नेपाल आदिवासी जनजाति महासंघ एउटा निश्चित लक्ष्य प्राप्तीको लागि बिगत तीन दशक देखि कृयाशिल र संघर्षरत छ । यसले उठाएको सबै मुद्धाहरू जस्तैस् धर्म निरपक्षता, एकल जातिय पहिचान सहितको संघिय संरचना, समानुपातिक प्रतिनिधित्व, समाबेशिता र स्वायत्तता अहिले राष्ट्रको सबै भन्दा सम्बेदनशील, गहन, जटिल र प्रमुख मुद्धाको रुपमा उभिएको छ । आदिवासी जनजातिले उठाएको यहि मुद्धाहरूलाई संस्थागत गर्नु, नेपालको मुल कानुन नयाँ संबिधानमा लिपिबद्ध गराउनु र अबिलम्ब कार्यान्वयन गराउन कै खातिर लाखौं आदिवासी जनजाति बुद्धिजिवीहरू, नेताहरू, युवा शक्ति र महिलाहरूले गएको जेठ ७, ८ र ९ मा भएको ऐतिहासिक आदिवासी जनजाति आन्दोलनमा एक्यबद्धता जनाए । फलस्वरुपस बर्तमान नेपाल सरकारले घुडा टेक्न वाध्य भयो र हाम्रा माग र मुद्धाहरूलाई पूरा गरि अबिलम्ब कार्यान्वयन गरिने गरि बर्तमान नेपाल सरकार र आदिवासी जनजाति संयुक्त संघर्ष समिति बीच नौ बुदे ऐतिहासिक सहमती पत्रमा हस्ताक्षर भयो । तर, त्यसलाई नयाँ संबिधानमा लिपिबद्ध नगराइकन चलाखी पूर्ण तरिकाले एकात्मकवादी तत्वहरूले ऐतिहासिक संबिधान सभालाई नै नष्ट गरियो । नेपाल सरकार र आदिवासी जनजाति संयुक्त संघर्ष समिति बीच भएको उक्त नौ बुदे ऐतिहासिक सहमती पत्र अहिले एउटा कागजी खोस्टामा सिमित भएको छ ।
जब सम्म हाम्रो मुद्धाहरूको सम्बोधन र अबिलम्ब कार्यान्वयन हुदैन, हाम्रो संघर्ष त्यति बेला सम्म जारी हुनु पर्छ । तर, बिडम्बना १ डेढ करोड आदिवासी जनजातिले उठाएको मुद्धाहरूलाई नै मुल राजनितिक मुद्धा बनाएर केही पुराना राजनितिक दलका नेताहरू र आदिवासी जनजाति बिज्ञहरूले पछिल्लो समयमा आएर धमाधम आफू खुशि नगन्य रुपमा राजनितिक पार्टीहरू गठन गर्दै छन् । यो डेढ करोड आदिवासी जनजातिहरूको लागि ठुलो दुर्भाग्यको कुरा हो । ती नयाँ र पुराना राजनितिक दलहरू जो आदिवासी जनजाति नेताहरूले नेतृत्व गर्ने सबै पार्टीहरूको राजनितिक दर्शन र सिद्धान्त नै समाजवाद, जातिय मुक्ति र समाबेशिता भन्दा अर्को कुनै नयाँ राजनितिक दर्शनलाई अनुकरण गरेको देखिदैन । जुन, आदिवासी जनजाति महासंघले यसको स्थापना काल मै संस्थागत रुपमा उठाएको मुद्धाहरू हुन । यी सबै मुद्धाहरू नेपालका उपेक्षित बर्ग र जातिहरूको साझा मुद्धा भएकोले यसलाई संस्थागत र सम्बोधन गराउनका लागि आदिवासी जनजाति बुद्धिजिवीहरू, महिलाहरू तथा सम्पुर्ण युवा शक्तिहरू एकजुट भएर ती आदिवासी जनजाति नेताहरूले नेतृत्व गर्ने सबै नयाँ तथा पुराना राजनितिक दलहरूलाई बिना सर्त र कुनै पदको लोलुपता नगरिकन एउटै मात्र राजनितिक शक्ति निर्माण गर्न र गराउन हामी सबैले दबाब मुलक कार्यक्रम सहितको अभियानको सुरुवाती गर्नु पर्ने अहिलेको आवश्यक्ता भएकोले स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण आदिवासी जनजाति अधिकार कर्मीहरुमा हार्दिक अपिल गरिन्छ ।
पछिल्लो समयमा हाम्रा आदिवासी जनजाति नेताहरूले नयाँ पार्टी खोल्नुका साथै एक आपसमा अस्वभाबिक रुपमा गाली गलौज र आरोप प्रत्यारोपहरू पनि गरिएको कुरा बाहिर सुन्नमा आएको छ, जुन हाम्रो लागि अती नै दुर्भाग्यको कुरा हो । हाम्रो प्रमुख प्रति द्वन्दी अथवा राजनितिक सत्रु भनेको ती एकात्मकवादी तत्वहरू हुन । हामी आफै होइनौ । हाम्रो शान्ति पूर्ण संघर्ष र लडाइ भनेको ती एकात्मकवादी तत्वहरूको बिरुद्धमा हुनु पर्छ न की हामी आफ्नै बिरुद्धमा । हामी बीचको आन्तरिक अन्तर द्वन्दले हामी आफैलाई नै बेफाइदा गर्ने कुरामा सबै आदिवासी जनजाति अधिकार कर्मीहरू सचेत हुनु अती नै जरुरी देखिन्छ । हाम्रो मुद्धाहरूलाई एक आपसमा फुटेर समाधान गर्न सकिने कुरामा कल्पना सम्म पनि गर्न नसकिने भएकोले सबै आदिवासी जनजाति बुद्धिजिवीहरू, महिलाहरू र युवा शक्ति एकजुट भै अगाडि बढ्न पनि हार्दिक अपिल गर्दछ ।
हुम सुनारी मगर
रियाद, साउदी अरेबिया
आदिवासी जनजाति अधिकार कर्मी एकजुट हुन अपिल
Read Time:5 Minute, 47 Second