यु के मगर संघ केन्ट साखाको चौथो साधारणसभा १५ डिसेम्बर २०१२ को दिन डोभर कम्युनिटी हलमा सम्पन्न भयो । उक्त साधारणसभामा अर्को २ बर्षको लागि नयाँ कार्यसमितीको चयन् गरिएको छ । नयाँ कार्यसमिती चयन् सुचारुरुपले सन्चालन गर्न भु पु मेजर देब पुनको अध्यक्षतामा चार सदस्य निर्बाचन समिति खडा गरिएको थियो । पहिलो चरणमा कार्यसमितिका पदाधिकारीहरूले आ-आफ्नो कार्यकालमा निभाएका दायित्वहरूको बारेमा कार्यबिबरण प्रस्तुत गरेका थिए । साथै उनिहरुको विवरणमाथी उपस्थित जनमानसद्वारा टिकाटिप्पणी पनि गरिएको थियो । अध्यक्ष भु पु क्याप्टेन पदम आले ज्युले तत्कालिन कार्यसमिती बिघटन भएको घोसणापछी दिउँसको खानाको लागि एकैछिन सभा स्थगित गरिएको थियो ।
१ आर जी आर का प्रतिनिधि रुद्र थापाद्वारा ब्याबस्थित मेसिङ लन्च खाएपछी दोस्रो चरणको कार्यक्रम सम्पन्न भएको थियो । जसमा निर्बाचन समितिले नयाँ कार्यसमिती चयन् गरेको थियो । अर्को दुई बर्सको लागि फेरिपनी भु पु क्याप्टेन पदम आलेको अध्यक्षतामा नयाँ कार्यसमिती बन्यो । उपाधछ्य उत्तर मगर, सचिव कासिराम राना, सहसचिव गणेश थापा, कोशाध्यक्ष ओम थापा, साँस्कृतिक सचिव मान्दिप जुग्जाली, खेलकुद सचिव लाल पुन इत्यादी गर्दै नयाँ कार्यसमितिमा ३१ सदस्य रहेका छन् । नयाँ कार्यसमितीको चयन् पछि भु पु क्याप्टेन राम पुन द्वारा सम्पादित बिधानका बुँदाहरुमा ब्रिहत छलफलगरी पारित गरिएको थियो । बिसेशगरेर मगर संघ केन्टमा सदस्यता लिने र भैपरी आउँदा उनिहरुले पाउने सुबिधामा छल्फल केन्द्रित रहेको थियो । बिहान ११ बजे देखि सुरु भएको यस साधारण सभा आ-आफ्नो वोहोदाको सपथ खाएपछी बेलुका ७ बजे सकिएको थियो । पुननिर्बाचित अध्यक्ष भु पु क्याप्टेन आले ज्युले नबनिर्बाचित सदस्य साथिहरूलाई बधाइ दिंदै केन्टमा अवस्थित मगरहरूको अर्को ब्रिहत भेला सनिबार १२ जनवरी २०१३ मा मगरहरूको मुख्य चाड माघे सक्रान्तिमा डोभरको कन्युनिटी हलमा भेटने जानकारि दिनुभयो l
B. Hitan