सूर्योदय बुद्ध बिहारमा वापा/मापा बने मगरहरु (अवधारणा पत्रको पुर्ण पाठ सहित)

Read Time:20 Minute, 38 Second

थुम्कि ६, भेडेटार, सुनसरी, नेपाल मगर बौद्ध सेवा समाज, केन्द्रिय समितिको नियमित चौथो बैठक यही २०६९ मंसिर ३० गते सम्पन्न गरेको समचार प्राप्त भएको छ । पूर्बाञ्चल स्तरीय एक दिने अन्तरक्रिया कार्यक्रम सौहाद्रपूर्ण बातावरणमा सम्पन्न भयो । यस क्रार्यक्रममा पूर्बाञ्चलका ९ जिल्लाका करिब १५० जना अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो । उक्त अन्तरक्रिया कार्यक्रमको बिषय बस्तु मगर समाज र बुद्ध धर्म रहेको थियो । यसको अवधारणापत्र नेपाल मगर बौद्ध सेवा समाजका महासचिब इन्द्र बहादुर राना (हुन्चिंग) मगरले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि श्रद्धेय भिक्षु गौतम शिशिर, बरिष्ठ अतिथि नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रिय अध्यक्ष क्या देउ बहादुर राना मगर रहनु भएको उक्त कार्यक्रमा धनकुटा जिल्लाका जिल्ला अध्यक्ष इन्द्र बहादुर लुंगेलीको सभापतित्वमा गा बि स अध्यक्ष कर्ण बहादुर थापा मगरले स्वागत मन्तब्य ब्याक्त गर्नु भएको थियो l साथै कार्यक्रमको बारेमा धरान नगरपालीका नेपाल मगस संधका अध्यक्ष चित्रजंग थापा मगरले  बार्यक्रको बारेमा प्रष्ट्याउनु भएको थियो l सो अन्तरक्रिया पश्चात पूर्वाञ्चलका करिब २५/२८ वापा/मापा प्रशिक्षार्थीहरु प्रशिक्षक प्रमुख पूर्ण बहादुर तरामी मगर कोविदको प्रशिक्षणमा सहभागी भएका थिए ।

मगर समाज र बुद्ध धर्म
अवधारणापत्र

प्रस्तोता : इन्द्रबहादुर राना मगर
महासचिव

मगर जाति नेपालमा लामो समयदेखि बस्दै आएको आदिवासी हो । जन्मदेखि मृत्युसम्म यसको आफ्नै परम्परा छ । यो यसको संस्कार हो । वि.सं. २०३९ मा यसले आफ्नो जातीय संगठन पायो । हाल यो संगठन नेपाल मगर संघको नामबाट चिनिन्छ । यसले २०५५ साल असोज १, २ र ३ गतेका दिन झापाको बिर्तामोडमा मगर जातिको धर्म सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न गराएर एक स्वरले मगर जातिको धर्म हिजो बुद्ध धर्म नै थियो र आउँदा दिनमा पनि बुद्ध धर्म नै अंगीकार गर्दै जानेछ भन्ने ठहर गर्यो । धर्मको सम्बन्धमा मगर जातिको लागि यो सम्मेलन ऐतिहासिक नै रह्यो ।
यसैलाई मध्यनजर राखेर नेपाल मगर संघले वि.सं. २०५८ सालमा सम्पन्न राष्ट्रिय जनगणनामा भाग लियो र ३९७०३७ मगरहरूले आफूलाई बुद्ध धर्मसँग आबद्ध गराए । बुद्ध धर्मावलम्बी मगरहरूको संख्या दश वर्ष अघि मात्र २२,१७४ थियो । “संघम् शरणं गच्छामी” चरितार्थ भएको छ । आजको मितिसम्म नेपाली आदिवासी समुदायहरूमध्ये थारु जातिमा पनि उनीहरू बुद्धकै सन्तान हुन् भन्ने कुरा विश्वसनीयताका साथ आइराखेको छ ।
वि.सं. २०५३ सालमा नेपाल मगर बौद्ध सेवा समाज स्थापना भयो । यस अघिको जनगणनामा यसले प्रत्यक्ष रूपमा भाग लिएन । यो शैसवकालमै थियो । आज यसले सक्रियताका साथ भाग लिदैछ । विश्वलाई नै शान्तिको आवश्यकता परेको छ भने नेपालमा मगर समाजले मात्र अबुद्धिष्ट बनिरहनु विडम्बना नै हो । सिंगो राज्य नै वैधानिक रूपमै बुद्धिष्ट भएमा आश्चर्य नहोला । नेपाल मगर बौद्ध सेवा समाजको संयुक्त प्रयासमा आजको अन्तरक्रियामा आफ्नो अवधारणा निम्नलिखित बुँदाहरूद्वारा कोशिश गर्नेछु ।
१. नेपाल एउटा कृषि प्रधान देश हो । यहाँ जातिकै आधारमा हलो नजोत्ने जात पनि रहँदै आएको छ र जमीन तिनकै धेरै छैन् । यसको प्राकृतिक विविधताको बाबजुद पनि नेपाल जातीय विविधताले भरिपूर्ण छ । भौतिक विकासमा दम्भ गर्न सक्ने अवस्था नेपालीमा नभए तापनि आध्यात्मिक विकासको चाहि उद्गमस्थल नै हो भनी गर्व गर्न सकिन्छ ।
  राजकुमार सिद्धार्थ मगर कूलकै थिए भनी दावी गर्नुहुने श्री एम.एस. थापा मगरद्वारा लिखित “प्राचीन मगर र अख्खा लिपि” को भूमिका मगर समाजलाई बुद्ध धर्मावलम्बी बनाउन सराहनीय छ । त्यसैगरी हिरासिंह थापा (सामेसेन मगर) द्वारा सम्पादित मगर–खस–अंग्रेजी शब्दकोषमा उल्लेखित “नालन् डा” (कमलको फूल राख्यो) शब्द मगर भाषा कै हो भने ठहर छ । यसै नाउँबाट विश्वमा सबैभन्दा पहिले “नालन् डा” विश्वविद्यालय जो बौद्ध दर्शन सम्बन्धी शिक्षा दिनकै लागि स्थापना भएको थियो । यसले पनि यही जनाउ दिन्छ कि मगरहरू बुद्ध धर्मावलम्बी नै थिए ।
२. भगवान बुद्ध जहाँ जन्मेनन् जहाँको भाषा, संस्कृति, समग्रमा सामाजिक तथा भौगोलिक वातावरण आदि पटक्कै मिल्दैनन् । ती देशहरूले राज्य धर्मको रूपमा बुद्ध धर्मलाई ग्रहण गरेका छन् । भगवान बुद्ध जन्मेकै देश नेपालले भने दुःखको कुरा आफूलाई बुद्ध धर्म राज्य धर्मको रूपमा विश्व सामु घोषणा गर्न अझ पनि पछि राखेका छन् । यद्यपि भगवान बुद्धको नाममा आर्थिक सहयोग विश्वसँग नेपाल सरकारले माग्न भने छाडेका छैनन् ।
३. नेपालको सन्दर्भमा अमूक जातिले मात्रै बुद्ध धर्म ग्रहण गर्नुभन्दा वेश सामाजिक, राजनैतिक र आर्थिक रूपले पछि पारिएका सम्पूर्ण समुदायले नै ग्रहण गर्दा हुन्छ । हिन्दूस्तानका डा. भीम राव अम्बेडकरद्वारा महाराष्ट्रका सात लाख जति दलित (अछूत) लाई बुद्ध धर्ममा प्रवेश गराइएको चर्चा आलै छ । तर विडम्बना नेपालका दलितहरू अम्बेडकरलाई आफ्नो मसिहाको रूपमा स्वीकार्छन् तर बुद्ध धर्म ग्रहण गर्न सक्दैनन् ।
४. भू–भाग र जनसंख्याले सानो नेपाल साँच्चै भगवान बुद्धले भन्नुभएझैँ साना वस्तु नै सुन्दर हुन्छन् । यही कुरा विश्वप्रसिद्ध टोयटा कम्पनीले नेपालमा सडकको छेउछाउ सानोसानो बोर्ड ठड्याएर तिनमा लेखिएको “हामी स–साना काम गर्छौं” मलाई लाग्छ यो भनाई पनि बुद्धबाटै प्रेरित छ ।
माथि उल्लेखित भनाईहरू नेपालकै सन्दर्भमा जहाँ प्राकृतिक र जातीय विषमता सान्दभिर्क छन् । ठूला–ठूला उद्योग धन्दाको परिकल्पना गरेर समय खेर फाल्नुभन्दा स–साना घरेलु उद्योगहरू आदिको स्थापना गरेर भारी–भारी कारखानाको मजदूर भएर बस्नुभन्दा आफ्नो मालिक आफै बन्नु वेश हुन्छ ।
तीन हजार वर्ष अघि जन्मनु भएका भगवान बुद्धको “बहुजन हितायः, बहुजन सुखाय्,” बाट आजको बहुलवादी राजनीति अछूत रहन सक्ला ? आधुनिक राजनीतिक शास्त्रको आधारमा निर्मित संसदमा पुग्न यो भनाई कारगर रहेको देखिन्छ । जुन बेला यो भनाई आएको थियो । त्यस बखत मलाई लाग्छ, आजका सभ्य, सु–संस्कृति र प्रजातन्त्रका जननी भनिने राष्ट्रहरू बर्बर युगकै प्रारम्भमा थिए । नर्वेलीका लेखक प्रा. डा. जाँन गाल्टुङले “बुद्धवाद र एकता” बुद्ध दर्शनभित्रबाट बुद्धका पाँच अकाट्य वचनहरू हाम्रो अगाडि राख्नुभएको छ ।
क) मानिसको उद्देश्य— संज्ञान
ख) समाजको उद्देश्य— विकास
ग) प्रकृतिको उद्देश्य— दिगोपना
घ) धर्म र संस्कृतिको उद्देश्य— औचित्यता
ङ) विश्वको उद्देश्य— शान्ति
हिजो आज हामी प्रकृतिमा मानवको कारणबाट आएको उजाडपनबाट जोखिम मोल लिंदैछौं । कतै सुनामी, कतै खडेरी, कतै अति वृष्टि आदिबाट मानव समाजले भोग्नु परेको दुःख हाम्रै अगाडि छ । बुद्धको नजिक रहेर प्रकृतिलाई चिन्न सक्थ्यौं भने आज मानव समाजले प्रकृतिको ताण्डव नृत्युको प्रभाव भोग्नु पर्दैनथ्यो । मानव समाजले आपूmलाई चाहिनेभन्दा बढी प्रकृतिको दोहन गर्दै रह्यो ।
सायद मलाई लाग्छ, कार्ल माक्र्सले यस सम्बन्धमा दुई शताब्दी अगावै बुद्ध दर्शनबाट प्रभावित हुनु भई प्रत्येक मानवले आफ्नो आवश्यकता अनुसार मात्र प्राप्त गर्ने चेष्टा गर्नुपर्छ भनी भन्नुभएको छ ।
हिन्दू धर्मले उत्पादन गरेको जातपात, छुवाछुत, स्वर्गनर्कबाट व्याप्त अन्धविश्वासको जमानामा यिनको विरुद्ध जेहाद छोड्ने भगवान बुद्ध साँच्चै भन्नुपर्दा मानव समाजका महान क्रान्तिकारी नै थिए । सामाजिक, राजनीतिक र आर्थिक रूपबाट सिंगो प्राणी जगतको मुक्तिका लागि “बुद्धम् शरणं गच्छामी” को बाटो अवलम्बन गर्दा श्रेयस्कर हुनेछ ।
क) बुद्धं शरणम गच्छामी – प्रज्ञाको शरणमा जान्छौं । (स्वीकार्छौं)
ख) धम्मं शरणम् गच्छामी – नैतिकताको शरणमा जान्छौं ।
ग) संघं शरणम् गच्छामी – संगठनमा विश्वास गर्दछौं ।
५. लिखित इतिहासको अभावमा मानव समुदायमा श्रुति परम्परा रहँदै आयो । यसैलाई आधार मान्दा मगरहरू वर्तमान नेपालमा घटीमा पनि पाँच हजार वर्ष अघिदेखिको आगमन हुन थालेको बुझिन्छ । विश्वमा बुद्ध, जैन, जिसस, मोहम्मद, कन्फ्यूसियस आदिको जन्म हुनु अघि मानव समाजमा कल्पना गरेर मानिसहरू प्रकृतिको पूजा गर्थे र वर्तमानमा पनि यो परम्परा छँदैछ । जन्मदेखि मृत्युसम्मगर्दै आउने काम कुरा निश्चय पनि धर्म नभई संस्कार नै हो भन्नु अतियुक्ति नहोला । यसैलाई आधार मानेर विशेष गरेर मगर समाजलाई बुद्ध धर्म ग्रहण गर्ने कार्यमा बाधा पुगिरहेको अथवा पुरयाईदै छ । यसले मानिसको जीवन पद्धती पूर्ण रूपले निक्र्यौल गर्न सक्दैन ।
६. एक दशक अघि जन्मेको नेपाल मगर बौद्ध सेवा समाजद्वारा बुद्ध धर्म मगर जातिलाई ग्रहण गराउने कार्य भइरहेको छ । यो संस्थाको तर्फबाट हामी आशा राख्छौं, योभन्दा पुराना संघ–संस्थाले सक्रियताकासाथ यस कार्यमा अझ बढी योगदान पुरयाउने छ ।
७. मगर समुदायमा विद्यमान रुढीवादिता, अन्धविश्वास, कुरीति–कुसंस्कार र कुप्रथा विरुद्ध बौद्ध धार्मिक–सांस्कृतिक जागरण शुद्धिकरण र धर्म–संस्कृतिमा सुधारवादी जनचेतना संकेतका छालहरू थिए । यसको अर्को प्रगतिशील पाटो मगर समाजमा सामाजिक–सांस्कृतिक चेतना जगाउने धार्मिक शुद्धिकरण समाजमा बढ्दो अन्धविश्वासी हिन्दूकरणबाट मुक्तिको लागि सांस्कृतिक आन्दोलनको शुरुवात पनि भयो । बुद्ध धर्मको मूल सिद्धान्त नै पञ्चशील, अनित्यता, अनात्म र अनिश्वरवाद हो । सनातन रुढीवादी धर्म–संस्कृतिको जडमा रहेर आफूलाई हिन्दू बनाएर ब्राह्मणवादको दलदलमा फस्ने वा आफूलाई प्रकृतिकपूजक भनेर धर्महीन–संस्कार, संस्कृति विहीन भएर धार्मिक–सांस्कृतिक रूपमा समाजलाई सँधैं पछाडि पार्ने ? यो आम मगर र गैरमगरहरूहरूले बुझ्नुपर्ने विषय रहेको छ ।
८. ललित विस्तारमा शाक्यमुनि बुद्ध लुम्बिनी उपवनमा जन्मनु भएको बेला नन्द र उपनन्द भन्ने दुई नागहरूले तानो र चिसो पानीले नुहाइदिएको वर्णन छ । त्यसतै कोलियहरूले आठ भागमा एक भाग बुद्धको अस्थि धातु ल्याएर–धातु स्तुप बनाएको थुप वंशमा आएको छ । यदि यी नागहरू सर्प विशेष जाति होइन, मनुष्य जाति विशेष हुन् भन्ने यी कोलियहरूसँग बसेका यहाँका पुराना जाति मगर जाति नै हुन् । पछि यी विस्तारै माथि पूर्वपश्चिम दिशातिर गए । पाल्पाली सेन वंशावली अनुसार एक समय यी धेरै शक्तिशाली भए । त्यसैले मगर राजालाई नाग भूपति –पर्वतीय राजा) भन्न थालियो । यिनीहरूको लुम्बिनीको उत्तरमा महाभारत पर्वत श्रृंखलामा बल्ढ्याङ्गगढी थियो । जसमा बलिहाङ्ग मगर राजा थिए । त्यसरी नै पूर्वी जिल्ला नवलपरासीका मगरहरूको बस्ती घना भएको देउचुली र बरचुली पर्वत क्रमको फाट मगर नागराजाहरूको हुनु पर्दछ ।
  यी मगरहरू माथि उत्तरतिर गएर व्यापक विस्तार हुँदै गए । कुनै समयमा पाल्पा–बुद्ध धर्म, दक्षिण उत्तरमा तिब्बत, चीनसम्मको बौद्ध संस्कृति र आर्थिक प्रचारप्रसारको केन्द्र नै थियो । नेपाल सम्वत् ११९ (वि.सं. १०५६) मा गुल्मीका सुवर्णकार राना मगर र लुमजुङका गंगा राना मगरले लेख्नुभएको ‘अष्टसहिर्षका’ प्रज्ञापारमिता किताब ल्हासाको बौद्ध गुम्बामा पुगेको यसको प्रमाण हो । यसबाट प्रष्ट हुन्छ कि मध्यकाल अघिसम्म मगर जाति बौद्धमार्गी थिए । मगरहरू उयत्तरबाट माथि जाँदै उत्तर पश्चिमतिरको कर्णाली र बीचको गण्डकी प्रदेशको भूभागमा बस्न गए । कर्णालीबाट माथि गएका बौद्ध कला, संस्कृतिको एक समयको एकदमै अगाडि रहेको केन्द्र सुर्खेत हुँदै गएको हुनु पर्दछ । यसबाट पनि कर्णाली र गण्डकी बीचको क्षेत्र मगरहरूको प्रभुतव भएको ठाउँ भयो । जसलाई मगरात भनेर जानिन्छ । यस भूभागमा रहेका स–साना मगर राज्यहरू बाह्र मगराँती नामले प्रसिद्ध छन् ।

समाजको भूमिका
 वि.सं. २०५३ साल बुटवलमा गठन भएको नेपाल मगर बौद्ध सेवा समाज २०६९ सालमा आइपुग्दा आज १६ वर्षको लक्का जवान भइसकेको छ । अघिल्लो वर्ष २०६८ साल कार्तिक २४ गतेदेखि मंसिर १२ गतेसम्म बुद्धको जन्मस्थल लुम्बिनीमा १८ दिने नेपाली कूलपुत्र प्रवज्या कार्यक्रम सम्पन्न भएको थियो । जहाँ १११२ जना बौद्ध कूलपुत्र (अस्थायी भन्ते) प्रवर्जित भएका थिए  नेपालका ४५ जिल्लाहरूबाट ६७२ जना मगर कुलपुत्रहरू प्रवर्जित भई बुद्धशासनमा सामेल भएका थिए । जसमा १२ वर्षका किशोर उमेरदेखि ८५ वर्षसम्मका वृद्धहरूको बौद्धआस्था सहित ठूलो उपस्थिति रहेको थियो । उक्त बौद्ध प्रर्वज्या कार्यक्रममा बहुसंख्यक ६२ प्रतिशत मगरहरूको बाहुल्यता थियो । जसले मगर समाजमा तिब्र रूपमा आएको बौद्ध धार्मिक पुनर्जागरणलाई संकेत गर्दछ ।

२०६८ सालको जनगणनाको अवस्था
क) नेपालको कूल जनसंख्या : २,६४,९४,५०४
ख) मगरहरूको कूल जनसंख्या : १८,८७,७३३
ग) मगर भाषी : ७,८८५३०
घ) मगर भाषा नबोल्ने मगरहरू : १०,९९,२०३
ङ) नेपालको कूल बुद्धिस्ट जनसंख्या : २३,९६,०९९
  जातिगत रूपमा पूर्ण विवरण दोस्रो संस्करणमा आउने जानकारी प्राप्त भएको छ । जिल्लागत बुद्धिस्ट जनसंख्या निम्न अनुसार रहेको छ ।
जिल्ला     जनसंख्या               जिल्ला     जनसंख्या
ताप्लेजुङ   २६,१५४                स्याङ्जा    २१,५१४
पाँचथर     २२,३८३               कास्की      ६६,२६६
इलाम      ४४,३६६                मनाङ       ३,६०६
झापा       ३९,३२१                मुस्ताङ     ८,०९५
मोरङ       ३९,८७३               म्याग्दी     ११,७३९
सुनसरी     ३३,७१४               पर्वत        १३,६६३
धनकुटा     २२,२०६              बाग्लुङ       २३,४७४
तेह्रथुम      १२,७२५              गुल्मी       ७,७८६
संखुवासभा  ४२,२५४              पाल्पा       २०,४२६
भोजपुर     २५,८७२              नवलपरासी  ३८,६१५
सोलुखुम्बु    २८,७५३             रूपन्देही    ४०,५७१
ओखलढुङ्गा  २६,१७५             कपिलवस्तु  ४,९८६
खोटाङ       १५,१२०              अर्घाखाँची  ३७८६
उदयपुर      ३८,४७३            प्यूठान     ६,४२३
सप्तरी        २९,९०५             रोल्पा      २६,३४८
सिराहा       ११,०१२              रुकुम       २,२३५
धनुषा        ११,२२०             सल्यान     १,९९६
महोत्तरी      १२,६९९              दाङ        ६,४२९
सर्लाही       ४८,०११              बाँके       ५,९९९
सिन्धुली      ९०,१३६             बर्दिया     ४,२९९
रामेछाप       ४९,९९०           सुर्खेत      १४,४०२
दोलखा        ४१,०००            दैलेख      ५,१००
सिन्धुपाल्चोक  १,०९,२३८       जाजरकोट   ९३
काभ्रेपलाञ्चोक  ३२,२४५        डोल्पा       १०,७८८
ललितपुर      ९०,२३०           जुम्ला     १,३४४
भक्तपुर        २७,९८२,          कालिकोट  ८७
काठमाडौं      २,६८,४७९        मुगु        ४,४६८
नुवाकोट       १,११,०१७         हुम्ला      ९,२१३
रसुवा          ३०,२९०          बाजुरा      १,५४४
धादिङ         ६९,११३           बझाङ      ३५९
मकवानपुर    १,९१,६०३         अछाम      ७७६
रौतहट         १२,६९२          डोटी        १५९१
बारा           ३१,१४२          कैलाली     १५,७२०
पर्सा           १०,०६९           कञ्चनपुर    ५१८३
चितवन        ७५,५०९         डडेल्धुरा     १००८
गोरखा        ५,१७६६          बैतडी         ५५
लमजुङ        ५५,५८६         दार्चुला       १,०६७
तनहुँ           ३०,५३२  

भवतु सब्ब मंगलम्

 कार्यक्रम आयोजक
 नेपाल मगर बौद्ध सेवा समाज
 केन्द्रिय समिति

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %