हंगकंग, ६ जनवरी, लमजुड जिल्लामा रहेको दोर्दी खोलाबाट जल विद्यत उत्पादन गर्न लागिएको सुपर दोर्दी हाइड्रोपावर प्रोजेक्ट ‘ख’ को याक एण्ड यती रेष्टुरेण्ट जोर्डनमा जानकारी सभा सम्पन्न भएको छ । हंगकंग संयोजक नरहाङ राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि तथा वक्ता मर्चेन्ट इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष धर्म ध्वज पराजुली रहेका थिए । किसन राईले कार्यक्रम संचालन गरेका थिए l कुल ७ अर्व ८७ करोड लगानी गरी ३ देखि ५ बर्षसम्ममा निर्माण कार्य पुरा हुने र ४९.६ मेगावाट बिजली उत्पाद गर्न सकिने पराजुलीले जानकारी गराए । हंगकंगमा रहेका नेपालीहरुले थोरैमा ५ लाख लगानी गर्न सकिने र उत्पादन शुरु गरेको बर्षबाट नै लाभांश प्राप्त गर्न सकिने बताए ।
दोर्दी खोलाबाट ४९.६ मेगावाट बिजुली उत्पादन हुने
Read Time:1 Minute, 14 Second