देब पचभैया पाल्पा,पौष १६, हाम्रो गोल, महिला हिंसा बिरुद्धको बोल भन्ने नाराका साथ आज बाट पाल्पाको तानसेनमा जिल्ला स्तरिय राष्ट्रिय रेडबुल लिग फुटबल प्रतियोगिता सुरु भएको छ । तानसेन टुडिखेल मैदानमा आज दिउसो एक कार्यक्रमका बिच जिल्ला खेलकुद बिकास समिति पाल्पाका अध्यक्ष धन बहादुर रानाले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । २९ गते सम्म संचालन हुने प्रतियोगितामा पाल्पा जिल्लाका १८ क्लबहरुले सहभागीता जनाएका छन् । जिल्लाका चिर्तुङ्गधारा, सराई, बांसटारी,प्रभास, धु्रबघाट, लगाएत तानसेन नगर भित्रका क्लब हरुले प्रतियोगितामा सहभागीता जनाएका छन् । जिल्ला फुटवल संघ पाल्पाका अध्यक्ष भिमसेन कार्कीका अनुसार अहिले भैरहेको प्रतियोगितामा प्रथम हुने क्लबको नाउमा खेलाडी छनौट गरी माघ ५ गते हुने क्षेत्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन् । आज भएको उद्घाटन खेलमा कल्याणकोष समिति बसपार्कले सराई युबा कलबलाई सुन्यको बिरुद्ध २ गोलले पराजित गरेको छ । भोलि दिउसो १ बजे हुने प्रतियोगितामा त्रिभुवन बहुमुखि क्याम्पस तानसेन र जनकल्याण युबा क्लब चिर्तुङ्गधारा र ३ बजे हुने खेलमा युथ युनाईटेड क्लब तानसेन र बतासे युबा क्ल्ब बिच प्रतिस्पर्धा हुने खेल संचालन उपसमितिका संयोजक मनोहर थापाले जानकारी दिनुभएको छ ।