नेपालगन्ज पुष १३, बाँकेको जनता उच्च माबि सन्तकुटि खजुरामा जारी पाचौँ राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगितामा शुक्रवार पाच खेलको फाईनल भएको छ । ट्रिपलजम्प, हाईजम्प, दुई सय ,चार सय ,आठ सय मिटरको दौडको फाईनल खेल भएको छ । बाँकेको जनता उच्च माबि सन्तकुटि खजुरामा जारी पाचौँ राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता आज शुक्रवार पाँच खेलको फाईनल भएको छ । ट्रिपलजम्प, हाईजम्प, दुई सय ,चार सय ,आठ सय मिटरको दौडको फाईनल खेल भएको छ ।
छात्र तर्फको ट्रिपलजम्पमा माबि खड्कवारका सियाराम चौधरी प्रथम भएकमा छन् त्यसैगरि सिद्धेश्वर उच्चमाबिका सिधहनुवाका जङ्गबहादुर चौधरी दोस्रो र कोहलपुर लिटिल एन्जल्स् कोहलपुरका लक्ष्मण डाँगी तेस्रो भएका छन् ।छात्रामा दिपज्योति बिद्याश्रम चप्परगौडिका राजकुमारी रावत प्रथम ,सिद्धेश्वर उच्चमाबिका सिधहनुवाका बिष्णु आले दोस्रो र सनबिम नेपालगन्जका रबिना चौधरी तेस्रो भएका छन् ।
त्यसैगरि छात्रा तर्फको हाईजम्पमा भूवरभूूवानी बिनौना राप्तीपारी सुन्दरी थारु प्रथम ,सरस्वती उच्च माबि भवानीयापूरका निमा केसी दोस्रो र सिद्धेश्वर उच्च माबि सिधनुहाका पार्वती थारु तेस्रो भएका छन् । छात्रतर्फको हाईजम्पमा कोहलपुर लिटिल एन्जल्स् कोहलपुरका सुजल श्रेष्ठ प्रथम , सरस्वती उच्च माबि भवानीयापूरका चैतराम थारु दोस्रो र जेनिथ ईग्लिस मिडियमका खजुराका उमेश खत्री तेस्रो भएका छन् ।
त्यसैगरि शुक्रवारनै भएको छात्र आठ दुई सय मिटर छात्रतर्फको दौडमा ट्रिपलजम्पमा बिजयी भएका सबै खेलाडीले सोहि स्थान हात पारेका छन् सनबिम माबि नेपालगन्जका रमजान अलि सल्मानी प्रथम त्रिभुवन उच्चमाबि कोहलपुरका युवराज थारु दोस्रो र दिपज्योति बिद्याश्रम चप्परगौडिका महेश घिमिरे तेस्रो भएका छन् ।यसैबिच शुक्रवारनै ,भएको छात्रातर्फको दुई सय मिटरको दौडमा सनबिमका सन्जु चौधरी प्रथम, सिद्धेश्वर उच्चमाबिका बिष्णु आले दोस्रो र जनशक्तीका रबिना चौधरी तेस्रो भएका छन् ।
त्यसैगरि शुक्रवारनै भएको दुई सय मिटर छात्रतर्फको खेलमा कृणा माबिका नरेन्द्र परियार प्रथम गोरर्खा युनाईनेट कोहलपुरका रबिन केसी दोस्रो र सिद्धेश्वर उच्चमाबिका धनीराम थारु तेस्रो भएका छन् । छात्रतर्फको आठ सय मिटर दौडमा सरस्वती उच्चमाबि सुनावरका निष्ठाकुमारी थारु प्रथम सनबिम उच्चमाबि नेपालगन्जका समिक्षा अधिकारी दोस्रो र दिपज्योति बिद्याश्रम चप्परगौडिका निर्मला उपाध्यय तेस्रो भएका छन् ।
यसैबिच शुक्रवारनै ,भएको छात्रातर्फको भलिवलमा खेलमा बिजयी हुदै दिपज्योती बिद्याश्रम चप्परगौडी र सरस्वती उच्च माबि भवानीयापूर, फाईनलमा प्रबेश गरेको छ । त्यसैगरी शुक्रवारनै भएको छात्रतर्फको भलिवलमा बिजयी हुदै दिपज्योति बिद्याश्रम र लिटिल एन्जेल्स कोहलपुर फाईनलमा प्रबेश गरेको छ । यि दुई बिचको फाइनल खेल शनिवार हुनेछ र भलिवल तर्फछात्रा ३३ र छात्रतर्फ ४३ बिद्यालयका भलिवलका टिमहरुको सहभागीता रहेको छ ।
श्क्रवारनै ट्रिपलजम्प, हाईजम्प, दुई सय ,चार सय ,आठ सय मिटरको दौडको फाईनल बिजयी भएका खेलाडीहरुलाई पुरुस्कार बितरण गरिएको छ । समापनको दिन १४ गते सबै खेलको बिजेता लाई पुरुस्कार बितरण गर्न समय अपुुग हुने भएकोले शुक्रवारनै पुरुस्कार बितरण गरिएको हो । बिजयी बिद्यार्थी लाई बाँकेका जिल्ला शिक्षा अधिकार धनसिह धामी ,जनता उच्चमाबि सन्तकुटिका बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष शैलेन्द्रकुमार खत्री , प्रतियोतिताका साहायक फिल्ड मार्शल ऋषिराम सापकोटा अखिल नेपाल शिक्षक सगठनका अध्यक्ष कमान सिह खनाल लगायतले पुरुस्कार बितरण गर्नु भएको थियो ।
गतबर्ष बाँकेको लक्ष्मी उच्च माबि मदुईमा प्रतियोगिता भएको थियो । १४ गतेसम्म सञ्चालन हुनेछ । जनता उच्च मावि सन्तकुटी खजुराको आयोजना तथा व्यवस्थापनमा प्रतियोगिताको आयोजना गरिएको हो । गतबर्ष बाँकेको लक्ष्मी उच्च माबि मदुईमा प्रतियोगिता भएको थियो ।
D. Ale