नृत्य क्षेत्रमा उदाउँदो प्रतिभा

Read Time:4 Minute, 5 Second

दिलु प्रसाद थापा मगर, बुटवल । विजय फौजा मगर र आमा अनिता फौजा मगरको कोखबाट कान्छि छोरीको रुपमा जन्मिएकी टेरीया फौजा मगर नृत्य क्षेत्रमा एक उदाउँदो प्रतिभाशाली कलाकार हुन् । कलिलै उमेर देखि नृत्यतर्फ आकर्षित उनी हाल प्रतिभावान नृत्याङ्गनका रुपमा स्थापित हुँदै छिन् । नृत्य कलामा सानै उमेरदेखि नै अब्बल रहेकी उनी अध्ययनमा पनि अब्बल रहेकी छिन् । रुद्रपुर पिस ल्याण्ड भू.पू. सैनिक पब्लिक इङ्गलिस स्कूल कक्षा ४ मा अध्ययनरत टेरीया मेहनती, मुजासिलो एवं साथीहरु बीच लोकप्रिय रहेकी उनीकी दिदि बताउनुहुन्छ । जसका कारण संधै प्रथम हुँदै आएकी छिन् । हसिलो अनुहारकी सानी नानी टेरियाले आफ्नो नृत्य प्रस्तुतीका कारण नै सबैको प्रिय बन्न सफल भएको अनुभव सुनाउन्छिन् । भविष्यमा नृत्य क्षेत्रलाई नै अँगाली राम्रो कोरियाग्राफर हुने लक्ष्य राखेकी उनले ३ वर्षदेखि नै नृत्य गर्न थालेको बताइन् । आफ्नो नृत्य प्रतिभालाई निखार ल्याउनका निम्ति हाल बागेश्वरी संगितालयमा नृत्य प्रशिक्षण लिएकी छिन् ।

उनलाई फुर्सदको समयमा पढ्न, गीत गाउन, नाँच्न, अभिनय गर्न अत्यन्तै मन पर्छ । बहुप्रतिभाकी धनी टेरियाले नेपाल टेलिभिजको ‘खोजी प्रतिभाको’ कार्यक्रममा टप १० मा पर्न सफल भएकी थिइन् भने ०६९ कात्र्तिक १३ गते फ्रेण्डस युनियन नेपाल (फन) शंकरनगरद्वारा आयोजित कार्यक्रम ‘डान्सिङ्ग आइकन ०६९’ को विजेता भई चर्चा बटुलेकी थिइन् । यही पौष ७ गते स्कूल ओयल भिल्ड क्यारननले आयोजना गरेको डान्स प्रतियोगितामा प्रथम भई पौष १९ देखि २१ गते गरी ३ दिन सम्म काठमाडौंमा हुने अन्तिम प्रतियोगिताको तैयारीमा रहेकी बताइन् । यसैगरी विभिन्न कार्यक्रमहरुमा आफ्नो बेजोड प्रस्तुति दिन सफल उनी आफ्नो व्यस्तताका बाबजुद पनि आफुले सक्दो घरको कामकाजमा आमालाई सघाउन समेत भ्याएकी छिन् ।  उनलाई रमाइलो क्षण र दुःखको क्षणको बारेमा प्रश्न गर्दा लुम्पेकमा राष्ट्रिय कलाकार रामचन्द्र काफ्लेको गीतमा प्रत्यक्ष नृत्य गर्न पाउँदाको समय रमाइलो भएको र त्यो क्षण अविश्मरणीय भएको बताइन् । अनि एक पटक स्कूलबाट नृत्य प्रतियोगितामा भाग लिदा आफुले तयारी गरेको नृत्य प्रविधिक गडबढीका कारण प्रस्तुत गर्न नपाएको क्षण भएको र सो क्षण कहिल्यै नबिर्सने उनी नमिठो भावमा भन्छिन् ।

अन्तमा आफुभन्दा साना भाई बहिनीहरुलाई बुबा आमाले भनेको मान्ने, नाचेर होस् या पढेर जेसुकै गरे पनि बुबा आमाको नाम उच्च राख्ने प्रयास गर्ने, शिक्षकहरुले दिएको गृहकार्य गर्नुका साथै उहाँहरुले दिएको सजाय हामीमा भएको नराम्रो व्यवहारलाई दिएको सम्झी त्यसलाई सुधार्न कोशिस गर्नु पर्ने सुझाव बहुप्रतिभाकी धनी टेरिया फौजा मगरले दिन चहान्छिन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %