२२ डिसेम्बर, Oak Farm Community Hall Farnborough मा मगर संघ युकेको आयोजनामा Housing Charity Dinner कार्यक्रम सम्पन्न भएको छ l एक पथ दो काज भने जस्तै यसै मन्चमा वहुप्रतिभाको धनी स्व. मास्टर मित्र सेन थापा मगरको ११७ औं जन्मोत्सव पनि पाईपरको मिठो धुनसंगै भब्यताको साथ मनाइएको थियो l संघका महासचिव श्री योग फगामी ज्युबाट समारोहको सभापतिको स्थानमा संघका अधक्ष रिटायर्ड मेजर कुल बहादुर थापा ज्युलाई आसन ग्रहण गराई सम्पूर्ण आगन्तुकहरुलाई पनि आसन ग्रहण गराई स्वागत गर्नु भएको थियो l सभापति ज्युले स्व. मास्टर मित्र सेनको तस्विरमा माल्याणपर्ण गरि पानसमा बत्ति बालि श्रदा सुमन चढाई कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो l स्व. मास्टर मित्र सेनको जन्म दिनको डिसेम्बर २९ मा परेकोले उहाँको जन्मोत्त्सव पनि त्यही मन्चमा मनाउन पाउदा सबैलाई हर्ष तथा गर्व लाग्नु स्वभाविक थियो l उहाँको वहुप्रतिभाको कदर गर्दै नेपाल सरकार र भारत सरकारले पनि हुलाक टिकटमा उहाँको फोटो छापेको थियो l वहुप्रतिभाशाली स्व. मास्टर मित्र सेनको जीवनीको झलकको साथमा विजय हितान मगर ज्युले प्रकाश पार्नु भएको थियो l उहाँको जीवनी विस्तृत रुपमा विस्तार गर्नु भएको थियो l मास्टर मित्र सेनले दिनु भएको योगदानको हामीले सहर्ष सम्मान गर्नै पर्छ l नेपाली साहित्यमा राम्रो जग राख्ने काम गर्नु भएको थियो l उहाँलाई हामी साहित्यको नक्षत्रमा एउटा चम्किलो ताराको रुपमा सम्झनु उपयुक्त्त हुन्छ l विभिन्न विधामा दिनुभएको योगदानहरु हामीले कहिल्यै बिर्सन सकिदैन र बिर्सनु पनि हुदैन l उहाँको कालजयी गीतहरु “लाहुरेको रेलिमाई फेसनै राम्रो”, मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रो बैनीले र चुई चुई चुइकने जुत्ता गाएर रिटायर्ड क्याप्टेन बिर बहादुर थापाले उहाँ प्रति श्रदा भाव प्रकट गर्नु भएको थियो l उहाँलाई अनिता रानामगर र सबिता रानाले पनि साथ दिनुको साथै लक्ष्मण राना, तुलसी राना र पहलसिंह थापाले वाध्य बाधनमा साथ दिनुभएको थियो l नानु रानाले पनि मास्टर मित्र सेन तिमी जिवितै छौ हामी माझु भन्ने कविता प्रस्तुत गर्नुको साथै मगर संस्कृतिलाई झल्काउदै सम्झना र सबिता राना (सुइन्डन) ले कौडा नृत्य प्रस्तुत गर्नुभएका थिए l
नानु राना
सुइन्डन
युकेमा स्व. मास्टर मित्र सेन थापा मगरको जन्मोत्त्सव मनाईयो
Read Time:3 Minute, 27 Second