द हिमालयन अर्गनाइजेशनको भेला सम्पन्न

Read Time:3 Minute, 15 Second

राष्ट्रिय जनमुक्ति पार्टीको भातृ सङगठन बेलायतको द हिमालयन अर्गनाईजेशनको वेम्बली शाखाको भेला साउथहल दार्जलिङ्ग ईनिन रेस्टुरन्टमा उक्त भेलाले वेम्बली शाखामा मगर संघ यु के वेम्बली शाखाका पुर्ब अध्यक्ष श्री मोहन आलेज्युको अध्यक्षतामा १५ सदसिय समिती गठन गरेको छ । सो संगठन द हिमालयन अर्गनाईजेशनको शाखाको रुपमा रहने छ ।

उक्त कार्यक्रमका बक्ताहरु सङ्गठनका सह सचिब श्री पदम बहादुर गाहाज्यु र संस्थाकी सल्लाहकार तथा राष्ट्रिय जनमुक्ति पार्टीको भगिनी संगठन राष्ट्रिय स्वतन्त्र महिला मोर्चाकी केन्द्रिय उपाध्यक्ष कमला थापाज्युले बोल्ने क्रममा अहिले देशमा भैरहेको राजनैतिक अन्यौलताको बारेमा प्रकाश पार्दै जबसम्म राष्ट्रिय जनमुक्ति पार्टीले देशको नेतृत्व गर्दैन तबसम्म देशले निकास पाउन सक्दैन वा देशमा स्थायी शान्ति र दिगो बिकास हुन सक्दैन भन्नु भयो। सो कार्यक्रम पार्टीका पुर्ब केन्द्रिय कोक्षाध्यक्ष श्री केहर सिं थापाज्युको अध्यक्षतामा साथै संस्था की सदस्य श्रीमति हिमाली रानाज्यूको स्वागत र सचिब श्री नारायण किशोर पुनज्युको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्तमा नव गठित अध्यक्षमा मगर संघ यु के व्यमबली शाखाका पुर्ब अध्यक्ष  श्री मोहन आलेज्युले यस संस्थालाई ससक्त रुपमा लैजानुका साथै व्यम्बली शाखाको सम्पुर्ण नेपालीहरुलाइ राष्ट्रिय जनमुक्ति पार्टीको सिद्दान्त अनुसार् जोडदारका साथ लैजाने प्रतिबद्दता जाहेर् गर्नु भयो ।
नव गठित समितिका पदाधिकारी तथा सदस्यहरुको नामावली यसप्रकार रहेको छ।

१. अध्यक्ष : श्री मोहन आले
२. उपाध्यक्ष : श्री करण दर्लामी
३. सचिब : श्री राम कृष्ण राई
४. कोषाध्यक्ष : श्री कृष्ण दर्लामी
५. सह सचिब : श्री लाल सलामी मगर
 सदस्यहरु
१. श्री हेमसेठ थापा
२. श्रीमती ईन्दिरा थापा मगर
३. श्री काजीराम थापा
४. श्री मती रमी आले
५. श्री मती गंगा बलाल
६. श्री थमन सिं राना
७. श्री मती राष्ट्रिय रोका मगर
८. श्री छबिलाल थापा
९. श्री ईन्द्र बाहादुर थापा
१०. श्री बम सुर्यबंसी
सल्लाहकारहरु
१. श्री टंक मगर
२. श्री बि बी पुन

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %