतारी सामान्य गिरफतारी नभई ब्रिटेन सरकार द्वारा नेपालको सार्वभौमतालाई दिएका खुला चुनौती हो । ब्रिटेन सरकारले महासेनानी लामालाई अविलम्ब रिहा गर्नु पर्दछ । नेपाली जनता र नेपाली सरकारले यदि महासेनानी लामालाई मुक्त गराउन नसके भोलिका दिन विश्वका धेरै देशमा नेपाली प्रवेशमा प्रतिबन्ध हुनसक्ने पूर्व तैयारीको रुपमा लिन जरुरी छ ।

अमर दिप मोक्तान
डाँडाखर्क, दोलखा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %